Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट नेपाली कांग्रेसका आठबिसकोट नगरपालिका–८ का वडाध्यक्ष पदका उम्मेदवारसहित चार जना घाइते भएका छन्। कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर बुढा, वडा सदस्य उम्मेदवार रणबहादुर बोहरासहित कांग्रेस कार्यकर्ता मनबहादुर बुढा र अमर बोहरा घाइते भएका छन्। घाइतेहरूको टाउको, ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल सल्ले लैजाने तयारी भइरहेको छ। वाइसिएलका कार्यकर्ताहरूको समूहले कांग्रेस उम्मेदवार र कार्यकर्तामाथि एकाएक आक्रमण गरेको बताइएको छ।
काठमाडौं । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाएका हुन् । मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । अर्याल २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । आईजीपीको रूपमा अर्यालको कार्यकाल ४ वर्षको हुनेछ ।
काठमाडौं । सर्वोच्च अदालतले दुई वर्षअघि आन्तरिम आदेश दिएको एउटा मुद्दा समयमै किनारा लाग्न नसक्दा दुई प्रदेशमा तीव्र गतिको इन्टरनेट सेवा प्रवाह गर्ने परियोजना अलपत्र परेको छ । देशका अन्य प्रदेशमा सूचना महामार्गको काम तीव्र गतिमा अघि बढिरहँदा गण्डकी र लुम्बिनी प्रदेशमा भने काम समेत सुरु हुन सकेको छैन । नेपाल दुरसञ्चार प्राधिकरण्का अनुसार प्रदेश नं. १, मधेश र बागमती प्रदेशमा हालसम्म १ हजार २ सय ८२ किमि अप्टिकल फाइबर बिछ्याउने काम पूरा भएको छ । प्राधिकरणले यी दुई प्रदेशलाई प्याकेज-१ मा राखेको थियो । त्यस्तै, प्याकेज-३ का कर्णाली र सुदुरपश्चिम प्रदेशमा पनि सूचना महामार्गको काम तीव्र गतिमा अघि बढिरहेको…
रसुवा । रसुवाबासीका लागि उपलब्ध गराउँदै आएको नेपाल चीन आगमन प्रस्थान अनुमतिपत्र (चाइना प्रवेश पास) वितरण १८ महिना देखि रोकिएको छ । कोभिडका कारण रसुवागढि नाकाबाट मानिसको आवतजावत रोकिएसँगै पास वितरण पनि रोकिएको हो । रसुवागढि अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेदेखि पास वितरण रोकेको छ । चीनसँग सीमा जोडीएको नेपालको सबै जिल्लाका बासिन्दाले नागरिकताको आधारमा चीनको पास पाउँदै आएका छन । नाकाबाट मानिसको आवतजावत रोकिएका कारण पास वितरण पनि बन्द गरिएको हो । नाका पूर्णरुपमा सञ्चालनमा आएपछि पुनस् पास सञ्चालनमा ल्याइने बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
रामेछाप । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन दोरम्बा गाउँपालिकामा अध्यक्ष पदका लागि ७ जना भिड्दै छन् । ७ जनामा ६ जना बिभिन्न दलबाट चुनाबी मैदानमा उत्रीएका छन् भने एक जनाले स्वतन्त्र उम्मदवारी दिएका छन् । दलहरु गाउँ गाउँ र टोल टोलमा गएर मत माग्न थालेका छन् । जिल्ला स्तरबाट हुन नसकेको गठबन्धन दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा(माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच अन्तिम चरणमा भएको छ । एक्ला–एक्लै चुनाव लड्ने भन्दै उम्मेदवारी दर्ता गराएका सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच अन्तिम समयमा आएर चुनावी गठबन्धन गर्ने सहमती भएको छ । माओवादी केन्द्रले अध्यक्ष लिने र नेपाली कांग्रेसले…
बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनमा होमिन बुद्धिजीवीहरूलाई आग्रह गरेका छन् । बुद्धिजीवी र पेशागत क्षेत्रको निर्देशनलाई जनताले सहज रुपमा मान्ने भन्दै मतदातालाई गोलबन्द गर्न आग्रह गरे ।एमाले बुद्धिजीवी तथा पेशागत उपसमितिले शनिवार बिहान बुटवलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पौडेलले आइरहेको स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारहरूलाई जिताउने गरी खटिन लाग्न निर्देशन दिए । उनले ‘न्युट्रल’ मतदातालाई ‘कन्भिन्स’ गर्न बुद्धिजीवीहरूको ठूलो भूमिका हुने बताए । ‘अब निर्वाचन आउन धेरै दिन बाँकी छैन, सम्पूर्ण आफ्ना व्यक्तिगत कामलाई थाती राखेर निर्वाचनमा सबै उम्मेदवारहरूलाई जिताउन लाग्नुहोस्,’ उपाध्यक्ष पौडेलले भने, ‘आजदेखि मतगणना शुरू नहुँदासम्म तपाईंहरू लागे मतदाताहरू ‘कन्भिन्स’…
पोखरा – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसमै प्रवेश गर्न सुझाव दिएका छन् । माओवादी केन्द्रले स्थानीय चुनावमा कांग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको भन्दै उनले कांग्रेसमै समाहित हुन सुझाव दिएका हुन् । ‘माओवादीसँग चुनावी एजेण्डा छैन । कांग्रेसको घोषणापत्र बोकेर हिँडिरहेको छ,’ उनले भने, ‘अब कांग्रेसमै छिरे हुन्छ । हामी सामना गर्न तयार छौं ।’ उनले चुनाव सार्न सत्ता गठबन्धनले प्रयास गरे पनि एमालेले त्यसो हुन नदिएको उनले दाबी गरे । पोखरा महानगरको एमाले प्रतिबद्धतापत्र घोषणापछि उनले माधव नेपाललगायत कम्युनिष्ट नेताहरूसँग राजनीतिक एजेण्डा नभएकोले सन्यास लिन आग्रह गरे ।
किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै पनि रुससँग शान्ति वार्ताका लागि तयार रहेको बताएका छन् । रुसले पूर्वी युक्रेनमा हमला तीब्र पारिरहेका बेला जेलेन्स्कीको पछिल्लो धारणा सार्वजनिक भएको हो । ‘रुसमा एउटै व्यक्तिले हरेक निर्णय गर्ने भएकोले’ आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न चाहेको उनले बताए । तर, रुसी हमलाबीच वार्ता हराउने उच्च जोखिम देखिएको उनले बताए । यसैबीच, अमेरिकी रक्षा मन्त्रालयले रुसी राष्ट्रपति पुटिनले युक्रेनमा गरेको आक्रमणमा ‘भ्रष्टतापूर्ण’ काम गरेको आरोप लगाएको छ । रक्षा मन्त्रालयले प्रवक्ता जोन किरबाइले पुटिनले अत्याचार गरेकोसमेत बताए ।
पोखरा – नेकपा एमाले पोखरा महानगरपालिका कमिटीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ । उनीहरुले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा सार्वजनिक गरेका छन्, जसमा महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न मोनोरेल र मेट्रोरेल सञ्चालन तथा अध्ययन गर्ने भनिएको छ । महानगरमा पर्नेमध्ये पहाडी लोकमार्ग खण्डलाई छिटो निर्माण गर्न, केरुङ, काठमाडौं हुँदै पोखरा लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने जनाएको छ ।
रामेछाप । खाँडादेवी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेको छ ।गठबन्धन विच चुनावी तालमेल नसके पछि काऊग्रेस र माओबादीले छुट्टाछुट्टै उम्मेदवारी दिएको थियो । तर पुनः १६ गते कांग्रेस र माओवादी केन्द्र बिच चुनावी तालमेल गरेर अगी बढ्ने निर्णय भएको छ । कांग्रेस बाट अध्यक्षको उम्मेरदवारलाई माओवादीले सर्मथन गर्ने र माओवादीको उम्मेदवारलाई कांग्रेसले सहयोग गर्ने गरी चुनावी तालमेल भएको नेपाली कांग्रेसका महाधिबेसन प्रतिनिधी रत्तनहरी ढुङ्गेलले जानकारी दिए । कांग्रेसबाट अध्यक्षको उम्मेदवारी दिएका नवराज थोकर र माओवादीबाट उपाध्यक्षका उम्मेदवार मान बहादुर लामाले हस्ताक्षर गरेको सहमतिमा निर्वाचनमा दुवै पार्टीले साझा उम्मेदवारलाई सघाउने प्रतिबद्धता जनाइएको छ । शुक्रबार भएको…