काठमाडौं । भैंसेपाटीस्थित सरकारी क्वाटरबाट हेलिकोप्टरमा निकालिएका मन्त्रीहरूलाई बालुवाटार लगिएको छ भने उनीहरुका परिवारसहित कतिपय भीआईपीलाई नेपाली सेनाको भैरवनाथ गणमा लगिएको छ ।
उनीहरूलाई त्यहाँ सुरक्षाका लागि राखिएको भनिएको छ । भैरवनाथ गण यसअघि युद्धकालमा बन्दीहरूलाई राख्ने ठाउँ हो । अधिकांश मन्त्री र भीआईपीलाई हेलिकप्टरबाट सुरक्षित निकालिएको थियो ।
कतिपयलाई अन्य सुरक्षित स्थानमा राखिएको स्रोतले जनाएको छ । यो समाचार पार्दासम्म अपरान्ह २ बजे काठमाडौंका अधिकांश भाग सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगिसकेका छन् ।
