Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » श्री ३ गिद्ध

    श्री ३ गिद्ध

    By सूचनापाना१४ जेष्ठ २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn


    एकदम मध्यान्ह्र पनि कैलेकाहीँ गोधुलीजस्तै धमिलो देखिन्छ । चालीस डिग्री सेन्टीग्रेडभन्दा तातो त्यो जेठ हुनु पर्दछ र हुनु पर्दछ आँखाको विस्तारभरि छरिएको बलौटे भूमिको सतहबाट समय समयमा लुको झोक्काले धूलाको ज्वार चुल्याउँदै बगाउँदै गरेको । यौटा मरेको भैंसालाई बल्लतल्ल लढियामा लादेर घरतिर फर्किरहेको लढीवान, यस्तोमा, एकदम मध्यान्हमा पनि, सारा आकाश गोधूलीजस्तै धमिलो देख्न सक्दछ ।
    ‘हैन, एकदम मध्यान्ह छ …यो छारो उडेर सगर ढाकेको हो, घर पुग्दा झमक्क साँझ पर्लाजस्तो छ …’ लडीवान सोच्दछ । के त उसले लढियामा लादेर ल्याएको मरेको भंैसाको ‘शिकार’ घरसम्म पु¥याउन सक्दैन ? सक्नै पर्ने हो – ऊ लढिया तानिरहेका भैंसातिर हेर्दछ ।
    उसको हेराइलाई दाहिने भैंसाले गोब¥याइदिन्छ … खान पाए पो धेरै गोब¥याउने थियो ऊ जान्दछ । पुच्छरबाट उकालो लागेका उसका आँखा भैंसाका हिमालझैं चुलिएका हाडका चुलीहरूमा एकछिन रोकिन्छन् ।

    SuchanaPana.com

    यौटा मामुली गाडावानको रिसको कति अर्थ हुन्छ उसलाई थाहा थिएन । सार्थक गर्ने प्रयासमा कम्मर कस्यो । भैंसाको पुच्छर मर्किउन्जेल बटार्नू, जीउमा उफ्रनु, सक्दो कोर्रा हिर्काउनु इत्यादि । तर भैंसाले टेरेन । वा अडाहा जनताजस्तै उसले सब सहन जान्यो ।

    ऊ भैँसा (राँगा)को चाक वरिपरिको हाड सुमसुम्याइदिन्छ । भैंसा पूच्छर एक कात लगाइदिन्छ र चाल घटाउँछ । ऊ रिसाउँछ र भैंसालाई एक कोर्रा हिर्काउँछ । जोडसँग हाँक्ने प्रयत्न गर्छ । जङ्गल निख्रिएपछि चौडी आएको थियो र चौडीपछि ओरालो । छोटो ओरालो पानीहीन खोलामा पु¥याउँथ्यो । खोलामा उसको दाहिने पाङ्ग्रा भासिन्छ । भैंसाले घुँडा टेक्छ । दाहिने भैंसा निर्वलियो थियो, यसले सोचेजस्तै भयो, आखिर तान्न सकेन ।
    उसले मरेको भैंसालाई हार गुहार गरेर बल्लतल्ल लढियामा लादेपछि त्यसको जोडीको पदमा त्यै लडिया पछाडि बाधेर ल्याएको भैंसा नियुक्त गरेको थियो । दाहिने भैंसा उसैगरी मरेका भैंसाको जोडी झैं लढियाको पुच्छरमा बाँधियो । लढीवान आफ्नू ठाउँमा उक्लेर हाँक्न बल गर्न लाग्यो । तर सकेन । जगेडा भैंसाले पनि तात्र सकेन । त्यो पनि बस्यो । त्यो त झन् सबभन्दा दुब्लो हो, मर्नेभन्दा पनि, दुब्लो भएर नै जगेडामा परेको, के तान्न सकोस् ?
    उसले फर्केर मरेको भैंसातिर हे¥यो ।
    ‘बजार’ जाँदा चारैवटा भैंसाले लढिया तानेका थिए । पु¥याएका थिए । लढियाभरि तोरी लादेर उसले सीमानाको छेउको मिलसम्म पु¥याउने ठेक्का लिएको थियो । महाजनसँग ज्याला उसले पेश्की लिइसकेको थियो । पेश्की त सधायो, यौटा भैंसा गुमाउनु परेकोले साह्रै घाटा भयो । तर अब के गर्ने ? खडेरीले भैंसा झाँटिएका थिए । अनिकालले ऊ पनि त दुब्लाएको छ …मरेको भैंसा घरसम्म पु¥याउनसके यो खडेरी सार्थक हुने थियो । भैंसाको मृत्यु सार्थक हुने थियो । … तर सकिएलाजस्तो छैन …सक्नू त अवश्य पर्ने, ऊ एक्लो छैन, जहानको लागि पनि सक्नै पर्छ …ऊ भैंसालाई सकेसम्म पिट्छ । भैंसा उठ्दैन । ओर्लिन्छ । दुवै बुढी आँैला भैंसाको नाकको प्वालमा घुसारेर ऊ प्रतीक्षा गर्दछ, सास रोकिन्छ, पछि अवश्य त्यो उठ्नेछ । भैंसा उठ्छ । नाकी समाएर ऊ फेरि हाँक्ने प्रयास गर्छ, हँ … टक् … टके … टक् ।

    अब उसले बाँकी बाचेका भैंसालाई ऊ फेरि माया गर्न थालिसकेको थियो … आघुँ यस्तो खडेरी पर्ने छैन, उसले स्याहारमा कुनै कमी गर्ने छैन, भैंसा फेरि तग्रिनेछन् … आघुँ यस्तो अनिकाल पनि पर्ने छैन, जहान केटाकेटीहरू पनि फेरिनेछन् …

    लुको तातो हावाको संगीतमा लोलाएका बटुवा मास्टरका आँखा र लठ्ठिएको उसको देहले हत्तपत्त चंगा हून, ब्यूँझिन, बाँचेका, हून मानेन । यदि गिद्धले ठूग्नै लागे भने ? सबभन्दा पैले आँखै झिक्छ रे, अनि अन्धोले हात्ती छामेको कस्तो हुन्छ ? ऊ अन्धो हुन चाहँदैन, बरू सिनु हुन स्वीकार छ ।
    लढीवानको नाकबन्दी (नाकाबन्दी ?) काम लागेन, भैंसा फेरि बस्यो । अब लढीवान राम्रै रिसायो, उसले सारा बिर्सियो । हिंड्दाहिंड्दै यसैगरी अचानक नमानेर, बसेर, अघि भर्खर मरेको भैंसाको घाटा, अझ अर्को म¥यो भने हुने घाटा, उसले सबै बिर्सियो । यौटा मामुली गाडावानको रिसको कति अर्थ हुन्छ उसलाई थाहा थिएन । सार्थक गर्ने प्रयासमा कम्मर कस्यो । भैंसाको पुच्छर मर्किउन्जेल बटार्नू, जीउमा उफ्रनु, सक्दो कोर्रा हिर्काउनु इत्यादि । तर भैंसाले टेरेन । वा अडाहा जनताजस्तै उसले सब सहन जान्यो ।
    प्रयास तर सार्थक भएन । भैंसा मेरन । लढीवान थाक्यो । भैंसा कुटाइखान थाकेन । राम्रै थाकेरमात्र उसले आफ्नू रिसको अर्थ थाहा पायो अघि लढिया उलार पारेर मरेको भैंसालाई खसालिदिनु अनि बाटा लाग्नु उसले बुद्धिमानी जान्यो । उसले चाहेको थियो त्यो भैंसालाई घर लगेर तह लगाउन – छाला तरेर सुकुटी बनाउन । तर केही सीप लागेन ।
    अब उसले बाँकी बाचेका भैंसालाई ऊ फेरि माया गर्न थालिसकेको थियो … आघुँ यस्तो खडेरी पर्ने छैन, उसले स्याहारमा कुनै कमी गर्ने छैन, भैंसा फेरि तग्रिनेछन् … आघुँ यस्तो अनिकाल पनि पर्ने छैन, जहान केटाकेटीहरू पनि फेरिनेछन् … सबैझैं उ भविष्यप्रति आशालु भैदिन्छ … रित्तो गाडा हिँडाएर ऊ निश्चिन्त भयो । साँच्चै बेलैमा ऊ घर पुग्नेछ, पत्नी झन् हताश हुनेछे – के ल्याइदिएको छ उसले यस खेपमा ? मात्र यौटा भैंसा गयो … ।

    छोरी पर उभिएकी थिई । ऊ छोरीसम्म भित्र्याँस पु¥याउन हिँड्छ । दिन्छ –‘आमा, भाइ, बैनीहरूलाई पनि बोलाउनु, मासु ओसार्नु पर्छ अब ।’ छोरीलाई अह्राएर फर्कन्छ । दिमागमा ज्वाइँ सम्झिरहेको हुन्छ, यै छोरीको पति, पत्नीलाई ससुराको जिम्मा लगाएर बनी गर्न हिँडेको ज्वाइँ ।


    –
    चौरभरि उम्रेका गिद्धहरू, वरिपरिका नाङ्गा रूखहरूमा फलेका गिद्धहरू र मान्छेले धरतीमा फिंजाएको कानूनी पखेटाझैं पखेटा फिजाएर आफैतिर ओर्लिरहेका गिद्धहरू देख्दा कोही पनि आफूलाई सिनु भन्ठात्र सक्छ । झुक्किन सक्छ । तिरमिराउँदो तातो आकाशमून्तिर आँखाको कसिंगर यौटा झ्याम्म रूखमुनि सिंयाल तापेर निदाएको शतप्रतिशत जीवित ‘तटस्थ’ व्यक्ति हुनु पर्दछ त्यो – त्यही बटुवा मास्टर जस्तो ।
    लुको तातो हावाको संगीतमा लोलाएका बटुवा मास्टरका आँखा र लठ्ठिएको उसको देहले हत्तपत्त चंगा हून, ब्यूँझिन, बाँचेका, हून मानेन । यदि गिद्धले ठूग्नै लागे भने ? सबभन्दा पैले आँखै झिक्छ रे, अनि अन्धोले हात्ती छामेको कस्तो हुन्छ ? ऊ अन्धो हुन चाहँदैन, बरू सिनु हुन स्वीकार छ ।
    ए ! एक झड्कामा उठ्छ । खाकीको खैरो, पसिनाले भिजेकोमाथि धुलो जमेर झन् खैरो फुलप्यान्टको बगलीबाट बिंडी झिक्छ । सल्काउँछ । आँखा चारैतिर घुमाउँछ, सिनु ऊ हैन, अर्कै रहेछ । तल गैरामा डङ्रङ् लडेको यौटा हरिटाट भैंसा । मास्टर देख्छ यौटट मान्छे छाला तर्ने हतियार बोकेर त्यो भैसाको सिनुतिर हानिन्छ । र छिटै भैंसासँग कुश्ती खेल्न लाग्छ त्यो मान्छे । कुरा बुझ्छ । ऊ निदाएकैबेला कसैले त्यो मरेको भैँसा फालेर गएछ, अर्को मान्छे आएर सिनुको अपरेशन गर्न लागेको रहेछ । त्यो मान्छे सिनु चिर्छ र छाला तर्न थाल्छ । तर निक्कै बेर लाग्छ त्यसलाई छाला तरी सक्न । उसले यसपाली राम्ररी तर्न सकेन । राम्रो भएन । राम्रो पैसा पाइँदैन । भोकले अत्याएकोले राम्ररी तर्न नसकेको हो, ऊ जान्छ । आइन्दा यस्तो हुने छैन ।

    स्याल र गिद्धलाई हेपेको थिएन ।
    मास्टर नगिचै जान्छ । त्यस पसिनाले अझ कालो टल्केको त्यस मान्छेको शरीरमा प्रस्ट मोटा नसा र मांशपेशी देख्दछ । आफ्नूचाहिं आइमाईको जस्तो डोलो, गीलो, हात पाखुरा देखेर लाज मान्छ ।


    उसको मुटुको गति स्वाभाविकतातिर लम्कन्छ । आत्तिएको आपूmप्रति हाँस्छ, आफ्नू मास्टरीको पेशालाई धिक्कार्छ, अब उसले हिंड्नूपर्छ … ।
    तर मास्टर रोकिन्छ, उसलाई हेर्न मन लाग्छ । त्यो मान्छेले सिनुसँग लाप्पा खेलेको हेर्न मन लाग्छ । सिनुसँग होइन, त्यसले जीवनसँग लाप्पा खेलेको थियो । एकदम तटस्थ भएर मास्टर सोच्दछ, वसन्त आएछ, मान्छेको होइन – गिद्धको, खडेरी र अनिकालको । गिद्धको होइन त्यस मान्छेको । त्यस मान्छेको शरीरमा केवल लगौंटी छ । भैंसाको छाला तर्दैछ । मासुको सुकुटी बनाउनेछ । सुकुटी बनाउन नसक्ने, वा नपर्ने व्यक्तिले सिनु मिल्काएको होला । ऐले यसले तर लगाउँदैछ । किनभने ऊ गरीब हो । सबै पशुको मासु खाने मान्छे हो, त्यसैले यो मान्छेको मासू खाँदैन । साँच्चै त्यसैकारण …. ।
    –
    गालाको हाड साह्रै उठेकोले साह्रै भित्र पसेको देखिने उसको आँखा एकपटक चारैतिर नियाल्छन् । छोरी आइपुग्नु पर्ने, उ सोच्दछ । छोरी आउँदै हुन्छे । देख्छ । हतार गरेर ऊ भित्र्याँस छुट्याउँछ । कलेजो, फोक्सो, मुटु, मिर्गौला । अवश्य उसका छोराछोरी भोकै मर्ने छैनन् । … अवश्य ऊ बनी गर्न बजार गएको ज्वाइँलाई अनिकाल सिद्धिएपछि ज्यूँदी छोरी बुझाइदिनेछ ।
    छोरी पर उभिएकी थिई । ऊ छोरीसम्म भित्र्याँस पु¥याउन हिँड्छ । दिन्छ –‘आमा, भाइ, बैनीहरूलाई पनि बोलाउनु, मासु ओसार्नु पर्छ अब ।’ छोरीलाई अह्राएर फर्कन्छ । दिमागमा ज्वाइँ सम्झिरहेको हुन्छ, यै छोरीको पति, पत्नीलाई ससुराको जिम्मा लगाएर बनी गर्न हिँडेको ज्वाइँ ।
    छाला तरेको भैँसातिर फर्कँदा फर्कँदै ऊ टक्क उभिन्छ । छोरीसम्म पुग्न र फर्कन उसलाई दुई मिनेट मात्र लागेको थियो । गिध्दहरूको यति छिटो यस्तो अतिव्रmमण उसले सपनामा पनि चिताएको थिएन ।
    उसले ज्वाइँ छोरी सारा बिर्सन्छ ।
    अघिनैदेखि पर्खेर बसेका स्याल र कुकुरले एकैचोटि अतिव्रmमण गरेछन् त्यो छाला तरको सिनुमाथि । सिनुमाथि नै गिद्धले पिरामिड उभ्याएका छन् । लूछा–चूँडीमा पिरामिड ठडिन्छ, ढल्छ । मन्दिर, गिर्जा, गुम्वा, उभिन्छन् ढल्छन् फेरि पनि उभिन्छन् ।
    त्यो मान्छे टक्क उभिएको छ । सोच्दछ, यस्तो हेल्चव्रmयाइँ उसले कैल्यै गरेका थिएन । स्याल र गिद्धलाई हेपेको थिएन ।
    मास्टर नगिचै जान्छ । त्यस पसिनाले अझ कालो टल्केको त्यस मान्छेको शरीरमा प्रस्ट मोटा नसा र मांशपेशी देख्दछ । आफ्नूचाहिं आइमाईको जस्तो डोलो, गीलो, हात पाखुरा देखेर लाज मान्छ ।
    एकाएक कस्सिएको उसको मूटठी, पेशीमाथि फूलेका नशा देखेर मास्टर सोच्दछ, त्यस मान्छेले अवश्य पिरामिड ध्वस्त पार्नेछ ।
    तर त्यसभन्दा पहिले नै कुकुर, स्याल र गिध्दहरूले त्यस छाला तरेको सिनुको मासु जति लगभग सबै समाप्त पारिसकेका हुन्छन् ।
    मान्छे त्यस्तो आक्रमण चाल पाएर आकाशभरि बम बोकेको यानजस्तै गिद्धहरू उँभोतिर वेग हान्दै हुन्छन् ।
    साँझ पर्न अझ केही समय बाँकी हुन्छ । मास्टरलाई घर पुग्न हतार हुन्छ ।
    –

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.