Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » युवाको ऊर्जा र वृद्धको अनुभवले देशको विकास हुन्छ

    युवाको ऊर्जा र वृद्धको अनुभवले देशको विकास हुन्छ

    By सूचनापाना२७ बैशाख २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    SuchanaPana.com

    संसारमा १६ देखि ४० वर्ष बीचको उमेरका मानिसलाई युवा भनिन्छ । सिद्धान्तमा हामीकहाँ पनि 
    त्यही हो तर व्यवहारमा भने धेरै अन्तर रहेको पाइन्छ । राजनीतिमा भने युवापुस्ताले नेपालमा प्रायः 
    कहिल्यै चान्स पाएको छैन । दृष्टांशमा हेर्दा नेपालमा पदमै देहावसान हुने नेताहरू धेरै छन् । 
    राजनीतिमा पनि युवाहरूले धेरै तरक्की गर्न सक्छन् भन्ने कुरा अहिलेका राष्ट्रिय पार्टीका केही नेताहरूलाई हेर्दा थाहा हुन्छ । राजनीति क्रान्ति, विद्रोह र परिवर्तनका लागि लडिने लडाइँ मात्र होइन । यो त परिवर्तन पछि गरिने राज्यको शासन, व्यवस्थापन र प्रबन्ध पनि हो । 
    
    अहिलेका तिनै नेताहरू सफल हुन्छन् जो सादगी, अनुशासित, मितव्ययी, अध्ययनशील, विचारमा महान् र व्यवस्थापनमा अब्बल हुन्छन् । अहिले नेतामा हुने गुणहरूमा साविकमा हुने नेताहरूका गुणहरूमा यी माथिका गुणहरू अनिवार्य मानिन्छन् । 
    
    
    अझ व्यवस्थापन नै त्यो गुण हो जो अनुकूल कालमा मात्र नभएर जस्तोसुकै प्रतिकूल अवस्थामा पनि नेतामा हुनै पर्ने गुण हो । अध्ययनले समय र परिस्थितिको विश्लेषण सही ढंगबाट गर्न सिकाउँछ भने सादगी र मितव्ययीले जनताका नजरमा जोकोही नेतालाई राखिरहन सक्छ । विचारमा महान् र अनुशासितपनले नेतृत्वलाई अब्बल प्रमाणित गर्न सक्छ । 
    
    नेपालमा सत्तामा गएका र नगएका राजनीतिज्ञहरूलाई यी सबै गुणहरूका आधारमा मूल्याङ्कनको तराजुमा राखेर तौलिँदा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, तत्कालीन एमालेबाट २०५१ सालमा अल्पमतको प्रधानमन्त्री भएका नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी, २०४६ सालको परिवर्तन पश्चात्को अन्तरिम शासनमा प्रधानमन्त्रीको भूमिका सम्हाल्ने अवसर पाएका सन्त नेता समेतको उपाधिले सम्बोधित हुने कृष्णप्रसाद भट्टराई, जनताको बहुदलीय जनवादका प्रणेता नेपाल कम्युनिष्ट पार्टी एमालेका तत्कालीन महासचिन मदन भण्डारी, जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिँह र बहुदलवादी कम्युनिष्ट नेता निर्मल लामाजस्ता नेताहरू पर्दछन् । 
    
    केही बाँचेका नेताहरूमा समेत यी विशेषताहरू केही न्यून मात्रामा देखिए पनि सबैजसो विशेषताहरू भने पाउन सकिँदैन । दलगत चस्मा र स्वार्थका आँखाबाट केही माथि उठेर हेर्दा अहिलेका नेताहरू प्रायः आफ्नो पार्टीभित्र पनि गुटमा रमाउने, एकर्कालाई पदकै लागि धोका दिने सत्ता गठ जोडका लागि आफूलाई फाइदा हुन्छ भने कहिले कोसँग मिल्ने कहिले कोसँग मिसिने प्रवृत्ति वर्तमान समयमा क्रियाशील पार्टीहरूमा बेहद देखिन्छ । नेपाली संसदीय इतिहासमा यो परम्परा विगत् तीस वर्ष यता अभ्यास गरिएको बहुदलीय शासन व्यवस्थामा बढी भन्दा बढी कुप्रयोगमा आएको देखियो । 
    
    अहिले पनि निष्ठा र आस्थाको राजनीति गर्ने राजनीतिज्ञहरू हाम्रै राजनीतिमा रहेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनमा जल्दोबल्दो नामहरू मोहन वैद्य, नेमकिपाका अध्यक्ष तथा सादगी नेतृत्व नारायणमान विजुक्षे र संयुक्त जनमोर्चाका नेता चित्रबहादुर केसीजस्ता नेताहरूले समाजमा आफ्नो छवि उच्च राखेका छन् । 
    
    नेपाली काँग्रेसभित्रका पनि दिवंगत नेता रामहरि जोशी, वर्तमानमा समेत क्रियाशील नेता प्रदीप गिरी, युवा नेताका पङ्क्तिमा रहने गगन थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङजस्ता नेताहरूले नेपाली काँग्रेसको शाख थामिरहेको अवस्था छ । यो लहरमा अझै केही नेताहरू आउन सक्छन् तिनीहरूमा गुरुराज घिमिरे, मीन विश्वकर्मा, प्रदीप पौड्याल र प्रकाश रसाइलीजस्ता भोलिको भविष्य उज्ज्वल भएका नेताहरू पर्न सक्छन् । 
    
    त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीभित्र पनि अहिले धेरै ठूलो संख्यामा युवा वयका नेताहरू राजनीतिमा क्रियाशील रहेका छन् । यो लहरमा भीम रावल, लेखनाथ न्यौपाने, वर्षमान पुन, लेखराज भट्ट, जनाद्र्धन शर्मा, राम कार्की, शंकर पोखरेल, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, जीवन घिमिरे, जगन्नाथ खतिवडाहरूबाट देश र जनताले वर्तमान र भविष्यमा समेत धेरै आसा गरेका छन् । 
    माओवादी र एमालेको एकीकरणपछि सग्लो देखिएको नेकपाको पार्टी पङ्क्तिमा अहिले धेरै युवा नेताहरू स्थानीय तहमा क्रियाशील रहेका रहेका देखिन्छन् भने केही नेताहरू प्रदेश र केन्द्र तहमै पनि क्रियाशील रहेका छन् । हिजोको समयमा देश र जनताका हितमा काम गरेका नेताहरू आज पार्टी लहरमा कोही छाँयामा परेका र कोही अग्रपङ्क्तिमै रहेका छन् । जोजो सत्ताको रजगजमा रमाएका छन् ती नेताहरूमा क्रमशः माथि उल्लेख गरिएका विशेषताहरू क्रमशः निमिट्यान्न भइसकेका पनि देखिन्छन् । 
    अहिलेको विश्वमा धेरै राष्ट्रहरूमा युवाहरूले सत्ताको धरोहर सम्हाल्ने अवसर पाएका छन् । स्केन्डेनेभियन मुलुकहरूमा प्रायः युवा उमेरकै राजनीतिज्ञहरू शासनको वागडोर सम्हाल्ने अवस्थामा पुगेका छन् । त्यहाँ एउटा नेताले एकपटक अवसर पाइसकेपछि ऊ युवा पुस्ताका लागि सरक्क बाटो छोडेर आफू पछि हटिदिने राजनीतिक संस्कारको उदय भएको छ । 
    विश्वप्रसिद्ध राजनेता नेल्सन मण्डेला भन्ने गर्दथे —‘युवालाई काम र वृद्धलाई आराम ।’ यो भनाइकै अनुसरण गरेर उनले एक कार्यकाल मात्र शासन गरे र दोस्रो कार्य कालका लागि उनले आफ्ना अनुज थाबो एम्बेकीलाई निसर्त र शान्तिपूर्ण सत्ता हस्तान्तरण गरेका थिए । 
    नेतृत्व भनेको हस्तान्तरण गर्दै जाने र उत्पादन गरिँदै पनि जाने अवसर हो । गाह्रो र अप्ठ्यारो अवस्थामा नेतृत्वको जन्म हुन्छ । सरल अवस्थामा त जोसुकै व्यक्तिले पनि शासनको बागडोर सम्हाल्ने अवसर पाए पनि सजिलै सत्ता सञ्चालन गर्न सक्छन् तर जटिल अवस्थामा पुगेका बेला देश र जनतालाई बँचाउने नेता नै राजनेताको कोटीमा पर्दछन् । यी विशेषताले सुशोभित नेताहरू नेपालमा पनि समय समयमा जन्मेका देखिन्छन् । तर अत्यन्तै थोरै संख्यामा । 
     भनिन्छ — युवामा ऊर्जा र वृद्धमा अनुभव हुन्छ । त्यो ऊर्जा र  अनुभव दुवैलाई जोड्न सकियो भने नै देशको विकास हुन्छ । त्यसैले नेपालमा रहेको अहिलेको महारोग भनेको लिडिङ् पार्टीहरू नेकपा, नेपाली काँग्रेस, राप्रपा, जसपा र साझा तथा विवेशशील पार्टीहरूमा समयले पुनः युवाहरूलाई बोलाइरहेको छ । युगका आवश्यकता र विकासका जटिलताहरूलाई सही तवरले सम्बोधन  गर्नका लागि पनि अब हरेक क्षेत्रमा युवाहरूलाई स्थापित गर्नुको विकल्प छैन । बरू वृद्ध÷जेष्ठ नागरिकहरूलाई सल्लाहकार भूमिका राखेर उनीहरूका असीम अनुभूतिहरूलाई देश हितमा लगाउन सकियो भने देशले शनैःशनैः कोल्टे फेर्न सक्ला । नत्र हाम्रोजस्तो देश जहीँको तहीँ रहिरहन्छ । 
    सुन्दा अप्रिय सुनिए पनि यही हो हाम्रो देशको पनि वास्तविकता । यो कुरालाई सार्वजनिक क्षेत्रका सबैजसो युवाहरूले मनन  गर्दै अब आफू क्रियाशील पार्टी र संस्थाहरूमा सकारात्मक हस्तक्षेपको रणनीति अपनाई वृद्ध वा जेष्ठलाई आराम गर्न दिनुको विकल्प छैन । 
    

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बिद्यार्थीलाई भन्दा शिक्षकलाई योग झन किन बढी आवश्यक छ ?

    ६ भाद्र २०८२, शुक्रबार

    आत्मा र परमात्माकाे दिब्य बन्धन : रक्षाबन्धन

    २४ श्रावण २०८२, शुक्रबार

    सांस्कृतिक समानताले सुदृढ नेपाल–नेपाल भारत सम्बन्ध

    ८ जेष्ठ २०८२, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.