Author: सूचनापाना

रामेछाप ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरी कर्मचारी खटाउँदा गम्भिर गल्ती गरेको पाईएको छ । कार्यालयले  कर्मचारी खटाउँदा स्थानिय तहमा वडा अध्यक्षका उम्मेदवार वनेका दुई वडा अध्यक्षलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतको रुपमा काम गर्ने भनि तोकेको हो । मतदानमा कर्मचारी भई मतदान केन्द्रमा खटिनेमा मन्थली नगरपालिका–७ भटौलीका देवेन्द्र श्रेष्ठ र लिखु तामाकोशी गाउँपालिका वडा नं. २ सैपुका सन्तोष पौडेल  रहेका छन् । श्रेष्ठ र पौडेल दुबै जना नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फवाट वडा अध्यक्षको उम्मेदवार हुन् । लिखु तामाकोशी गाउँपालिका–२ सैपुमा रहेको अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए पौडेल ।…

Read More

नवलपरासी पश्चिम – स्थानीय तहको निर्वाचनमा सुरक्षा अवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ। निर्वाचन सुरक्षाको विषयमा नेपाल-भारत सीमावर्ती क्षेत्रका अधिकारीहरुबीच पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको बैठकले यस्तो निर्णय गरेको हो । पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी र भारत पश्चिम चम्पारणका जिलाधिकारी९डीएम० र सुरक्षा अधिकारीबीच छलफल भएको हो । स्थानीय तहको निर्वाचनमा सुरक्षा अवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । ‘पूर्वी नवलपरासी र पश्चिम नवलपरासीसँग जोडिएका सीमा क्षेत्र सिल गर्ने विषयमा छलफल भयो,’ पोखरेलले भने,…

Read More

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो । गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन देउवा बुधबार चितवन आउँदै छन् । देउवाविरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी दिएकी हुन् । आचारसंहिताको विषयमा एउटा लिखित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले पुष्टि गरे । ञभोलि हुने आमसभाको विषय जोडेर आज एउटा लिखित उजुरी परेको छझ, उनले भने । यो विषयमा निर्वाचन आयोगलाइ जानकारी गराइएको र पत्राचार गर्ने…

Read More

विसकेक – विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ । एकै खाद्य पसलका खाना खाँदा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । विषाक्त खाद्य पदार्थका कारण अरु १८ जना १४ बर्ष भन्दा कम उमेरका बालबालिका विरामी भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भरहेको र उनीहरुको अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । विषाक्त खाद्यपदार्थ बेच्ने पसलेलाई प्रहरीले नियन्त्रण लिएर कारबाही प्रक्रिया सुरु गरेको प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीले विषाक्त खाद्य पदार्थ विक्री वितरण गर्ने पसल बन्द गरिदिएको छ भने खाद्य पदार्थका एक हजार पोका बरामद पनि गरेको छ ।

Read More

काभ्रे – बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका खण्डमा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० बर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ बर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ बर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिवहादुर बल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । काठमाडौँबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी५८ टी ८१८१ नम्बरको यात्रुबहाक मिनीबस र…

Read More

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ६ सेलेघाटमा माईक्रोवस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइते मध्य २ जनाको अवस्था गम्भिर रहेको छ । दिउसो करीब १:३० बजे काठमाण्डौं बाट मन्थली तर्फ आउदै गरेको बा २ ख ४१८० नम्बरको माइक्रोवस सडक बाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजु प्रसाद ढकालले जानकारी दिए । घाइतेहरुको तत्काल उद्धार गरी सिन्धुलीको खुर्कोटमा रहेको शुभजिवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचार गराइरहेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए । घाइते मध्य रामेछापको खाँडादेवी गाउँपालिका– १ बस्ने बर्ष ३७ वर्षकी सविना मोक्तान र मन्थली नगरपालिका –५ का ३७…

Read More

रामेछाप । नेकपा एमाले रामेछापले  पार्टिको  तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । “सामाजिक न्याय सन्तुलित विकास र सुशासनमा जोड” दिंदै बधबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मलनको आयोजना गरि एमाले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको हो । प्रतिबद्धता पत्र सार्वजनिक गर्दे एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले पत्रकारका माझ आफनो पर्टिले जिम्मेवारपूर्वक जनता माझ जान चाहेको भन्दै पार्टि सरकारमा रहदा विगतमा गरेका राम्रा काम र भावि कार्ययोजनाहरुलाई पनि प्रतिबद्धता पत्र मार्फत सार्वजनिक गरिएको जानकारी गराए । नजिकिदै गरेको स्थानिय निकायको निर्वाचनलाई लक्षित गरि ल्याईएको प्रतिबद्धतापत्रमा जिल्लाका सबै स्थानिय निकायहरुको दिर्घकालीन विकास र तिनको कार्यान्वयनका लागि जिल्ला पार्टिको तर्फबाट जारी गरिएको प्रतिबद्धतापत्रमा शिक्षा,स्वास्थ कृषि,खानेपानी,याताायतको…

Read More

रामेछाप ।यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि रामेछापको मन्थली नगरपालिकामा एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार लब श्रेष्ठले मन्थली नगरपालिकाको विकास, ऐतिहासिक तथा पूरातात्विक सम्पदाको संरक्षण, विश्व स्तरीय सञ्चार प्रविधिमार्फत काममा सहजता लगायतका काममा आफ्नो प्रतिबद्धता रहेको बताएका छन् । सबै वडाबासीले घरबाट नै बिजुलीको शुल्क, खानेपानीको पहुँच पुगेका ठाउँहरुमा खानेपानीको शुल्क, जग्गाको तिरो लगायतका सेवा शुल्क तिर्न सक्ने वातावरण बनाउने र तत्कालका लागि कम्तीमा वडाबाट यो सेवाको सुरुवात गर्ने लक्ष्य रहेको श्रेष्ठले बताएका छन् ।

Read More

काठमाडौं । चलचित्रको रंगीन दुनियाँमा रमाएकी स्थापित कलाकार स्वेता खड्काले राजनीतिलाई कमाई खाने माध्यमको रुपमा प्रयोग गरी अकुत सम्पत्ति आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरुलाई विस्थापित गराउनकै लागि आफू राजनीतिमा होमिएको बताएकी छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट पार्टी सदस्यता लिएर औपचारिक रुपमा कांग्रेस प्रवेश गरेपछि मंगलबार सामाजिक सञ्जाल फेसवुकमा एक लामो स्टाटस लेख्दै खड्काले राजनीतिलाई आफूले समाजसेवाको रुपमा अघि बढाउने भनाई सार्वजनिक गरेकी हुन् । उनले राजनीति विसुद्ध सामाजिक सेवा भएको र यसलाई व्यवायिक पेशाको रुपमा लिन नहुने तर्क गर्दै राजनीतिमा लागेका भ्रष्टलाई तह लगाउनको लागि आफू अग्रसर हुनु पर्ने महसुस गरी राजनीतिमा होमिएको बताएकी छन् ।…

Read More

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताएका छन् । गृह जिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मङ्गलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई ‘पत्ता साफ’ गर्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको व्यङ्ग्य गरे । उनले भने, ‘मलाई डर के छ भने हत्तपत्त यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर छ । पाँचै जना (दल) लाई एकै पटक ‘कर्‍याककुरुक’ पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन ।’ उनले एमालेको शक्तिका कारण मुलुकको राजनीति नै दुई…

Read More