Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको हो । सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव केही समय अघि अघि सारेको थियो । २०४७ सालमै अदालतमा सातामा २ दिने बिदाको चलन केही समय अभ्यास गरिए पनि २०४८ सालमा तत्कालीन प्रशासन सुधार आयोगले खर्च घटाउन सकिने र प्रशासन सञ्चालन सहज हुने भन्दै २ दिन बिदा दिन सिफारिस गरेको थियो ।
रामेछाप । नेकपा एमाले रामेछापका जिल्ला कमिटी सदस्य शिवहरी उप्रेती र मन्थली नगरकमिटी सदस्य सुर्दशन प्रसाई सहित नेकपा एमालेका ३९ जना नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका छन् । उनिहरूले साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका छन् । यहीँ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरी नेकपा एमाले रामेछापले वडा कमिटीमा छलफल नै नगरी वडाका केही व्यक्तिहरु मात्रै राखेर टिकटको बिषयमा छलफल चलाएकोमा सहभागी मध्ये २० जनाले छलफल बहिष्कार गरेर हिडेका थिए । छलफलमा भाग नलिई बाहिरीएका पार्टीका नेता तथा कार्यकर्ताहरुको मतलव नै नराखी ५ जनाले वडा अध्यक्ष लगाएतका अन्य सदस्यहरुलाई उम्मेदवार वनाउने भन्ने निर्णय गरेपछि भटौलीमा…
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्र राजनीतिक दस्ताबेज नभएर गालीगलौजको पुलिन्दामात्र भएको टिप्पणी गरेका छन् । २३ औँ मनमोहन स्मृति दिवसको अवसरमा आज (मंगलबार) आयोजित कार्यक्रममा अध्यक्ष ओलीले काँग्रेस घोषणापत्रका दर्जनौँ ठाउँमा एमाले र व्यक्तिगत रूपमा आफूमाथि गालीगलौज गरिएको भन्दै त्यसलाई पागलहरूको प्रलाप भनेका छन् । अध्यक्ष ओलीले भने, ‘त्यो कुनै राजनीतिक दस्ताबेज नै होइन, पागलहरूको प्रलाप हो । घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौँ ठाउँमा नाम किटेर धारे हात लाइएको छ । बाटो किन चौडा बनाएको रु रेल किन ल्याएको रु पाइपलाइन किन चाहियोरु यस्तै यस्तै आरोप लगाएको पनि कुनै…
ओखलढुंगा:माम्खामा आफ्नै साथीको कुटाईबाट एक छात्र गम्भिर घाईते भएका छन् । मंगलबार आज एसइईको परिक्षा सकेर फर्किने क्रममा साथीको कुटाईबाट महेश्वर मावि भदौरेका परिक्षार्थी गोपाल आलेमगर गम्भिर घाईते भएका हुन् । उनलाई आफ्नै साथीले परिक्षामा सार्न नदिएको भन्दै मरणासन्न हुनेगरी कुटपिट गरेको माम्खा माविका प्रधानाध्यापक गेट प्रसाद अधिकारीले जानकारी दिए । साथीको कुटाईबाट गम्भिर घाईते भएका विद्यार्थी उपचारका लागी ओखलढुंगा सामुदायीक अस्पताल ल्याईएको छ । घटना बिहानको भएपनि बिद्यालय प्रशासनले ढिला गरेर थाहा पाएको प्रध्यानध्यापक अधिकारीको भनाई छ। कुटपिटमा सहभागी ४ जना बिद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । घटनाको बारेमा जानकारी आउनसाथ प्रहरीे टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी…
नवलपुर । हिजो वैशाख ७ गते बुधबार नेपाल आयुर्वेद औषधि व्यवसायी संघको साधारणसभा तथा दोस्रो अधिवेशन, २०७९ सम्पन्न भएको छ । नवलपुरको कावासोती होटल नयाँ थाली, कावासोती थाना पछाडि लुम्बिनी क्याम्पस रोड जाने बाटोमा विहान ७.३० बजेदेखि कार्यक्रम शुभारम्भ भएको थियो । उक्त कार्यक्रममा आयुर्वेदको हकहितमा बक्ताहरुले बोलेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकी प्रदेशका सम्योजक कृष्णप्रसाद तिमिल्सिना आथित्यमा अखिल नेपाल होम्योपैथीकका केन्द्रीय कोषाध्यक्ष डा. शंकरराज पौडेल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका गोविन्द पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा बक्ताहरुले बोल्ने क्रममा आयुर्वेदको दिगो विकास हुनुपर्नेमा विषेश जोड दिएका थिए । बर्तमान अवस्थालाई केलाएर…
कर्णाली । कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ । सुर्खेतमा बुधबार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’मा प्रदेश सरकारका पछिल्ला उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको कूल जनसङ्ख्याको ५४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाउनुका साथै एक लाख ४० हजार १८८ जनाले बुस्टर डोजसमेत लगाएको जानकारी दिए । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै उहाँले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको बताए । कोरोना खोप अभियानलाई तीव्रता दिनुका साथै यस अवधिमा स्वास्थ्य पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको मुख्यमन्त्री शाहीले बताए । कर्णाली…
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस बिहीबार काठमाडौं आइपुगेका छन् । महानिर्देशक गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका हुन् । महानिर्देशक गेब्रेयससलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी अधिकारीहरुले स्वागत गरेका थिए । नेपाल भ्रमणमा महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छुटेका बालबालिकालाई आज टाइफाइडविरुद्धको खोप लगाइदै छ । सरकारले गत चैत २५ देखि यही वैशाख १८ गतेसम्म खोप लगाउने तालिका सार्वजनिक गरेको भए पनि अहिले विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गर्ने समय भएकाले आज यसअघि छुटेकालाई खोप लगाउन लागिएको हो । कामपा सहरी स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार धेरै बालबालिकाले खोप लगाइसकेका छन् । छुटेका केहीलाई वैशाख ९ गते प्रत्येक वडा क्लिनिकबाट खोप लगाउने कार्यक्रम छ । यसअघि छुटेकालाई आज र त्यसपछि पनि लक्षित समूहमा कोही छुटे भने सरकारले तोकेको नियमित खोप लगाउने खोप केन्द्रमा गएर लगाउनुपर्ने प्रमुख त्रिपाठीले भने । सरकारले गत चैत २५ देखि…
चितवन । नेपाल औषधि उत्पादक सङ्घले नेपाली औषधिबारे जानकारी दिन ‘नेपाल फर्मा एक्स्पो’ आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन आउँदै छिन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन आउन लागेकी हुन् । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । राष्ट्रपति चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । सङ्घका महासचिव विप्लव अधिकारीले यसपटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान…
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ९४७ को परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ७३२ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १७९ रहेको छ । पछिल्लो समय थप १७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ४९८ पुगेको छ । निको हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।…