Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले शुभारम्भ गरेको उक्त सेवालाई सिंहदरबारभित्र कार्यरत कर्मचारी र सेवाग्राहीले सकारात्मक कदमका रूपमा लिएका छन् । पांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन र स्थापित कानुनले निर्दिष्ट गरेको नागरिक तथा श्रमिक अधिकारको अक्षरशः पालना गर्दै सरकारले कानुनी एवं नैतिक दायित्वलाई उच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको हो । सेवाको उद्घाटन गर्दै मुख्यसचिव सुमनराज अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र कार्यालय आवतजावत गर्ने कर्मचारीले शारीरिक अवस्थाका…
काठमाडौँ । सभामुख डिपी अर्यालले एमाले सांसद राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। सांसद राईले सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न ? भन्दै प्रश्न सोधेका थियो। राईले भनेका थिए, ‘तपाईँले ५ वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईँले कुरा सुन्न पर्दैन ?’ यो अभिव्यक्तिपछि सदनमा विवाद उत्पन्न भएको थियो। १५ मिनेट स्थगित भएपछि बसेको बैठकमा सभामुखले सांसद राईको सबै अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३:३० बजे बस्ने गरी बैठक आह्वान गरिएको हो। स्रोतका अनुसार आजको बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्ने सम्भावना उच्च रहेको छ। हालका मुख्यसचिव सुमनराज अर्याल शुक्रबार (पर्सि)देखि अनिवार्य अवकाशमा जान लागेकाले सरकारले नयाँ मुख्यसचिव नियुक्त गर्ने तयारी गरेको हो। नयाँ मुख्यसचिव को हुने भन्नेबारे सरकारले कुनै संकेत गरेको छैन। बालेन सरकार गठन भएपछि भएका नियुक्तिहरूको अभ्यास हेर्दा मुख्यसचिव कसरी नियुक्त हुन्छन् भन्नेबारे ठम्याउन कठिन रहेको प्रशासनिक वृत्तको भनाइ छ। नियुक्ति ज्येष्ठताका आधारमा हुन्छ वा अन्य सचिवमध्येबाट गरिन्छ भन्ने विषयमा अहिलेसम्म स्पष्ट संकेत नदेखिएको अधिकारीहरू बताउँछन्।
ढोरपाटन । बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर र रक्तदान गर्ने कुर्सी सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटीले सञ्चालन धौलागिरि प्रादेशिक अस्पातल क्षेत्रमा सञ्चालन गरेको रक्तसञ्चार केन्द्रबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन जेटेरेटर र कुर्सी सहयोग गरेको हो । बागलुङमा विद्युत् आवतजावत गर्ने हुँदा रक्तसञ्चारमा रगत बिग्रिने र गुणस्तर खस्किने जोखिम हुँदै आएको थियो । जेनेरेटर सञ्चालन गरेपछि अब उक्त समस्या समाधान हुने नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले बताए । घण्टौँसम्म लाइन नआउँदा फ्रिजमा राखिएको रगत आवश्यक तापक्रमभन्दा बढी तातिने हुँदा बिरामीलाई दिन नमिल्ने हुने उनको भनाइ छ । लाइन जाँदा रातिमा मोबाइलको…
झापा । आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो स्टेशन बन्द भएका छन् । पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा प्रस्तुत कार्यक्रममा १२९ वटा रेडियोमध्ये ४४ वटा बन्द भएको जनाइएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले १६ वटा सामुदायिक रेडियोसहित ४४ वटा बन्द भएको बताए । उनले कार्यक्रममा आर्थिक अस्थिरता र बजार अभावका कारण रेडियोसहितका सञ्चारमाध्यम बन्द हुन थालेको सम्मेलनमा प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरेका छन् । उनले यहाँका सञ्चारमाध्यमलाई प्रोत्साहन गर्न कोशी प्रदेश सरकारले आदिवासी, जनजाति र लोपोन्मुख समुदायले मातृभाषामा सञ्चालन गरेका मिडियालाई विशेष सहयोगको नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गर्न…
काठमाडौं । प्रतिनिधिसभाकाे आजको दोस्रो बैठकमा ‘सम्पत्ति शुद्धीकरण ‘मनि लाउण्डरिङ’ निवारण (तेस्रो संशोधन), विधेयक २०८३’ लाई विचार गरियोस् भन्ने सर्वसम्मतिले स्वीकृत भएको छ । अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेस गर्दा विधेयक स्वीकृत भएको हो । सो विधेयकमाथि संशोधन गर्न चाहने सांसदका लागि सङ्घीय संसद्को विधेयक शाखामा पेस गर्न आग्रह गरिएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री डा वाग्लेले अन्तरराष्ट्रिय जगत्ले नेपालको सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयलाई सुक्ष्म रूपमा अध्ययन गरिरहेकाले यसप्रकारको ‘कालो धब्बा’बाट नेपाल बाहिर निस्कने चुनौतीको सामना गर्न कानुनी संशोधन…
जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै
ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित सरकारले यस वर्ष २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ विविध कार्यक्रमका साथ मनाउने भएको छ । जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादन वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ दिवस मनाउन लागिएको कृषि विभागले जनाएको छ । कृषि विभागले विसं २०६१ देखि मनाउन थालिएको राष्ट्रिय धान दिवसको २३औँ संस्करण असार १५ गते सोमबार देशभर प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै धान दिवस मनाउन आग्रह गरेको छ । कृषि विभागका महानिर्देशक तथा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत…
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकले प्रतिष्ठानमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्दै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्यमन्त्री मेहताले प्रस्तुत गर्नुभएको ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले विधेयकले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको नियुक्तिलाई पारदर्शी बनाउने बताउनुभयो । उक्त प्रस्तावसभाको बहुमतबाट स्वीकृत भएको छ । सो प्रस्तावमाथिको छलफलमा सांसद अभिषेकप्रताप शाह, पारशमणि गेलाल, विश्वराज पोखरेल, आरेन राई, समीक्षा बास्कोटा, अशोककुमार चौधरी, साजिदा खातुन सिद्धिकी, भाग लिँदै स्वास्थ्य क्षेत्रलाई जनमुखी बनाउन विधेयक…
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म) प्रयोग गरेर सञ्चालन गरिएका ५७ वटा सवारीचालकमाथि कारबाहीसहित जरिबाना गरेको छ । आइतबार उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा कालोसिसा प्रयोग गरेका ती सवारीसाधन चालकलाई जरिबानासहित कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो । कार्यालयका प्रमुख काफ्लेका अनुसार कानुनविपरीत सवारीसाधनमा कालोसिसा प्रयोग गर्न नपाइने व्यवस्था रहेकाले नियम उल्लङ्घन गर्ने सवारीमाथि निगरानी बढाइएको हो । “कानुनविपरीत गाडीमा कालोसिसा प्रयोग गर्न पाइँदैन । आज मात्र ५७ वटा सवारीसाधनलाई कारबाहीसहित जरिबाना गरेका छौँ”, एसएसपी काफ्लेले भन्नुभयो । पछिल्लो समय निजी तथा…
काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा विभागले बताएको छ । विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताउनुभयो । “कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिदैन”, उहाँले भन्नुभयो, “सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ ।” महानिर्देशक डा दाहाल सङ्क्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताउनुहुन्छ । कागमा देखिएको सङ्क्रमण २१ दिनसम्म रहने भएकाले धेरै नै बर्डफ्लु रोग सार्न सक्ने उहाँको भनाइ रहेको छ । “काग मरेपछि कहाँ मरेको भन्ने थाहा हुँदैन । अनि त्यही मरेको कागले बर्डफ्लु सार्ने गरेको छ ।…