Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जिल्ला प्रशासन कार्यालय बारा मधेस प्रदेशमै उत्कृष्ट

    जिल्ला प्रशासन कार्यालय बारा मधेस प्रदेशमै उत्कृष्ट

    By सूचनापाना२१ श्रावण २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बारा कार्यसम्पादनमा मधेस प्रदेशको पहिलो बनेको छ। गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबिच आव २०७८र७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिको मूल्याङ्कन प्रतिवेदनले यस्तो देखाएको हो।

    SuchanaPana.com

    बारा जिल्लाले ९० प्रतिशतभन्दा माथिको अङ्क प्राप्त गरी उत्कृष्टको सूचीमा परेको र मधेस प्रदेशमा पहिलो नम्बरमा आउन सफल भएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए।

    प्रतिवेदनका आधारमा पर्सा जिल्ला ९० प्रतिशतभन्दा बढी अङ्क ल्याएर मधेशप्रदेशमा दोस्रो भएको छ भने देशभरमा उत्कृष्ट जिल्लाकै सूचीमा परेको छ।

    रौतहट, महोत्तरी, सर्लाही, सिराहा र धनुषाले ८० देखि ९० प्रतिशत बीचको अङ्क ल्याएका छन् भने सप्तरीले ७७।५ प्रतिशत अङ्क प्राप्त गरेको छ।

    जिल्ला प्रशासन कार्यालयहरूले मन्त्रालयले विकास गरेको सिआइएमएस प्रणालीमार्फत गरेको प्रतिवेदनलाई मुद्दाहरूको फर्स्योट, अघिल्लो आ।व।बाट जिम्मेवारी सरेका मुद्दाको फर्स्योट, नागरिकतासम्बन्धी उजुरी फर्स्योट, ठाडो उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत प्राप्त उजुरी, राष्ट्रिय सतर्कता केन्द्रमार्फत प्राप्त उजुरी र मन्त्रालयमार्फत पठाइएका उजुरीहरूको फर्स्योटलाई आधार बनाएको थियो।

    अर्धवार्षिक मूल्याङ्कनको अवधिसम्म ६८ वटा जिल्लाको प्रगति ५० प्रतिशत भन्दा न्यून रहेको, ३७ वटा जिल्लाले ३० प्रतिशत अङ्क समेत हासिल नगरेको र ८ वटा जिल्लाहरूले १० प्रतिशतभन्दा कम अङ्क प्राप्त गरेको अवस्थाबाट माथि उठेर आर्थिक वर्षको अन्त्यमा आइपुग्दा बारालगायत ४६ जिल्लाहरूले ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गरेका छन् भने २९ जिल्लाले ८० प्रतिशत देखि ९० प्रतिशतको बीचको अङ्क प्राप्त गर्न सफल भएका छन्।

    कार्यसम्पादन सम्झौताको ६ वटा विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासनअन्तर्गत गरी ६८ वटा परिसूचकहरूमा गरी ९७ प्रतिशत अङ्क प्राप्त गरी जिल्ला

    प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट भएको छ भने अर्घाखाँची, नवलपरासी (सुस्ता पूर्व), रुकुम (पश्चिम), डडेलधुरा, हुम्ला, चितवन, तनहुँ, सल्यान, बैतडी, नवलपरासी ९पश्चिम०, पर्वत, जाजरकोट, मुस्ताङ, भक्तपुर, दाङ, सङ्खुवासभा, तेह्रथुम, बारा, स्याङ्जा, दार्चुला, ओखलढुङ्गा, कास्की, दैलेख, पर्सा, बाँके, मनाङ, लमजुङ, ललितपुर, उदयपुर, मकवानपुर, मोरङ, रसुवा, सोलुखुम्बु, अछाम, बर्दिया, भोजपुर, इलाम, प्युठान, रामेछाप, झापा, पाल्पा, सुनसरी, सुर्खेत, कपिलवस्तु र मुगुले ९० प्रतिशत भन्दा बढी अङ्क ल्याई उत्कृष्ट स्थान हासिल गरेका छन्।

    समितिका संयोजक तथा मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख डा।भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेक बहादुर केसीले उक्त मूल्याङ्कन प्रतिवेदन पेस गरेको थियो।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.