Author: सूचनापाना

काठमाडौँ । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले अध्यक्ष कमल थापालाई राजिनामा पत्र बुझाएका छन् ।पौडेलले हिजो (बुधबार) राजीनामा दिएका छन् । पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए । उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएका थिए । चाबहिलका पौडेल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए । अध्यक्ष थापाले पौडेललाई गत फागुन १८ गते उपाध्यक्ष मनोनीत गरेका थिए ।

Read More

काठमाडौं, १५ वैशाख । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । बिहिबार सुनको भाउ एक हजार घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार- बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९८ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १३ सय २० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुन ९८ हजार ५ सय र चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाडौं, १५ वैशाख ।भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण पौडेललाई भेट्न उनकै निवासमा पुगेका छन् । चितवन जिल्लाका नेताहरुलाई भेटेर छलफल गरेका खाँण बिहीबार बिहान पौडेललाई भेट्न उनकै निवासमा पुगेका हुन् । त्यसअघि भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेट्न राज्यमन्त्री उमेश श्रेष्ठ पनि पुगेका थिए । तर पौडेलले भने उम्मेदवारी फिर्ता नलिने अडान छाडेका छैनन् ।

Read More

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी दिएका आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । एक वक्तव्य जारी गर्दै सभापती देउवाले आफ्नो पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । सभापती देउवाले भनेका छन्, ‘पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’ देउवाले विज्ञप्तिमा भनेका छन्, ‘आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु…

Read More

काठमाडौं- मनोनयन भएको उमेदवारहरूको नामावली आज साँझ ६ बजे प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । आयोगको तालिका अनुसार १६ गते (भोलि) साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । भोलि साँझ ५ बजे आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ । १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ । एक लाख ५२ हजार ४६५ मनोनितको विवरण संकलन भएको आयोगले जनाएको छ । वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदै छ ।

Read More

रामेछाप । मन्थली नगरपालिका–२ नं का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बनेका सुरेन्द्र बहादुर कार्कीले निर्वाचन आचार संहिताको धज्जी उडाउँदै विद्यालयमा अध्ययरत बालबालिकालाई पोशाक वितरण गरेका छन् । निर्वाचन आचार संहिताको धज्जी उडाउँदै मन्थली नगरपालिका–२ नं का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बनेका सुरेन्द्र बहादुर कार्कीले निर्वाचनमा मतदाता प्रभावित पार्न विद्यालयमा अध्ययरत बालबालिकालाई पोशाक वितरण गरेका हुन् । उनले मन्थली नगरपालिका–२ मा रहेको बालकन्या प्राथमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखी कक्षा ३ सम्मका ४० जना बालबालिकालाई विद्यालय पोशाक (कपडा) वितरण गरेका हुन् । निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनमा मतदाता प्रभावित पार्न कुनै पनि सामाग्री मतदातालाई दिन नपाइने गरी आचारसंहिता वनाएको…

Read More

रामेछाप । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले स्थानिय तहको निर्वाचनको सूचना लुकाउदै आएको छ । यहीँ बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई जनमैत्री र पारदर्शी बनाउन भन्दै निर्वाचन आयोगले काम गरिरहेको बेला मुख्य निर्वाचन कार्यालय रामेछापले भने आफ्नो सूचना लुकाउने गरेको छ । वर्तमान संविधानले सूचनाको हकलाई सर्वसाधारणसम्म पुग्ने ग्यारेन्टी गरेसँगै निर्वाचन आयोगले आफ्नो संयन्त्रहरुलाई जिल्लाहुदै पालिकास्तरसम्म पुर्याएको भए पनि रामेछापमा भने त्यस विपरीतको काम हुँदै आएको छ । निर्वाचन अभियानमा जुटेका मुख्य राजनितीक दलहरु विशेषगरी नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेस लगाएतका दलहरुले व्यापक रुपमा आचार संहिता उल्घंन गरिरहेको सम्वन्धमा मुख्य निर्वाचन…

Read More

ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका अध्यक्ष पदका उमेदवार (एमालेको तर्फबाट) विष्टले दुईवटा नागरिकता लिएको तथ्य फेला परेको छ । विष्टले ओखलढुङ्गावाट १८३५/४५४ नम्बरको होम बहादुर विष्टको नाममा र काठमाण्डौंवाट २७१७६२/०५१/९४६८ नम्बरको मिलन विष्टको नाममा नागरिकता लिएको प्रमाण फेला परेको छ । सोहि पालिकाका नेपाली कांग्रेसका अध्यक्ष पदका उमेदवार अशोक कुमार कार्कीले विष्ट विरुद्ध यस्तो प्रमाण बुझाएका छन् । अध्यक्ष पदका उमेदवार विष्टलाई आवश्यक प्रमाण सहित बैशाख १५ गते दिउसो २ बजेसम्म सफाई पेश गर्न भनिएको लिखु गाउँपालिकाका निर्वाचन अधिकृत राजेश कुमार थापाले जानकारी दिए । आरोपित पक्षले सफाई पेश गरेमा त्यस उपर छलफल पश्चात र नगरेमा सोहि अनुसार १५ गते बेलुकी…

Read More

काठमाडौं , १४ वैशाख । डिजिटल करेन्सी तर्फ राष्ट्र बैंक अघि बढेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए । मिश्रले राष्ट्र बैंकको ६७ औँ वाषिर्कोत्सव समारोहमा बोल्दै यस्तो बताएका हुन् । कागजको नोट चलाएर सुरु भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल करेन्सीतर्फ अघि बढ्न आवश्यक भएकोले सोहि अनुसार अगाडी बढेको उनले बताए । अब भौतिक मुद्रालाई विस्थापित गरेर डिजिटल कारोबारलाई अघि बढाउने रा्ष्ट्र बैंक लागेको उनले बताए ।

Read More

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको अध्यक्ष पदमा उमेदवारी दिएका मिलन विष्ट विरुद्ध दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको छ ।उमेदवारी दर्ताको भोलिपल्ट मंगलबार उमेदवारको विरुद्धमा दाबी विरोध गर्ने समय रहेकोमा एमालेवाट अध्यक्ष पदका उमेदवार विष्टले दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको हो । विष्टले दोहोरो नागरिकता सँगै उनी विरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दासमेत कायमै रहेको उजुरीमा दाबी छ । विष्टले ओखलढुङ्गा ठेगाना राखेर काठमाडौंबाट मिलन विष्ट नाम गरेर नागरिकता लिनुका साथै ओखलढुङ्गाबाटै होमबहादुर विष्टको नाममा गरि दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको हो । गाउँपालिकाका अध्यक्षका विरुद्धमा उजुरी परेको विषयलाई लिखु गाउँपालिकाका निर्वाचन अधिकृत…

Read More