Author: सूचनापाना

काठमाडौं । बौद्धमा रहेको भाटभटेनी सुपर स्टारमा ४ वटा शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार बेलुकी शव फेला परेका हुन् । डढेको कारण शव पहिचान भएको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । जेनजी आन्दोलनका क्रममा भाटभटेनी लगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी भएको थियो ।

Read More

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज ११ बजे पदभार ग्रहण गर्ने भएकी छन् । उनी गत शुक्रवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथग्रहण गरेकी थिइन् । कार्कीले सिंहदरबारभित्रै रहेको गृह मन्त्रालयको नयाँ भवनलाई प्रधानमन्त्री कार्यालय बनाइएको छ । सोही कार्यालयमा कार्कीले पदभार ग्रहण गर्न लागेकी हुन् ।

Read More

काठमाडौँ । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते प्रदर्शनकारी उपचाररत छन् । यही भदौ २३ र २४ गते भएको प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षतिमात्र भएन अन्तरराष्ट्रिय पहिचान र शाखाको रूपमा रहेको मुलुकको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्‍यो । पर्यटकीय सिजन सुरु हुनै लाग्दाको विकसित परिस्थितिले पर्यटनलाई थिलथिलो बनायो । कयौँ पर्यटकीय…

Read More

काठमाडौं । राष्ट्रपति भवनमा आन्दोलनरत पक्ष र राष्ट्रपतिबीच सहमति जुटेको छ । सहमति अनुसार पूर्वप्रधानन्यायधीश शुसीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन हुने छ । अहिलेको प्रतिनिधिसभा विघटन हुने छ । आन्दोलनकारीको माग अनुसार प्रतिनिधिसभाको विघटन हुने छ भने त्यसपछि कार्की प्रधानमन्त्री नियुक्त हुनेछन् ।

Read More

काठमाडौँ । धरानस्थित भाटभटेनी सुपरमार्केटमा भदौ २४ गते भएको आगजनी र लुटपाटमा संलग्न चार जनाको जलेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार मृतकहरू सबै चोरी र आगजनीका लागि भित्र पसेका थिए। आगो तीव्र गतिमा फैलिँदा उनीहरू भित्रै फसेर जलेको हुनसक्ने उनले बताए। उनका अनुसार तीन जनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको थियो। शव खरानी बनेको अवस्थामा रहेकाले पहिचान खुल्न बाँकी छ। यसअघि शुक्रबार बिहान दोस्रो तलामा एक जनाको शव भेटिएको थियो। प्रहरीले थप खोजी गर्दा शुक्रबार दिउँसो चौथो तलामा थप तीन जनाको शव फेला परेको हो।…

Read More

काठमाडौं । जेनजी आन्दोलनका क्रममा अहिलेसम्म देशभर ५१ व्यक्ति मारिएको केन्द्रीय प्रहरीले जनाएको छ । तर, मारिएका सबै जेनजी आन्दोलनकारी नभएको प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए । मारिएको भनी सार्वजनिक भएको विवरणमध्ये १८ जना को हुन् भन्ने पहिचान अझै खुलेको छैन । १८ बाहेक अन्य ३२ मृतक पनि सबै जेनजी आन्दोलनकारी नभएको घिमिरेले बताए । जो जेनजी आन्दोलनकारी हैनन्, ती हुलमुलमा परेर मारिएको उनको भनाइ छ । तर, उनीहरु को हुन् भन्ने पहिचान खुलाउने सिलसिला शुरु भएको उनले बताए । आन्दोलनका क्रममा कतिपय भारतीय नागरिक पनि मारिएका छन् । बौद्धस्थित होटल हायातमा प्रदर्शनकारीले तोडफोड गर्ने क्रममा उक्त होटलमा बस्ने एक…

Read More

काठमाडौँ । अर्थतन्त्रका जानकारहरुले जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रुपमा उल्लेखनीय क्षति ब्यहोरे पनि अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रमा आशा जगाउँदै ‘कोर्स करेक्सन’को अवसर प्रदान गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक भर्चुअल अन्तरक्रियामा उनीहरुले जेनजीको प्रदर्शन बेथिती, कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले यो समयलाई कोर्स करेक्सनको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालले भ्रष्टाचारका विरुद्ध मुलुकभरबाट मानिसहरु एकसाथ जाग्नुलाई सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिए । “नयाँ पुस्ताको नेतृत्वमा मुलुकभरबाट भ्रष्टाचारका विरुद्ध मानिसहरु एकसाथ जाग्नु हाम्रा लागि उपलब्धि हो, संविधान संशोधनलगायतका विषय पछि…

Read More

काठमाडौं । होटल संघ नेपालले यसै हप्ता भएको जेनजी आन्दोलनको क्रममा झन्डै २ दर्जन होटलहरुमा ठूलो क्षति पुगेको जानकारी दिएको छ । विज्ञप्ति जारी गर्दै संघले देशभरी २ दर्जन होलटमा क्षती पुग्नुका साथै २५ अर्ब रुपैयाँभन्दा धेरैको क्षती भएको जानकारी दिएको हो । संकलित प्रारम्भिक जानकारी अनुसार प्रत्यक्ष प्रभावित होटलहरु काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरुमा भएका तोडफोड, आगजनी, लुटपाटबाट काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै ८ अर्ब भन्दा बढीको क्षति समेत गरी देशैभरी करिब २५ अर्ब भन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान…

Read More

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले चौधरी ग्रुपमा ठूलो क्षति पुर्‍याएको छ । समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यसलाई कम्पनीको इतिहासकै पीडादायी क्षणको रुपमा लिएको जनाएका छन् । उनका अनुसार परिवर्तन र जवाफदेहिताको मागसहित सुरु भएको आन्दोलनलाई असामाजिक तत्व र बाह्य शक्तिले हिंसात्मक रुप दिएपछि दशकौंको मेहनत, त्याग र लगानी केही घण्टामै ध्वस्त भएको छ। यस क्रममा अध्यक्षलाई व्यक्तिगत रूपमा लक्षित गरियो, पारिवारिक घरमा आगजनी गरियो, उद्योग–कारखाना तथा कार्यालयमा क्षति पुर्‍याइयो र विभिन्न शो–रुम लुटपाटमा परे। तर निराशा र अन्धकारबीच पनि सीजी परिवार को साहस देखिएको उनले उल्लेख गरे । ‘आगो र अशान्तिका बीच पनि…

Read More

काठमाडौं । नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का निवर्तमान अध्यक्ष ध्रुव थापा विगत तीन दशकदेखि उद्यमशीलता, सामाजिक सेवा र मानवतावादी योगदानका लागि चिनिँदै आएका नाम हुन्। तर, पोखरास्थित शोरुम र घरमा भएको आगलागीले उनलाई जीवनकै सबैभन्दा ठूलो पीडासँग जुध्न बाध्य बनाएको छ। ‘म कुनै राजनीतिक मान्छे थिइनँ। न भ्रष्ट न त तस्कर,’ जीवन यात्राबारे स्मरण गर्दै थापाले भने, ‘१७ वर्षमै कलेज पढ्दै उद्यम सुरु गरेको थिएँ। आरोह–अवरोह, जोखिम सबै भोग्दै यहाँसम्म आइपुगेको हुँ। नेपालमै सम्भावना धेरै छ भनेर अरुलाई पनि उद्यम गर्न प्रेरित गर्दै आएको छु।’ आगलागीले घर मात्र नभई थापाको आत्मबललाई पनि चोट पुर्‍याएको छ। बुबाबाजेले आर्जेको जग्गामा बनेको,…

Read More