Author: सूचनापाना

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने भएको छ । आज सोमबार बिहान काँग्रेसले विराटनगर महानगरपालिकाको मेयरको टिकट कोइरालालाई दिएको हो । कांग्रेसमा उनी नेता शेखर कोइराला निकट नेता मानिन्छन् । विराटनगरको मेयरमा काँग्रेसवाट भीम पराजुली, अृमत अर्याल र डिला संग्रौला दाबेदार थिए । यसअघि सभापति शेरबहादुर देउवाले अमृत अर्याल वा डा. डिला संग्रौलामध्ये एकलाई उमेदवार बनाउने तयारी गरेपछि विवाद बढेको थियो । तीन जनालाई पछि पार्दै मोरङ उपसभापति कोइरालाले टिकट पाएका हुन् । सभापति देउवाले पार्टीमा भागबण्डा मिलाउन कोइरालालाई नै टिकट दिएको बुझिएको छ ।

Read More

ललितपुर । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उम्मेदवार बनाउने भएको छ । कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा महर्जनलाई नै टिकट दिएको हो । उनी ललितपुरका वर्तमान मेयर पनि हुन् । कांग्रेस सभापति शेरबहादुर देउवानिकट महर्जनलाई आज सोमबार विहान टिकट पक्का भएको हो । मेयरको उम्मेदवारका लागि महर्जनसँगै शेखर कोइराला समूहका प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनले पनि दावेदारी गर्दै आएका थिए ।

Read More