Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » तामझामसहित मनोनयन

    तामझामसहित मनोनयन

    By सूचनापाना१३ बैशाख २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि देशैभर तामझामसहित दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।

    SuchanaPana.com

    स्थानीय तहको निर्वाचनका लागि सत्तारूढ दल आबद्ध सत्ता गठबन्धनका उम्मेदवार तथा नेकपा एमालेका उम्मेदवार र अन्य दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले आइतबार र सोमबार दुई दिन गरी तामझाम र समर्थकसहित आआफ्ना मतदाता नामावलीमा नाम रहेका स्थानीय तहमा उम्मेदवारी दिएका हुन् ।

    स्थानीय तहको निर्वाचनमार्फत देशभर ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा नेतृत्व चयन हुँदै छन् ।

    सो निर्वाचनमार्फत १५ सय ६ जना प्रमुख तथा उपप्रमुख, ६ हजार ७ सय ४३ वडामा वडा अध्यक्ष र ती वडाका २६ हजार ९ सय ७२ सदस्यसमेत सोही मितिमा चयन हुँदै छन् । यी सबै गरी स्थानीय तहमा मात्रै ३५ हजार २ सय २१ जनप्रतिनिधि चयन हुनेछन् ।

    काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले बाजागाजा र ठूलो समर्थकको भिडसहित सोमबार दिउँसो राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

    यसैगरी, नेकपा एमालेका तर्फबाट काठमाडौंको मेयरका उम्मेदवार केशव स्थापितले समेत नेता कार्यकर्ता तथा शुभेच्छुकलाई साथमा लिएर मेयर पदमा उम्मेदवारी दिए भने अन्य दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारको मनोनयन दर्ता गरे ।

    यसैगरी, ललितपुर महानगरको मेयर पदमा चिरिबाबु महर्जनलेसमेत नेताकार्यकर्ता र समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिए । आजको राजधानी दैनिकमा छ

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.