Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » युवतीविहीन सिन्धुपाल्चोकको इचोक गाउँ : यसरी बदलियो

    युवतीविहीन सिन्धुपाल्चोकको इचोक गाउँ : यसरी बदलियो

    By सूचनापाना१४ असार २०८०, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    चौतारा । सिन्धुपाल्चोकको इचोक गाउँ । यो गाउँ केही वर्ष अघिसम्म युवतीविहीन थियो । छोरीहरू रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए । दलालहरू घरघर पुगेर छोरी–चेली फकाई फुल्याइ आकर्षक रोजगारी मिलाइ दिन्छु भन्दै भारत लैजान्थे ।

    SuchanaPana.com

    बाबु–आमा आफै छोरी चेलीलाई दिल्ली र बम्बई पठाउँथे । घरमा टिनको छानो हाल्न होडबाजी चल्थ्यो । अशिक्षित अभिभावकलाई विश्वास थिएन कि आफ्ना चेली बेचिएलान् भनेर । आकर्षक तलब पाउने आशमा युवती गाउँ रित्तै हुने गरी विदेश गए । बाबु–आमाले समेत मनग्ये धन कमाएर फर्किन्छे र घरमा टिनको छाना हाल्न पाइने आशमा छोरीलाई विदेश पठाए ।

    दिल्ली र मुम्बई पुगेका केही चेली फर्किए । केहीले समाजको देखासिकीमा टिनको छानो हाले पनि । तर, मुगलानपारिको देशमा पुगेकामध्ये कतिपय उतै बेचिए । कोही नारकीय जीवन बिताउन बाध्य भए । कतिपय नेपाली चेली दर्दनाक पीडा खेप्दै विदेशमै अलपत्र परे । यो क्रम धेरै वर्ष कायम रह्यो । चेली बेचिने नाममा बदनाम खेप्नुपर्‍यो इचोकवासीले ।

    चेलीबेटी बेचबिखनको चौतर्फी हल्ला चलेपछि धेरैको ध्यान यस गाउँले तान्यो । चेलीबेटी बेचबिखन रोकथामको नाममा धेरैले यहाँका बासिन्दाका समस्यालाई कमाइ खाने भाँडो बनाए । धन कमाउन विदेश गएका कतिपय ऊर्जाशील छोरीहरू ‘एचआइभी एड्स’ जस्तो प्राणघातक रोग बोकेर गाउँ फर्किए । उनीहरूप्रति गाउँमा छिः छि र दुरदुर हुन थाल्यो । आफू कोक्रोमा छँदै विवाहको टुङ्गो मामाको छोरीसँग भएका पाल्साङ लामा १५ वर्ष पुगेपछि बिहे गर्न खोज्दा मामाकी छोरी अर्कैसँग हिँडेपछि बिहेबाट वञ्चित भए । १५ वर्षको उमेरमा बाबु बितेपछि उनी दुई भाइसहित दुःखजिलो गरी हुर्किए । अरु युवतीसित विवाह गर्न खोज्दा सम्भव भएन । पाल्साङ भन्छन्, ‘गाउँका सबै युवती भारत गए, उमेर पुगेका पुरुषलाई बिहे गर्न हम्मे हम्मे भयो ।’

    चेलीबेटी बेचबिखनका लागि बदनाम भएको हेलम्बु गाउँपालिकाको ‘इचोक’ गाउँमा पुरुषलाई बिहा गर्न निकै समस्या भयो । फुपूचेली, मामाचेली बिहे गर्ने परम्परा भएको इचोकको लामा समुदाय छरिएर बसेका छन् । त्यही वरिपरि नै बिहेवारी गर्नु उनीहरूको परम्परा नै बन्यो । चेलीबेटी बेचबिखनले यहाँ बिहेवारी नै रोकिएको थियो ।

    पाल्साङले जस्तै धेरैले यस्ता समस्या भोगे । आफ्नी मामाको छोरी ९मङ्गेतर० अर्कैसँग हिँडेपछि पाल्साङलाई ठूलो चोट पर्‍यो । गरिबीले पिल्सिएका पाल्साङसँग अरूले बिहे गर्न मानेनन् । सिकर्मी काम गरेर जीविकोपार्जन गरिरहेका पाल्साङको इमान्दारी देखेर छिमेकीले छोरी बिहा गरिदिए । ‘भारत जानेलाई कसरी रोक्ने भन्ने कुरा मेरो दिमागमा रातदिन आउन थाल्यो’, उनले भने ।

    वृद्ध आमा र दुई भाइको लालनपालनको जिम्मा पनि जेठो भएका कारण पाल्साङकै काँधमा थियो । अझ गरिबीले पिल्सिएका बेला आमाले यी छोरा जन्माउनुको सट्टा छोरी जन्मिएका भए त भारत पठाउँथेँ नि भनेको सुन्दा पाल्साङलाई दिक्क लाग्थ्यो । दिनभरि काममा गए पनि राति त्यही कुराले उनको मन कुटुकुटु खाइरहन्थ्यो ।

    करिब छ महिना आफ्ना साथीभाइसँग सल्लाह गरेपछि पाल्साङको अगुवाइमा इचोकका ११ युवा मिलेर समाज उत्थान युवा क्लब गठन भयो । ‘सुरुमा भारत जान रोक लगाउने भन्ने कुरा गर्नै भएन’, पाल्साङ भन्छन्, ‘राति राति मात्रै बैठक राखेर काम अघि बढायौँ ।’ २६ वर्षीय पाल्साङलाई सुरुका दिनमा क्लबका नाममा काम गर्न निकै गाह्रो पर्‍यो ।

    ‘सुरुआतमा धेरैको हप्कीदप्की खायौँ । अहिले सबैले कुरा बुझे’, पाल्साङ भन्छन् । गरिबीले पिल्सिएका पाल्साङले खाने बाटो बनाउन क्लब खोलेको भनी गाउँमा हल्ला चल्यो । यति हुँदा पनि उहाँ विचलित भएनन् । ‘क्लब स्थापनायता कहिँकतैबाट पनि एक रुपैयाँ लिएको छैन’, उनले भने, ‘बरु ऋण काढेर क्लबका गतिविधि अघि बढाएको छु ।’

    पाल्साङको अगुवाइपछि धेर थोर पढेका युवती बेचबिखनविरुद्ध आफै जुरमुराएका छन् । आफ्ना समस्या समाधानका निम्ति उनीहरू सक्रिय बनेका छन् । जनचेतना जगाउन घरघर धाउन थालेका छन् । यसअघि चेली फकाउन दलाल यसरी नै घरघर धाउँथे । अभिभावक र देखासिकीमा भारत जान खोज्ने चेलीहरूलाई उनीहरूले सम्झाइ बुझाइ गर्न थालेका छन् ।

    ‘चेली बेचिने गाउँ इचोकको परिचय अहिले बदलिएको छ । अहिले सबै सचेत छन् । छोरी चेली आफै सचेत भएका छन् । अभिभावक बढी जिम्मेवार बनेका छन्’, पासाङले भने । अब उनीहरू रोजगारीका लागि भारत होइन, खाडी मुलुकतर्फ जान थालेका छन् । चेलीको चेतनाकै कारण अब दलालहरू गाउँ पस्न हिम्मत गर्दैनन् । यो परिवर्तनका लागि पाल्साङको अहम् भूमिका छ ।

    तथ्याङ्कअनुसार केही वर्ष अघिसम्म इचोकबाट वर्षेनी ५० भन्दा बढी चेली विदेश जाने गरेका थिए । विदेशिने सबै तामाङ जातिका थिए । उनीहरूको आकर्षकस्थल भारत नै थियो । त्यसयता इचोकबाट विदेशिने युवतीको सङ्ख्या घटेको छ । पछिल्लो एक वर्षमा २३ युवती रोजगारीका लागि भारत बाहेक अन्य मुलुक गएका छन् ।

    इचोक चनौटेमा केही वर्षदेखि क्रियाशील चेलीबेटी बेचबिखन नियन्त्रण तथा परिवार नियोजन सङ्घका प्रमुख दीर्घराज उपाध्याय स्थानीय महिला सक्रिय बनेपछि विदेश जाने चेलीको संख्या घट्दै गएको छ । सिन्धुपाल्चोकका विभिन्न गाउँबाट दलालमार्फत बेचिएर फर्केका झण्डै दुई सय ५० महिलालाई समाजमा पुनः स्थापित गराएको उनी बताउँछन् ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.