Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य पुनः रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकाको नागरिकले भोग्नुपरेको हो । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको हो । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण विगत छ दिनदेखि सडकमै फोहर रोकिएको छ । अठार स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता…
पोखरा । पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् । उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए । तर, पार्टीले दिएको नर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेद्वारी फिर्ता लिएको उनीहरुले बताएका छन् तिवारी र सापकोटाले उम्मेदवारी फिर्ता लिए पनि बागी विमल कार्कीले भने फिर्ता लिएका छैनन् । उनी पनि कांग्रेसकै नेता हुन् । अहिले गठबन्धनबाट वडाका उम्मेद्वारले समेत फिर्ता लिइरहेका छन् ।
हुम्ला । हुम्लामा सातवटा स्थानीय तह छन् । ती सबै गाउँपालिका हुन् । ती स्थानीय तहका कार्यकारी पद अध्यक्ष, उपाअध्यक्ष र वडाध्यक्षको उम्मेदवारमा दलित समुदायको प्रतिनिधित्व शून्य देखिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूले तालमेल गर्दा दलित नेतृत्व सहज रूपमा स्वीकार नगरिएकाले उम्मेदवारी दर्ता शून्य देखिएको हो । जिल्लामा क्रियाशील कुनै पनि दलले दलित अध्यक्ष, उपअध्यक्ष र वडाध्यक्षजस्ता कार्यकारी पदमा टिकट दिएनन् । ताजाकोट गाउँपालिकामा मात्र गठबन्धनबाट वडाध्यक्ष एकजना र स्वतन्त्र एकजना, सिमकोट गाउँपालिका-५ मा एकजना, सर्केगाड गाउँपालिकामा उपध्यक्षमा एकजनाको उम्मेदवारी दर्ता भएको छ । अन्यि ठाउँमा भने दलित समुदायबाट उम्मेदवार शून्य देखिएको छ । माओवादी केन्द्र,…
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान मेयर अमानसिङ तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार निर्वाचन कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिए । उनले उम्मेदवारी छनोट गर्ने सिलसिलामा गरेको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै पुनः नगर प्रमुखको रुपमा नेकपा माओवादी केन्द्रको तर्फबाट स्वतन्त्र उमेरद्धारी दिएका थिए । प्रेस विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारीले पार्टीलाई घाटा हुने सम्भावना देखेपछि आफूले फिर्ता लिएको बताए । ‘आम नगरबासीको चाहना, आम पार्टी नेता कार्यकर्ताको चाहना र शुभेच्छुकहरुको भावनालाई कदर गर्दै माओवादी केन्द्रलाई एक ढिक्का बनाई आगामी निर्वाचनमा जित सुनिश्चित गर्नका लागि मैले मेरो उम्मेद्वारीलाई फिर्ता…
काठमाडौं – कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा फेरी ‘हेर्दाहेर्दै’मा राखिएको छ। सुनुवाइ नसकिएपछि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेकाे हाे । आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियाेग लागेकाे छ । उनले जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले सदर गरेपछि त्यसविरुद्ध सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए । २०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ कर्मचारीसहित ५ जना पक्राउ परेका छन् । विमानस्थल सुरक्षा कार्यालयले हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारीसहित तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विमानस्थलमै काम गर्ने तीन जना कर्मचारी छन् । हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी २७ वर्षीय सुमन तामाङ, २८ वर्षीय भीम कुमार माबो र सुपरभाइजर ३६ वर्षीय ताराकान्त चौधरी पक्राउ परेका हुन् । उनीहरु सुनगाभा कम्पनीका कर्मचारी हुन् । पक्राउ पर्ने अन्यमा २८ वर्षीय राजेश राई र ४१ वर्षीय हेमबहादुर थापा छन् । विमानस्थल प्रहरीका प्रवक्ता एसपी हिमालयकुमार श्रेष्ठका अनुसार बिहीबार दुबईबाट…
काठमाडाैं । पाँच दलीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले गठबन्धनको निर्णयविपरीत गरेका तालमेलले मान्यता नपाउने भएको छ । गठबन्धनले यसअघि अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको थियो । तर, ठाउँ ठाउँमा निर्णयविपरीत तालमेल भयो । शुक्रबारको निर्णयले भने त्यस्तो तालमेल खारेज हुने भएको हो । गठबन्धनमा रहेका दलहरू कांग्रेस र माओवादी केन्द्रले एमालेसँग केही जिल्लाको स्थानीय तहमा तालमेल गरेका छन् । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुरको आमचोक गाउँपालिकामा एमाले–कांग्रेस तालमेल भएको छ । गुल्मीको धर्कोटमा भने एमाले–माओवादीबीच तालमेल भएको छ । बाग्मती प्रदेशको सिन्धुपाल्चोकस्थित सुनकोसी गाउँपालिकामा पनि एमाले–माओवादी तालमेलको निर्णय बिहीबार भएको…
रसुवाको गोसाईकुण्ड गाउँपालिकामा माओवादीबाट अध्यक्षका प्रतिस्पर्धी एमाले प्रवेश, मनोनयन फिर्ता लिएको घोषणा
काठमाडौं, १६ वैशाख । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा मओवादीका तर्फबाट अध्यक्ष पदका प्रतिस्पर्धी तेन्जेन छेसाङ तामाङले आफ्नो मनोनयन फिर्ता लिएको घोषणा गरेका छन् । उनले विहीबार पार्टी परित्याग गरेको घोषणा गरे र लगत्तै एमालेमा प्रवेश गरेका छन् । उनले विहीबार एक विज्ञप्ति निकाल्दै पार्टी छाडेर एमालेमा प्रवेश गरेको र उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका हुन् । अब गोसाईकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट प्रतिस्पर्धी शुन्य भएको छ । गोसाईकुण्डमा एमाले, कांग्रेस, एकीकृत समाजवादी, राप्रपा, स्वतन्त्र गरी ७ जनाले मनोनयन दर्ता गराएका थिए ।
काठमाडौं, १६ वैशाख । यहि वैशाख ३० गते हुने स्थानीय तह चुनाबको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज सम्म मात्र मनोनयन फिर्ता लिन सक्नेछन् । आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय सिमा तोकेको छ । मनोनयन फिर्ता गर्ने समय सकिए लगत्तै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने समेत आयोगले जनाएको छ । आज प्रकाशित नामावलीका उम्मेदरवारहरु प्रतिस्पर्धामा उत्रिनेछन् १७ गते उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने भएका छन् । प्राधिरकणले भोलिदेखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने संघको चेतावनी छ । वायुसेवा कम्पनीहरुले नयाँ स्लट अनुसार उडान गर्न नसक्ने भन्दै संशोधन नभएसम्म सम्पूर्ण उडान स्थगत गर्ने समेत संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो । तर, त्यस्तो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताएका…