Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सरकारले सूचीकरण नगरेका फेसबुक, एक्स, लिंक्डइन, रेडिटलगायत ठूला सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको हो । सञ्चार मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि प्रतिबन्ध कार्यान्वयन सुरु गर्दैछ। सर्वोच्च अदालतको आदेशपछि सरकार अनलाइन प्लेटफर्महरूलाई निगरानीमा ल्याउने प्रक्रियामा छ। टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका छन् भने टेलिग्राम र ग्लोबल डायरी प्रक्रिया अन्तर्गत छन्। सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा बुधबार रातिदेखि सकिएको छ । तर, हालसम्म कुनै पनि ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् । सञ्चार तथा…
काठमाडौँ । सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरुप दिने अनुदानबापतको करिब ७५ करोड रकम निकासा गरेकोे छ । देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा उपलब्ध गराएको करिब २ करोड १६ लाख क्विन्टल उखु बराबरको सो रकम किसानलाई पठाइएको हो । किसानलाई चिनी उद्योगले प्रतिक्विन्टल ५८५ र सरकारले ३० अनुदान रुपैयाँ दिने व्यवस्थाअनुसार सो रकम उपलब्ध गराइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। उनका अनुसार रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने व्यवस्था गरिएको छ । मन्त्रालयबाट पठाइएको रकम कतिपय किसानले प्राप्त गरिसकेका उनले जानकारी दिए। सरकारले अघिल्लो वर्ष प्रतिक्विन्टल ७० रुपैयाँका…
रामेछाप जिल्लाको मन्थलीमा रहेको रामेछाप विमानस्थल र नजिकै बगिरहेको तामाकोशी नदी । काठमाडौँबाट मन्थली उडान नियमित नभएपछि यहाँको विमानस्थल लामो समय देखि सुनसान छ । पर्यटकीय सिजनमा काठमाडौँको विमानस्थल ब्यस्त हुने भएपछि मात्र तारा, सिता र समिट एयरले यही विमानस्थलबाट सोलुको लुक्लाका लागि उडान भर्ने गरेका छन् ।
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। बिहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा आईजीपी खापुङलाई गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिएका हुन्। सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था कायम रहे खापुङ अबको अढाई महिनामै अवकाश हुनेछन्। हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका छन्।
काठमाडौं । आइपीओ निष्कासन तयारीमा रहेको श्री डिष्टिलरी लिमिटेडले सन् २०२५ मा २३ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीको व्यापार अघिल्लो वर्ष (सन्२०२४) को भन्दा बढेको हो। सन् २०२४ मा यस कम्पनीले १८ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसैगरी, यस कम्पनीले सन् २०२३ मा यसले ८ करोड २० लाख र सन् २०२२ मा ३० लाख रुपैयाँ व्यापार गरेको थियो । अप्रिल ६, सन् १९८६ मा स्थापना भएको श्री डिस्टिलरी सन् २०२२ को जुलाईमा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । यो अरुणखोला, नवलपुरमा अवस्थित छ । कम्पनीसँग ४८ लाख ६० हजार लिटरको…
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ । अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा सुधार गरेको बताए । उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताए ।…
काठमाडौं । अन्ततः सरकार र सत्तापक्ष यस वर्षदेखि निजामती कर्मचारीको अवकाश उमेर ५९ वर्ष कायम गर्नुपर्ने अडानबाट पछि हटेका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको मङ्गलवार बिहान बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समितिमा यस अघि सहमति भइसकेको विधेयक पारित भएको वर्षमा ५८ वर्षमा अवकाश उमेर राख्नेमा सरकार तयार भएको जानकारी गराएकी हुन् । विगत ३ दिनदेखि मन्त्रीसँगै सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसका सांसदले मुख्यसचिव सहित केही सचिवको सेवा अवधि एक वर्ष लम्बाउनका लागि विधेयक पारित भएको वर्षमा ५९ वर्षमै अवकाशमा जाने व्यवस्था गर्नुपर्ने अडान लिँदै आएका थिए । मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा पनि…
काठमाडौं । नेपाली बजारमा पछिल्लो चार दिनयता सुन-चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम भएको छ । गत शुक्रबारदेखि बढेको सुनको मूल्यमा मंगलबार पनि नयाँ रेकर्ड बनाएको हो । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेर दुई हजार ४ सय ८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको बजारमा यो तोलाको…
ताप्लेजुङ । पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट ६३ करोड ८२ लाख ९४ हजार ९७९ सङ्कलन भएको जनाएको छ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा गत मार्च १ देखि अप्रिल २१ सम्ममा २६ पुरुष र १५ महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको प्रमुख चुचुरोमा सफलतापूर्वक पाइला टेकेका छन् । सो आरोहणबाट एक करोड ९७ हजार ४६० राजस्व सङ्कलन भएको छ । सङ्खुवासभा जिल्लामा रहेको मकालु हिमाल सोही समयमा ६६ आरोहीले सफल आरोहण गरेका छन् । यसबाट एक करोड ६२ लाख…
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर स्थित बज्राचार्य गहना उद्योगमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागबाट खटिएका अनुसन्धान अधिकृत र सशस्त्र प्रहरीका डीएसपी नेतृत्वको टोलीले गहना उद्योगबाट ६२१ ग्राम काँचो सुन बरामद गरेको छ । पसल र कारखानाबाट बरामद गरिएको काँचो सुनबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए ।बज्राचार्य गहना उद्योगबाट बरामद सुन र बिलबिजकबारे विभागले अनुसन्धान गरिरहेको छ ।