Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » अमेरिका बस्ने सँग विबाहको प्रस्ताव (भाग्य आ-आफ्नो भाग-१)

    अमेरिका बस्ने सँग विबाहको प्रस्ताव (भाग्य आ-आफ्नो भाग-१)

    By सूचनापाना१२ जेष्ठ २०७९, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    म एउटा सानो गाउँमा जन्मेको गाउँले केटी हुँ । त्यतिबेला म लगभग २० वर्षको थिएँ। गाउँघरमा हुर्केकी म अलि छुच्ची थिएँ। छुच्ची भए नि सबैको प्यारी थिएँ। सबैको माया पाएरै होला कहिल्यै दुखी हुन्न थिएँ।

    SuchanaPana.com

    सानैदेखि गीत गाउन, नाच्न अगाडि हुन्थेँ। हल्का नक्कली भएकाले गाउँमा सबैले मलाई ‘मोनी’ भनेर बोलाउनु हुन्थ्यो। हामी तीन जना छोरी मात्रै थियौँ । मेरो बाबा  गाउँमा सानो काम गर्नु हुन्थ्यो। बाबा ले दुख गरेर भए पनि हामी लाई केही कुराको  कमी हुन दिनु भएको थिएन ।

    मलाई पढ्न भन्दा पनि गित गाउँन असाध्यै मन पर्थ्यो ।साथी हरुको पनि म असाध्यै प्यारी थिँए । स्कुलमा केही कार्यक्रम भयो भने म गित गाउन अगाडीसरि हाल्थेँ । म त्यतीबेला कक्षा १० मा पढ्थे। मेरो परिक्षा नजिकै आई रहेको थियो । एसएलसी सकेर मैले काठमांडौ जाने सोच बनाएको थिए । 

    म एसएलसी मा राम्रो अङ्क लिएर पास भएछु  ।तर ममीबाबाले गाउँमा नै बसेर पढ्नु, काठमांडौ जान पर्देन भनेर म गाउमाँनै पढ्न थालेँ । मेरो पठाई ठिकै थियो ।गाउँघरको पढाई, अझ गायनमा अती रुची भएकोले पनि वाह! भन्ने खालको पढाई थिएन मेरो ।

     एकदिन, म घाँस काटेर घर फर्किदै थिए । घर नजिकै एउटा चौतारिमा ३ जना मान्छे हरु बसि रहनु भएको रहेछ । मलाई देखेर एक जना अलि बुढा बा ले मेरो बाबा को नाम लिँदै सोध्नुभयो, ‘नानी, हरिबहादुरलाई तिमी चिन्छौ?’ मैले हाँस्दै भनेँ, ‘मेरो बुबा नै हो हरिबहादुर।’

    एकजना अलि बुढो मान्छेले भन्नुभयो, ‘ए तिमी नै हो हरिको छोरी?’ ‘हजुर, म नै हो उहाँको छोरी।’ ‘ल त्यसो भए हामी पनि तिम्रो घरमा हिँडेको, ल हिँड जाउँ।’ मैले उहाँहरूलाई लिएर घरमा गएँ। उहाँहरूलाई देख्नेबित्तिकै मेरो बुबा एकदम खुसी हुनुभयो।

    ‘धेरै वर्षमा भेट्नु भएको, साथी हो तेरो बुबाको’ भनेर ममीले भन्नुभयो। मैले उहाँहरूको लागि पानी लिएर गएँ। ‘हामी बसाइ सरेर जाँदा त नानी सानी थिइन्, अहिले त कति ठूलो भएकी’ एकजना अङ्कलले भन्नुभयो ।

    बुबाले भन्नुभयो ‘अँ, हो नि अब त ठूली भइसकिन्’ । उहाँहरू थप यस्तै यस्तै कुरा गर्न लाग्नु भयो, म भने खाना बनाउन लागेँ। सबैजनाले खाना खाइसकेपछि एकजना अङ्कलले ‘हरि, मलाई त तिम्रो छोरी मनपर्यो अब हामी साथीबाट सम्धि-सम्धि पो बन्ने हो कि?’ भन्नुभयो।

    बुबाको पुरानो साथी, एकाएक कुरा मेरो बिहेमा परिणत भए पछि म झस्किँए । मैले यी कुरा होलान भन्ने सोचेको पनि थिईन । मैले जवाफ फर्काउन खोँजे । तर बाबा बोलिहाल्नु भयो ।

    मेरो बुबाले पनि अरू केही नभनी भनिहाल्नु भयो, ‘भइहाल्छ नि, केटाकेटीले मन पराए भने म केही भन्दिनँ।’ बुबाको कुरा सुनेर म अचम्म परेँ। म त्यहाँबाट उठेर रुममा गएर धेरै रोएँ।

    मलाई त पढ्नु छ, मेरो सपना पूरा गर्नु छ। म अहिले बिहे गर्दिनँ भनेर एकोहोरो बोल्न थालेँ। एकछिनमा ममी कोठामा आउनुभयो। मैले ममीलाई सोधेँ, ‘ममी, बुबाले के भन्नु भएको? म त बिहे गर्दिनँ, मलाई पढ्नु छ।’ यति भनेर म रुन थालेँ।

    तर ममीले भन्नु भयो, ‘केटो अमेरिका बस्छ रे, राम्रो काम गर्छे रे, तेरो सबै रहर पूरा गर्छ कान्छी बिहे गर्। फेरि हेर त कति राम्रो छ, तँलाई खुसी राख्छ कान्छी। केटाले मन पर्यो भने हुँदैन नभन्’ भनेर जानुभयो।

    ममिबाट पनि यस्तो सल्लाह आउला भनेर मैले सोचेको नै थिइन । ममि पनि बाबाको पक्ष लिएर बोल्नु भयो । एक मनले सोँचे, म धेरै भएछु सायद यो घरमा । मलाई घरकाले गरेको माया सबै देखावटी रहेछ । तर मनले कुरा बदल्न पल भर लगाएन । ममिबाबाको जस्तो निस्वार्थ प्रेम यो संसारमा कसले गर्ला र ?

    म धेरै रोएँ। एकैछिनमा बुबाले बोलाउनु भयो, ‘कान्छी, यता आइजा त।’ म रुँदै गरेको आँखा पुछदै त्यहाँ गएँ। बुबाले सोध्नुभयो, ‘कान्छी, तेरो बिहे गर्दिन लागेको। केटा ऊ बाबु हो, तँलाई कस्तो लाग्यो भन् त? बाबुलाई त तँ मन पर्यो रे।’ मैले भनेँ, ‘बुबा, म पढ्न चाहन्छु। म अहिले बिहे गर्दिनँ। मेरो सपना धेरै छन्, पूरा गर्नुछ।’

    तर अङ्कलले भन्नुभयो, ‘हामी पढाउँछौँ नानी, पिर नगर।’ मैले धेरै अनुरोध गर्दा नि आमाबुबाले मेरो बिहे गर्दिने निधो गर्नुभयो। ‘यदि तिमीहरू कुरा गर्ने भए गर’ भन्नुभयो अङ्कलले।

    ‘अँ, केही कुरा सोध्नु छ’ भन्यो त्यो केटाले। अलि उता गएर म उभिएँ, उसले मलाई नाम के हो भन्यो। मैले ‘मेरो नाम अंकिता’ भनेँ। अनि उसले आफै ‘म चाहिँ गौरब’ भन्यो। अलि नक्कल गरेर बोल्ने, हाँस्दा गालामा डिम्पल बस्ने ऊ हेर्दा राम्रै थियो। मैले त केही सोच्नै भ्याएकी थिइँन, उस्ले भूँईतीर हेर्दै लजाउँदै भन्यो ‘मलाई तिमी मनपर्यो, तिमीलाई म कस्तो लाग्यो?’ उस्को बोली सक्दा नसक्दै मेरो मोवाईलमा घण्टी बज्न थाल्यो । रहर एकातीर र व्यवहार अर्कोतीर ढल्किने होकि भन्ने डरले मन कापी रहेको थियो । फोनको घण्टी बज्दा त एकपटक तर्सिए पनि । अनि हतार-हतार फोन काट्न खोजे, खै उस्लाई के लागेछ, अहिले फोन नउठाउन भन्दै भूँईमा थचक्क बस्यो । उता मेरो बुबा आमा अनि उनका बुबा र अंकल भने मख्ख पर्दै गफिँदै हुनुहुन्थ्यो …

    क्रमश……………………….

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    रहेनन् गायक तथा संगीतकार गणेश रसिक

    १९ जेष्ठ २०८२, आईतवार

    लुप्त प्रेम : महिला चरित्रहीन हुन्छे अनि पुरुष चरित्रवान !

    १६ असार २०८०, शनिबार

    आँखा नदेख्ने आमाको भरमा सात छोरी

    ७ असार २०८०, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.