Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » आइपिओ निष्काशन नगरेका बीमा कम्पनीलाई पुरानाले फकाउदै, एफपिओ निष्काशन गर्ने दाउ!

    आइपिओ निष्काशन नगरेका बीमा कम्पनीलाई पुरानाले फकाउदै, एफपिओ निष्काशन गर्ने दाउ!

    By सूचनापाना२८ बैशाख २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    SuchanaPana.com

    काठमाडौं । आइपिओ निष्काशन नगरेका जीवन बीमा कम्पनीलाई पुराना कम्पनीहरुले मर्जरका लागि फकाउन थालेका छन् । आइपिओ निष्काशन नगरेका बीमा कम्पनीलाई मर्ज गर्दा धेरै कुरामा फाइदा पुग्ने देखेपछि उनिहरुले मर्जरका लागि प्रस्ताव अगाडी बढाउन थालेका हुन् ।

    अझै ५ वटा जीवन बीमा कम्पनीहरुले आइपिओ निष्काशन गर्न बाँकी छ । बीमा समितिले एक वर्ष भित्रमा जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई साढे दुई अर्ब रुपैयाँ पूँजी जुटाउन निर्देशन दिएको छ ।

    आइपिओ नै निष्काशन नगरेका बीमा कम्पनीलाई पूँजी जुटाउन समस्या परिरहेको भन्दै गर्दा उनिहरुलाई पुराना बीमा कम्पनीहरुले मर्जरका लागि आकर्षित गर्न थालेका छन् । आइपिओ निष्काशन नगरेका बीमा कम्पनीहरुलाई मर्जर गर्दा भोलिका दिनमा एफपिओ निष्काशन गर्न पाउने आशामा उनिहरुले मर्जरका लागि आकर्षित गर्न थालेका हुन् ।

    यदि अहिले आइपिओ निष्काशन नगरेका बीमा कम्पनीहरुलाई मर्ज गर्यो भने संस्थापक समुहको शेयर ७० प्रतिशत नाघ्छ । नियम अनुसार संस्थापक शेयर अधिकतम ७० प्रतिशत भन्दा धेरै राख्न पाइदैन । बीमा समितिले आइपिओ निष्काशन नगरेका बीमा कम्पनीलाई ५० प्रतिशत प्रि-आइपिओ निष्काशन गर्न सुझाव दिइसकेको छ ।

    आइपिओ निष्काशन नगरेका बीमा कम्पनीको अहिलेको न्युनतम चुक्ता एक अर्ब ४० करोड रुपैयाँ छ । यदि उनिहरुले ५० प्रतिशत प्रि-आइपिओ निष्काशन गरे भने चुक्ता पँजी २ अर्ब १० करोड रुपैयाँ नाघ्नेछ । यो भनेको उनिहरुको संस्थापक शेयर पूँजी हो ।

    यदि मानौ एशियन, प्राइम, सूर्या, गुराँस, एलआइसी नेपालले प्रि-आइपिओ निष्काशन गरेका बीमा कम्पनीहरुलाई मर्ज गरे भने संस्थापक शेयर पूँजीको हिस्सा ८० देखि ९० प्रतिशत कायम हुनेछ । मर्ज पछि शेयर संरचनाका लागि एफपिओ निष्काशन गर्दा लगभग बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी पुरा हुन्छ ।

    यसरी एफपिओ निष्काशन गर्दा प्रिमियम बापतको रकमले जगेडा कोष बलियो हुनेछ । अहिलेकै अवस्थामा कुनै पनि बीमा कम्पनीहरुले आकर्षक लाभांश दिन सक्ने अवस्था छैन । यदि एफपिओ निष्काशन गर्यो भने आगामी केहि वर्ष कम्पनीले राम्रो बोनस शेयर दिन सक्ने भएकाले दोस्रो बजारबाट पनि लगानीकर्ताले पूँजीगत लाभ लिन सक्ने देखिन्छ । यस्तो गर्दा सजिलै पूँजी जुट्नु साथै लगानीकर्ताहरुलाई पनि राम्रो फाइदा हुनेछ ।

    जसले गर्दा पुराना बीमा कम्पनीहरुले स्वाप रेसियोमा पनि केहि लचिलो हुने देखिन्छ । नयाँ कम्पनीलाई मर्ज गर्दा कम्पनीको नाम, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारीहरुमा आफ्नो हाबी हुने भएकाले पनि उनिहरुको ध्यान नयाँलाई मनाउने तर्फ केन्द्रित हुन थालेका हो । कतिय कम्पनीहरुको प्रोभिजनिङ अत्याधिक छ । पुरानाको तुलनामा नयाँमा यस्तो प्रोभिजनिङ कम भएले पुराना कम्पनीको ध्यान नयाँलाई मर्जर गरेर प्रोफिटाव्लिटी बढाउने तर्फ केन्द्रित भएको देखिन्छ ।

    समितिले सिधै सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नदिने बताउदै आइरहेकोले पनि कम्पनीहरुले यस्तो आइडिया लगाएका हुन् । सुरुमा आफु सँग भएको जगेडा कोषबाट बोनस शेयर दिने र नपुग केहि रकमका लागि मात्रै हकप्रद शेयर निष्काशन गर्न दिने पक्षमा समिति छ ।

    अहिलेको अवस्थामा केहि बोनस दिएर थोरै तिनो हकप्रद शेयर निष्काशन गरेर कसैले पनि तोकिएको पूँजी जुटाउन सक्ने अवस्था छैन । बीमा समितिले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नदिने भन्ने वित्तीकै एक दुई वटा बाहेक कसैलाई पनि एक सय प्रतिशत भन्दा कम हकप्रद शेयर निष्काशन गरेर पुग्दैन ।

    त्यसैले बीमा कम्पनीहरु बीमा समितिको आगामी रणनीति र कार्यशैलीको नजर अन्दाज गरेर बसिरहेका छन् । यदि बीमा समिति पूँजी बृद्धिमा लचक भयो भने दुई तीन वर्ष लगाएर हकप्रद मार्फत पूँजी जुटाउने पक्षमा कम्पनीहरु छन् । तर समितिले एक वर्ष भित्रमा जसरी पनि पूँजी जुटाउन पर्ने भन्दै दवाव दियो भने मात्रै मर्जरमा जाने होइन भने अहिले कुरा गरे जस्तो मात्रै गर्ने मनस्थितिमा बीमा कम्पनीहरु छन् ।

    त्यसैले अहिलेसम्म कुनै पनि जीवन बीमा कम्पनीहरुले मर्जरको संझौता गरिरहेका छैनन् । तोकिएको पूँजी जुटाउदा पनि भोलिका दिनमा राम्रो प्रतिफल आउने सुनिश्चिता छैन । मर्ज

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    रिलायबल नेपाल लाइफले २९९ रुपैयाँमा आईपीओ निष्कासन गर्न पुनः अनुमति माग्यो

    ८ असार २०८०, शुक्रबार

    जन्मदिनको उपहारको रुपमा श्रीमतीलाइ सानिमा लाइफको बीमा उपहार

    २३ कार्तिक २०७९, बुधबार

    सानीमा लाईफ इन्स्योरेन्सले दियो १ करोड ३४ लाख मृत्यु दाबी भुक्तानी

    १८ कार्तिक २०७९, शुक्रबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.