Author: सूचनापाना

कर्णाली । कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन् । स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका वडा नं २, ३ र ४, मुगुको खत्याड गाउँपालिका वडा नं ८ र १० तथा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ औलो रोगको उच्च जोखिममा रहेका स्थानमा पर्दछन् । मध्यम जोखिममा हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ र ५, चङ्खेली गाउँपालिका–२, सर्केगाड गाउँपालिका–२, ताजाकोट गाउँपालिका–२, सुर्खेतको भेरीगङ्गा नगरपालिका–७, वीरेन्द्रनगर नगरपालिका–१०, गुर्भाकोट नगरपालिका–१३,…

Read More

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि देशैभर तामझामसहित दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । स्थानीय तहको निर्वाचनका लागि सत्तारूढ दल आबद्ध सत्ता गठबन्धनका उम्मेदवार तथा नेकपा एमालेका उम्मेदवार र अन्य दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले आइतबार र सोमबार दुई दिन गरी तामझाम र समर्थकसहित आआफ्ना मतदाता नामावलीमा नाम रहेका स्थानीय तहमा उम्मेदवारी दिएका हुन् । स्थानीय तहको निर्वाचनमार्फत देशभर ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा नेतृत्व चयन हुँदै छन् । सो निर्वाचनमार्फत १५ सय ६ जना प्रमुख तथा…

Read More

काठमाडौं । चुरोट, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थ खरिद र त्यसले निम्त्याउने रोगको उपचारमा वार्षिक ४० अर्ब रुपैयाँ खर्च भएको पाइएको छ। नेपाल विकास अनुसन्धान परिषद्ले गरेको एक अनुसन्धानले त्यस्तो तथ्य बाहिर ल्याएको हो। परिषद्ले नेपालमा चुरोटको अवैधानिक व्यापार’ शीर्षकमा गरेको एक अनुसन्धानपछि सोमबार सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालले सुर्तीजन्य पदार्थका कारण बेहोर्नुपरेको आर्थिक घाटाबारे जानकारी दिइएको छ। परिषद्ले सन् २०२० मा गरेको सो अध्ययनले सुर्तीजन्य पदार्थ खरिद र त्यसले निम्त्याउने रोगका उपचारमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा वार्षिक ४० अर्ब खर्च हुने निष्कर्ष निकालेको हो। परिषद्का अनुसार सुर्तीजन्य पदार्थ खरिद गर्दा लाग्ने खर्च, सुर्तीजन्य पदार्थको सेवनपछि लाग्ने दम, मुटुजन्य रोग र क्यान्सर रोगको…

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हिनामिना गर्नेहरूमाथि अख्तियारले कठोर कदम चालेको हो । यो प्रकरणमा विभिन्न सेटिङका आधारमा शृंखलाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गरिएको खुलासा भएको छ । तत्कालीन नगर विकास समितिले सरकारी सार्वजनिक सम्पत्ति गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता र भोगचलन गरेको भन्दै आयोगले विशेष अदालतमा तीनवटा मुद्दा दर्ता गरेको हो । अख्तियारले अनुसन्धान गर्दा तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा अपनाउनुपर्ने विधि र प्रक्रियाविपरीत अध्यक्षहरूको एकल तोकआदेशका…

Read More

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट जनकपुर उपमहानगरपालिकाको मेयरमा शिव शंकर साह (हिरा)ले उम्मेदवारी दिएका छन् । साहले आज उमेदवारी दर्ता गराएका हुन् । साह उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष समेत थिए ।

Read More

पोखरा । नेपाली कांग्रेसका नेता ऋषि सापकोटाले पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । नेता सापकोटाले गठबन्धनका नाममा पोखराका मतदातालाई अन्य पार्टीको चुनाव चिह्नमा मत दिन बाध्य पारेको भन्दै उम्मेदवारी दिएको बताए । पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई परेको छ । त्यसबाट असन्तुष्ट कांग्रेसका कतिपय नेता कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिने बताएका थिए ।

Read More

काठमाडौं । सत्ता गठबन्धन दलको शीर्ष नेताहरुको बैठकले गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको छ । बैठकले सत्ता गठबन्धनकै उम्मेदवारलाई निर्वाचित गराउन आ-आफ्नो तर्फाबाट पहल गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि एक नेताले देशैभर पाँच दलको एउटै उम्मेदवार हुने बताए ।

Read More

काठमाडौं । एमालेका नेता केशव स्थापितले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदै आफू प्रमाणित मान्छे भएको बताएका छन् । पुर्व मन्त्री तथा निवर्तमान प्रदेश सांसद समेत रहेका स्थापितले महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदै आगामी चुनावमा गठबन्धनको उम्मेदवारले भन्दा डबल भोट ल्याउने जिकिर गरे । स्थापितले भने, ‘८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता ? गेम इज ओभर ।’ स्थापितले गठबन्धनको उम्मेदवारले भन्दा दोब्बर भोट ल्याएर जित्ने दाबी छ ।

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेवाट केशव स्थापितले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौँको राष्ट्रियसभा गृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेवाट काठमाडौंको मेयरमा उनले उम्मेदवारी दर्ता गरेका हुन् । एमालेबाट काठमाडौँ महानगरमा उम्मेदवारी दर्ता गराएका नेता स्थापितले निर्वाचनमा गठबन्धनभन्दा डबल भोट ल्याएर जित्ने दाबी गरेका छन् । यस्तै उनले आफू प्रमाणित मान्छे भएकोले आगामी चुनावमा गठबन्धनको उम्मेदवारले भन्दा दोब्बर मत ल्याउएर निर्वाचित हुने दाबी गरेका हुन् । उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरुसँग कुरा गर्दै स्थापितले भने, “गेम इज ओभर । यसअघि ८४ हजार ६ सय भोट ल्याएको थिएँ । अहिले मतदाता संख्या बढेको छ । गठबन्धनको…

Read More

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापालाई उम्मेदवार बनाउने भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाउदै टिकट थापालाई दिएको हो । थापा विद्यार्थी राजनीतिबाट आएका हुन् । यस्तै विराटनगरको उपमेयरमा एमालेले शिल्पा कार्कीलाई उम्मेदवार बनाएको छ । विराटनगरको मेयरमा राप्रपाबाट प्रल्हाद साह, अन्य साना दल र स्वतन्त्र उम्मेदवार पनि हुनेछन् । आइतबार तीन जनाले उम्मेदवारी दर्ता गरेका थिए । आज साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको मनोनयनको आज दोस्रो तथा अन्तिम दिन हो ।

Read More