Author: सूचनापाना

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो । कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ सवारीसाधन कारबाहीमा परेका छन् । यस्तै बढी भाडा लिने दुई हजार एक सय ९०, सवारी चालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार तीन सय ४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार पाँच सय नौ, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ३७…

Read More

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ५ को वडा कार्यालयको भवन निमार्णमा स्थानीले विरोध जनाएका छन् । नागरिकको सुविधालाइ वेवास्था गर्दै वडा अध्यक्षले बढिजसो वडा वासीलाई पायक नपर्ने स्थानमा वडा कार्यालय भवन बन्न लागेको भन्दै स्थानियले बिरोध जनाएका हुन् । सोमबार स्थानियले बिरोध प्रदर्शन गर्दै वडा कार्यालय नागरिकलाई पायक पर्ने पाउँमा बनाउनुपर्ने माग राखेका छन् । हाल संचालनमा रहेको वडा कार्यालय वडाको एक छेउमा पर्ने भएकाले नागरिकलाई कार्यालयको सेवा लिन असहज हुने भएकाले वडाको बिच केन्द्रमा पर्ने गरी वडा कार्यालय निमार्ण गर्न स्थानियले माग गरेका छन् । स्थानियको मागलाइ बेवास्था गर्दै वडा कार्यालय सोहि स्थानमा निमार्ण गर्न लागेपछि स्थानियहरु…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले आज लामिछानेमाथि मुद्दा चलाउन आधार र प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गरेको महान्याधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए । महान्यायाधिवक्ताको निर्णयसँगै अब सरकारी निकायहरूले लामिछानेमाथि राहदानी दुरुपयोगका विषयमा मुद्दा चलाउन पाउने छैनन् । प्रहरीले प्रमाण नपुग्ने बताएको तथा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौ र उच्च सरकारी वकिल कार्यालय पाटनबाट पनि मुद्दा नचल्ने निर्णय भएर आएकोले महान्यायाधिवक्ताले पनि मुद्दा नचल्ने निर्णय गरेको रेग्मीले बताए । लामिछानेमाथि एकै पटक नेपाली र अमेरिकी राहदानी लिएको र दुवै राहदानी प्रयोग गरेको आरोप…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले दुईपटक प्रधानमन्त्री बनाएको बताउँदै ओलीले त्यसको ब्याज तिर्न बाँकी रहेको प्रतिक्रिया दिएका छन् । विश्वासको मत लिने क्रममा सोमबार संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले ओलीलाई आफूले गरेको सहयोगको हिसाब किताब राख्न आग्रह गरे । ‘मैले तपाइँलाई दुईपटक प्रधानमन्त्री बनाएको थिएँ । ब्याज थियो । एउटा त बनाउनुभयो । एउटा अझै बाँकी छ । हिसाब राख्नुहोला,’ उनले भने । उनले आफू प्रधानमन्त्री बनाइदिनुस् भनेर खोज्दै नगएको प्रस्टीकरण बताउँदै एमालेले नै आफूलाई बल गरेको स्मरण गरे । उनले परिस्थित त्यस्तै बनेपछि आफू पुस १० मा बालकोट गएको प्रस्ट्याए…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत पाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित रहेकोमा १७२ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका हुन्। उनको विपक्षमा ८९ मत खसेको छ। एक जना तटस्थ रहे। दाहालले प्रधानमन्त्री भएपछि संसदमा दोस्रो पटक विश्वासको मत लिएका हुन्। राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएपछि उनले दोस्रो पटक विश्वासको मत लिएका छन्। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

Read More

दाङ। दाङमा आइतबार बेलुकी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ज्यान गुमाउनेमा मोटरसाइकल चालक प्युठानको नौबहीनी गाउँपालिका–६ का ३२ वर्षीय राजन केसी रहेका दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए । दुर्घटनामा उनकी श्रीमती सन्ध्या र दुई वर्षीया छोरी राष्ट्रियता गम्भीर रहेको प्रहरीको भनाइ छ । दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा राजनको केहीबेरअघि ज्यान गएको प्रहरीले जनाएको छ । घोराहीदेखि लमही जाँदै गरेको प्रदेश ०३–००१ क ०१६९ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१६…

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका सम्बन्धन प्राप्त कलेजहरुको नतिजा आएको हो । आइतबार साँझ ८ बजेसम्म प्राप्त मतपरिणाम अनुसार ३० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ । त्यस्तै, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले १२ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले १३ र नेकपा एसनिकट अनेरास्ववियूले ३ क्याम्पसमा सभापति जितेका छन् । ज्नमोर्चा निकट अखिल छैटौंले एउटा क्याम्पसमा सभापति जितेको छ भने विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ । अनेरास्ववियु (एमाले) १ः जिरी क्याम्पस दोलखा,ज्योती…

Read More

काठमाडौ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ । राजदूत श्रीवास्तव राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न केही बेरअघि राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको बताइएको छ ।उहाँहरुबीच साँझ ६ बजेदेखि भेटवार्ता भइरहेको छ । राष्ट्रपति पौडेलले गत सोमबार पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेपछि आज भारतीय राजदूतसँग गर्नुभएको कुराकानी विदेशी कूटनीतिज्ञसँगको पहिलो भेटवार्ता हो ।

Read More

काठमाडौं । जनस्तरबाट जुरे पहिरो पीडितको नाममा संकलन गरेको रकम पीडितहरुलाई नगदै वितरण गर्न प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले सरकारसँग माग गरेका छन् । आज आइतबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै साँसद सापकोटाले २०७१ साल साउन १७ गते जुरेमा गएको पहिरो पीडितको नाममा सरकारले जनस्तरबाट संकलित २ करोड ४४ लाख ६४ हजार ६ सय ५७ रुपैयाँ फुकुवा गर्दै पीडितलाई नगद नै वितरण गर्न प्रवन्ध मिलाउन सरकारसँग माग गरेका हुन् । पहिरो गएर स्थानीय जनताको उठिबास भएका ८ वर्ष विति सक्दा पनि सरकारले उक्त रकम वितरण गर्न नसक्नु दुर्भाग्य भएको बताउँदै साँसद सापकोटाले सरकारलाई यस विषयमा गम्भीर भएर पहलकदमी लिन समेत…

Read More

काठमाडौँ । जनयुद्धमा सहिद भएकाहरूको लिस्टको अद्यावधिक गरिने भएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद भएकाहरूको लिस्टको अद्यावधिक गरिने भएको हो । सरकारले ८ हजार ३ सय ७१ जनाको नाम राजपत्रमा प्रकाशित गरे पनि कतिपय नाम छुटेपछि पुनः अद्यावधिक गर्न लागिएको हो । जनयुद्धमा सहिद भएका कतिपय जीवित भेटिएका र कतिपयको नाम छुटेकाले अद्यावधिक गर्न निर्देशन दिएको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ । गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयबाट सहिदका नामहरू सङ्कलन हुने जनाइएको छ भने नाम आएपछि राजपत्रमा पुनः प्रकाशित गरेर पुस्तकको रूपमा तयार गरिने स्रोतको भनाई छ । जनयुद्धमा सहिदको सम्मानका लागि राजपत्रमा प्रकाशित गरेर व्यवस्थित…

Read More