Author: सूचनापाना

रामेछाप । रामेछाप कारागारमा भित्री ताला तोडेर भाग्ने प्रयास गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लाग्दा दुई कैदीको मृत्यु भएको छ। घटनामा एक जना गम्भीर घाइते भएका छन् भने १० जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। प्रहरीका अनुसार आज बिहान कैदीहरूले समूहगत रूपमा ताला तोडेर कारागारबाट भाग्ने प्रयास गरेका थिए। रोक्न खोज्दा अवस्था नियन्त्रणबाहिर जाँदा सुरक्षाकर्मीले गोली चलाउनुपरेको हो। घाइतेहरूको उपचार रामेछाप अस्पतालमा भइरहेको छ। घटनापछि कारागार क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। कारागारमा फेरि यस्ता घटना नदोहोऱ्याउने गरी सुरक्षा व्यवस्था कडाइ गरिएको प्रहरीले जनाएको छ। कारागारमा अहिले कैदी ३३४ छन् ।

Read More

काठमाडौं । भैंसेपाटीस्थित सरकारी क्वाटरबाट हेलिकोप्टरमा निकालिएका मन्त्रीहरूलाई बालुवाटार लगिएको छ भने उनीहरुका परिवारसहित कतिपय भीआईपीलाई नेपाली सेनाको भैरवनाथ गणमा लगिएको छ । उनीहरूलाई त्यहाँ सुरक्षाका लागि राखिएको भनिएको छ । भैरवनाथ गण यसअघि युद्धकालमा बन्दीहरूलाई राख्ने ठाउँ हो । अधिकांश मन्त्री र भीआईपीलाई हेलिकप्टरबाट सुरक्षित निकालिएको थियो । कतिपयलाई अन्य सुरक्षित स्थानमा राखिएको स्रोतले जनाएको छ । यो समाचार पार्दासम्म अपरान्ह २ बजे काठमाडौंका अधिकांश भाग सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगिसकेका छन् ।

Read More

काठमाडौं । जेनजी प्रदर्शनकारीहरु भैंसेपाटीस्थित मन्त्री निवासतर्फ अघि बढेपछि मन्त्रीसहितका मानिसहरुलाई हेलिकप्टरमार्फत बाहिर निकालिएको छ । त्यस्तै, क्वार्टरमा आगजनी भएपछि सेनाले हवाई फायर गरेको छ ।सेनाका ६ हेलिकप्टरबाट मानिसहरुलाई सेनाका ६ वटा हेलिकप्टरबाट मन्त्रीसहितलाई सुरक्षित स्थानतर्फ निकालिएको हो ।

Read More

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन प्रदर्शन, तोडफोड र आगजनीका घटना बढेका छन् । आन्दोलनकारीहरू टोल टोलबाट निस्किएका छन् भने मुख्य निशाना कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुका साथै मन्त्री र राजनीतिक दलका कार्यालयहरुलाई बनाएका छन् । यसैक्रममा च्यासलस्थित एमाले मुख्यालयमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् ।

Read More

काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए ।

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीेले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ः०० बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अपिल जारी गर्दै सोमबार राजधानी र देशका विभिन्न भागमा भएका प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःख व्यक्त गर्दै “कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादका माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो”, भन्नुुभएको छ । “उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु । त्यसैको लागि आज साँझ ६ः०० बजे संर्वदलीय बैठक आह्वान गरेको छुु ।’’, प्रधानमन्त्री ओलीले…

Read More

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन् । सोमबार साँझ बसेको कांग्रेसको बैठकपछि बालुवाटार मन्त्रिपरिषदमा लेखकले राजीनामा बुझाएका हुन् ।

Read More

काठमाडौं । काठमाडौंमा जेन जीको आन्दोलन चर्किएसँगै फेसबुक खुल्न थालेको छ । अधिकांश आइएसपीहरुले आज फेसबुक खुला गरेका हुन् । देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको बताएका छन् । यद्यपि, कम्पनीहरूले भने यो विषयमा कुनै पनि औपचारिक जानकारी गराएका छैनन् ।सरकारले दर्ता हुन नआएको भन्दै फेसबुक, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि रोक लगाउने निर्णय लिएको थियो । उक्त निर्णयको विरुद्धमा आज जेनजी पुस्ता आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकै प्रभावले फेसबुक खुलेको हुन सक्ने बताइएको छ ।

Read More

काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो ।ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

Read More

काठमाडौं । जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली पुगेको प्रहरी स्रोतले जनाएको छ ।

Read More