Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कर्णालीमा औलो : ३२ बिरामी, ६ स्थान उच्च जोखिममा

    कर्णालीमा औलो : ३२ बिरामी, ६ स्थान उच्च जोखिममा

    By सूचनापाना१३ बैशाख २०७९, मंगलवार

    कर्णाली । कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन् ।

    SuchanaPana.com

    स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका वडा नं २, ३ र ४, मुगुको खत्याड गाउँपालिका वडा नं ८ र १० तथा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ औलो रोगको उच्च जोखिममा रहेका स्थानमा पर्दछन् ।

    मध्यम जोखिममा हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ र ५, चङ्खेली गाउँपालिका–२, सर्केगाड गाउँपालिका–२, ताजाकोट गाउँपालिका–२, सुर्खेतको भेरीगङ्गा नगरपालिका–७, वीरेन्द्रनगर नगरपालिका–१०, गुर्भाकोट नगरपालिका–१३, लेकबेँसी नगरपालिका–७ र १०, पञ्चपुरी नगरपालिका–९ रहेका छन् ।

    कर्णालीमा अधिकांश भारतबाट फर्कने नागरिकमा औलो फेला परे पनि जलवायु परिवर्तन तथा हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण लामखुट्टे देखिन थालेपछि यसको प्रभाव विस्तार भएको बताइएको छ । प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा १४ जना छन् । हुम्लामा पाँच, मुगुमा छ, कालिकोटमा तीन, दैलेखमा एक, सल्यानमा दुई र रुकुमपश्चिममा एक जना छन् ।

    मलेरिया भनेर चिनिने यो रोग ‘प्लाज्मोडियम’ नामक परजीविका विभिन्न जातहरूबाट हुने गर्दछ । ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा मलेरियाका परजीवि सर्ने गर्दछन् । मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषमा विकास भई हुर्किएका परजीवि रगतको माध्यमबाट शरीरभरि फैलिएर विभिन्न लक्षण देखा पर्दछन् । औलो रोगका परजीवि भएको लामखुट्टेको टोकाइ भएको १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नी दुख्नेजस्ता लक्षणहरु देखा पर्दछन् ।

    निर्देशनालयले औलोको निःशुल्क परीक्षण तथा उपचार, हरेक बिरामी तथा जोखिम क्षेत्रको खोजपड्ताल, किटनाशक झुल वितरणलाई तीव्रता दिएको जनाएको छ । निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत आचार्यले औलो प्रभावित क्षेत्रमा गर्भवती महिलालाई लक्ष्य गरी यस वर्ष दुई हजार ६७१ थान झुल वितरण गरिएको बताए ।

    नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई पूर्ण अ‍ैलोमुक्त बनाउने राष्ट्रिय रणनीतिअनुसार सन् २०२२ सम्म औलोबाट हुने स्थानीय मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । ‘औलो भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ सोमबार विश्व औलो दिवस मनाइएको थियो ।

    Related Posts

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका…

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.