Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » लघु तथा साना जलविद्युत् टिकाउन व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्यः मन्त्री खड्का

    लघु तथा साना जलविद्युत् टिकाउन व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्यः मन्त्री खड्का

    By सूचनापाना१९ भाद्र २०८२, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    पाटन (ललितपुर) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले लघु तथा साना जलविद्युत्लाई दीर्घकालीन रूपमा टिकाइ राख्न व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्य रहेको बताएका छन् ।

    SuchanaPana.com

    राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालको आज ललितपुरमा आयोजित आठौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री खड्काले अप्ठेरा भूगोलमा विद्युत् पुर्याउनाले सामाजिक, आर्थिक रुपान्तरणमा ठूलो योगदान पु¥याएको उल्लेख गर्दै रोजगारी सृजना हुने र जनताले स्मरण गर्न सक्नेगरी काम हुन सकोस् भन्नेमा जोड दिए ।

    “देशका कुना–कन्दरासम्म, अप्ठेरा र दुर्गम भूगोलमा बिजुली पुर्याउने काम असाधारण उपलब्धि हो, यसका लागि यस समाजले खेलेको भूमिका र गतिविधि प्रशंसा योग्य छन्, हाल देशभर करिब दुई हजार सङ्घसंस्था तथा व्यक्ति संलग्न रही ४० मेगावाटभन्दा बढी लघु तथा साना जलविद्युत् परियोजनाबाट विद्युत् उत्पादन भइरहेको अवस्था छ, यो सराहनीय काम हो,” उनले भने ।

    मन्त्री खड्काले जनताले आफ्नै सहभागितामा विद्युत् व्यवस्थापन गरेर अन्धकार हटाएको कार्य प्रशंसनीय रहेको भन्दै उपभोक्ता र समाजको योगदानलाई सम्मान गर्दै सरकारले निरन्तर सहयोग गर्दै आएको बताए । उनले लघु तथा साना जलविद्युत्लाई अझ व्यवसायिक ढङ्गले अघि बढाउन जरुरी रहेकामा जोड दिए ।

    “लघु तथा साना जलविद्युत्लाई दिइएको ऋणलाई अनुदानजस्तो ठानेर वितरण गर्दा आर्थिक अनुशासनमा समस्या आउँछ, त्यसैले संस्थालाई व्यावसायिक मोडेलमा अघि बढाउन जरुरी छ, ऊर्जा क्षेत्रमा पछिल्ला वर्षमा नीतिगत सुधार भएका कारण दीगो र पारदर्शी प्रणालीतर्फ सरकार अघि बढिरहेको छ, सुशासन कायम गर्न सरकारले आक्रमक रूपमा काम गरिरहेको छ”, मन्त्री खड्काले भने ।

    सरकारले राष्ट्रिय प्रसारण ग्रीडलाई प्रत्येक स्थानीय तहसम्म पुर्याउने अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको स्मरण गर्दै मन्त्री खड्काले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन लक्ष्य निर्धारण गरिएको तथा त्यसतर्फ सरकार तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए ।

    परिवर्तन गाउँपालिका रोल्पाका अध्यक्ष सुकबहादुर बुढा मगरले सङ्घीय सरकारले सङ्घीयतासँग जोडिएका धेरै कानुन नबनाएको कारण स्थानीय तहका एकल अधिकारका कानुन निर्माण गर्न समस्या रहेको भन्दै स्थानीय तहमा भइरहेका लघु तथा साना जलविद्युत्का सन्दर्भ छलफल र बहसकै माध्यमबाट निष्कर्षमा पुगेर काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले लघु तथा साना जलविद्युत्मा उपभोक्ता र राज्यको ठूलो लगानी रहेको भन्दै यसलाई दिगो व्यवस्थापन गर्ने कुरामा स्थानीय तहले ध्यान दिने बताए ।

    राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालका सल्लाहकार डिल्ली घिमिरेले लघु जलविद्युत्का क्षेत्रलाई उकास्न सामुहिक आवाज र प्रयास आवश्यक रहेको बताए । उनले लघु जलविद्युत्मा ६० प्रतिशतभन्दा बढि लगानी समुदायको रहेको भन्दै यसलाई संरक्षण र उपयोगमा जोड दिए ।

    सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष नारायण ज्ञवालीले लघु जलविद्युत् गाउँगाउँमा सञ्चालन भएर सबैका घरघरमा विद्युत् पुग्न सफल भएको भन्दै सबैको योगदानका कारण ९८ प्रतिशत घरमा विद्युतीयकरण हुन सफल भएको बताए । उनले दुःखको बेलाका सञ्चालन भएका साना जलविद्युत्लाई जोगाउन र टिकाउन सरकारले नीतिगत रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

    ऊर्जा र वातावरणका लागि महिला सञ्जालका अध्यक्ष कला तिमल्सिनाले लघु जलविद्युत् आयोजना र उपभोक्ताका समस्याका विषयमा निरन्तर बहस, छलफल तथा पैरवी चलाउन आग्रह रहेको बताए । उनले बालबालिकाको हेरचाह गर्दागर्दै पनि लघु जलविद्युत्मा श्रमदान गरेका महिलालाई उपभोक्ता संस्थाको सञ्चालन तथा व्यवस्थापन समितिमा प्रतिनिधित्व गराइनुपर्नेमा जोड दिए ।

    राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालका अध्यक्ष नारायणध्वज खड्काले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्ष लघु तथा साना जलविद्युत् उपभोक्ता संस्थाको हितका लागि सञ्चालन गर्ने कार्यक्रमको बारेमा जानकारी गराए । देशभरि रहेका लघु जलविद्युत् संस्थाले उत्पादन गरेको विद्युत् ७० प्रतिशत जति खेर गइरहेको छ भन्दै उनले खेर गएको विद्युत्लाई सदुपयोग गर्नका लागि विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जडान गर्न अवश्यक सहयोग तथा समन्वय गरिने बताए ।

    उनले उपभोक्ता संस्थाको संस्थागत विकास र दक्ष प्राविधिक तयार पार्नका लागि तालिम तथा क्षमता विकासका लागि उचित पहल गर्ने, लघु जलविद्युत्लाई हालसम्म सहयोग गर्दै आएका विकास साझेदार सङ्घ संस्थासँग समन्वयकारी भूमिकालाई अझ मझबुत बनाउँदै लैजाने संस्थाको कार्ययोजना रहेको धारणा राखे ।

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सदस्य मानबहादुर शाहीले स्थानीय उद्यमीको विकास र प्रवद्र्धनमा काम गरेको भन्दै वैकल्पिक ऊर्जाले स्थानीय तहमा समन्वय गर्न सक्ने उपयुक्त माध्यम लघु तथा साना जलविद्युत् उपभोक्ता हुन् भन्ने बताए । रासस

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.