Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » झापा चुरेपहाड फेदीको तीर्थस्थल सताक्षीधाममा पर्यटकको ओइरो

    झापा चुरेपहाड फेदीको तीर्थस्थल सताक्षीधाममा पर्यटकको ओइरो

    By सूचनापाना६ आश्विन २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn


    झापा । पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट साढे चार किलोमिटर उत्तर चुरेपहाडको फेदीमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय तीर्थस्थल सताक्षीधाम छ । घनाजङ्गलमा रहेको धाममा स्वदेशीदेखि विदेशी पर्यटकको समेत आजभोलि ओइरो लाग्न थालेको छ ।

    SuchanaPana.com

    विगत पाँच वर्षअघिसम्म बाटो, बिजुली बत्ती नपुगेको धाममा यतिबेला करोडौँको लगानीमा भौतिक पूर्वाधार तयार भएका छन् । धाम क्षेत्रभित्र आवास, संस्कृति विद्यालयको भवन र मठमन्दिरका ठूला ठूला भवनसमेत बनेका छन् । दश वर्षअघि (महाराज) पण्डित नन्दकिशोर भारद्वाजले सानो कुटीमा बसी दुईचारवटा गाईपालन सुरु गरेपछि मन्दिरको महत्व बुझेका र पण्डितसँग भेटघाटका लागि मात्र सर्वसाधारण सो क्षेत्रमा जाने गर्थे ।

    तत्कालीन समयको स्मरण गर्दै घनाजङ्गल र बाटोसमेत नहुँदा मानिस धाममा जान डराउने गरेको पत्रकार विनोद सापकोटा बताउनुहुन्छ तर मुलुक सङ्घीय संरचनामा गएसँगै बनेका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि यस क्षेत्रको पूर्वाधार विकास, सडकमा गरेको लगानीले धाम क्षेत्र तीर्थस्थल मात्र नभएर धार्मिक पर्यटकीयस्थलमा परिणत भएको उनको बुझाइ छ ।

    कुनै बेला गुमनाम रहेको ऐतिहासिक महत्वको सताक्षीधाम अहिले देशविदेशमा परिचित बनेको बताउँदै पत्रकार सापकोटा भन्छन्, “हिउँद होस् या बर्खा यहाँ आउने पर्यटकको अहिले कमी छैन ।” पण्डितको स्वप्रयास, स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारमार्फत परेका महत्वपूर्ण योजनाका कारण पनि यस क्षेत्रको मुहार फेरिएको उनको भनाइ छ । नगर क्षेत्रले मात्र रु दुई करोड ५० लाखको लगानीमा मन्दिर क्षेत्र परिसरमा पार्केटिङ टायल्स बिच्छ्याउने र दुवै क्षेत्रमा ड्रेन निर्माण गर्ने काम गरेको छ । सो क्षेत्रमा लक्ष्मी नारायण, सताक्षीमाता, शिवालय, बराह, राम दरबार मन्दिर र द्ववापार ज्योतिलिङलगायतका सुविधासम्पन्न मन्दिर, हरिदेव संस्कृति विद्यालय, सुविधासम्पन्न अतिथिगृह करोडौँ लगानीमा निर्माण भइसकेको सतासीधाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले बताए ।

    सो क्षेत्रको विकासमा स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारको झै पण्डित (महाराज) नन्दकिशोर भारद्वाजको पनि योगदान रहेको जानकारी दिए । गोल गोवर्द्धन गौशालाका माध्यमबाट भारत, अमेरिका, भुटान, क्यानाडा, अस्ट्रेलियासम्म यस क्षेत्रको प्रचारमा महाराजकै योगदान रहेको उनले बताए ।

    अध्यक्ष लिम्बूले विभिन्न दातासँग चन्दा लिएर सो क्षेत्रको विकासमा सरकारले भन्दा बढी लगानी महाराजले गरेको जानकारी दिए । नेपालबाट तेस्रो देश पुर्नवास भएर गएका भुटानी शरणार्थी महाराजलाई भेट्न र यस क्षेत्रको दर्शन गर्न आउँदा समेत सहयोग रकम छाडेर जाने गरेको सुनाए । महाराजले नै स्थापना गरेको सताक्षीधामको गोल गोवर्द्धन गौशालामा हाल पाँच सय बढी गाई रहेका छन् । जहाँ स्थानीय ३० जनाले प्रत्यक्ष रोजगारीसमेत पाएको अध्यक्ष सुब्बाको भनाइ छ ।

    पछिल्लो समय धाममा विकासको गतिसँगै धाम सुन्दर, घुम्न र बस्नलायक बनेको अध्यक्ष प्रसाद सुब्बाको भनाइ छ । उनले धाम परिसरमा एक सय आठ तुलसीको मोडसमेत निर्माण गरेको जानकारी दिए। हाल झिलझिलेबाट धामसम्म जाने साढे चार किलोमिटर सडकमा कालोपत्रेको तयारी भइरहेको छ । दुई वर्षअघि नै बिजुली बत्ती सो क्षेत्रमा पुगे पनि खानेपानी र सञ्चारको भने अझै सताक्षीधाममा समस्या रहेको छ ।

    धामको नामकरण बारेमा विश्व शब्दकोष विकिपिडियामा महाभारतकालीन समयमा पाण्डवले वनबासको बेला गुप्तबास बसी सताक्षीदेवीको आराधना गरेका र पृथ्वीमा सुक्खा लागेपछि सतीदेवीले आफ्नो सयवटा आँखाबाट एकैचोटी अश्रुवर्षा गरी खोलो बगाएको हुँदा देवीको नामबाट सतासी हुँदै यस क्षेत्रको नाम सतासीधाम रहेको भन्ने उल्लेख छ ।

    यसैगरी भारतको तेजपुरबाट किराँती लिम्बू राजाले ८७ जना ऋषीमुनिलाई गुरुको रूपमा लिएर पहाडतर्फ जान लाग्दा पहाडी क्षेत्रको जाडो ठाउँमा पुग्न गाह्रो भएकाले गुरुहरू यसै सताक्षीधामका गुफामा बसेर देवीको तपस्या गरकाले ऋषीमुनिको नामबाट सतासीधाम नाम रहन गएको बताइन्छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.