Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
रामेछाप । स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभाव पार्ने गरी नेकपा एमालेले रामेछापको लिखु तामामाकोशी गाउँपालिकाको विजुलीकोटमा १ ट्रक रासायनिक मल पुर्याए पछि स्थानीयले कव्जा गरि प्रहरीको जिम्मा लगाएका छन् । विजुलीकोटको भुमेडाडामा पुर्याएको डिएपी र युरिया गरी करिव १ सय बोरा मल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धोविमा बुझाइएको स्थानियले बताए । नियन्त्रणमा लिइएको मल कसले र कहाँका लागि ल्याएको भन्ने विषयमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिङले बताए । मल ल्याएको कागज पत्र सहित चालक फरार भएको बेला प्रहरी पुगेकाले पनि उक्त मल थप रहस्यको विषय भएको थिङ बताउँछन । ‘सुरुमा जानकारी आउदा एमालेले…
काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । ‘स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने २०७९ वैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट २०७९ वैशाख २५ मा निर्णय भएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयले आज एक सूचना प्रकाशित गरी भनेको छ । यही वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन हुँदैछ ।
काठमाडौं । स्थानीय तह निर्वाचनको दिन सबै आन्तरिक हवाइ सेवा बन्द हुने भएको छ । वायुसेवा सञ्चालक संघले निर्वाचनको दिन ३० वैशाखमा सबै उडान सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो । उक्त दिन सबै खालका यातायात सेवा पनि बन्द हुनेछन् । यद्यपि अन्तर्राष्ट्रिय उडान भने यथावत रहनेछन् । मुलुकभित्र मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनका उडान भने हुने संघले एक विज्ञप्ति जारी गरेर जनाएको छ । निर्वाचन आयोगको यहि २२ वैशाखमा बसेको बैठकले स्थानीय तह निर्वाचनको मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको थियो । सोहीअनुसार वायुसेवा सञ्चालक संघले पनि आन्तरिक…
काठमाडाैं । मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा शुरू हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ । दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भएपनि वर्षाले आयोजना स्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो । हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ । गतवर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । ‘सुरुङभित्रै बाढी नपरोस् भन्ने उद्देश्यले वर्षा शुरू हुनुअगावै बन्द गर्नुपर्ने छ’, उनले भने । काठमाडौं उपत्यकामा पुनः पानी…
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन अवधिभर सुरक्षामा खटिने म्यादी प्रहरीसहित सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । उक्त सहायता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरीको हकमा लागू हुनेछ । त्यस्तै, बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ । बैठकले हिमाली…
पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन आफ्नो दललाई सबैभन्दा आवश्यक भएको बताएका छन् । आइतबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन बनेपछि पोखराको अवस्था फेरिएको बताए । उनले भने, ‘गठबन्धन बन्नु अगाडि कस्तो अवस्था थियो रु आज काँग्रेसको नेतृत्वमा सरकार छ, सबै पार्टी सहभागी भएका छन् । त्यस कारण काँग्रेसका साथीहरूबाट गठबन्धनलाई शङ्का उपशङ्का गर्ने काम गर्नु हुँदैन ।’ ओलीले संसद् भङ्ग परेपछि गठबन्धन बनेको र अरू दल उदार भएर काँग्रेसलाई सरकारको नेतृत्वमा ल्याएकाले गठबन्धनलाई सफल पार्नु आफूहरूको कर्तव्य भएको बताए । उनले भने, ‘गठबन्धन बचाउन पोखरा महानगर मात्र होइन, सबै पालिकामा गठबन्धनका…
काठमाडौं । देशैभर आगामी वैशाख ३० गते कोरोनाविरुद्धको खोप नलगाइने भएको छ । स्थानीय तह निर्वाचनको मतदानको मितिका दिन देशभरका विभिन्न अस्पताल तथा कार्यालयहरुमा सञ्चालित कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वैशाख ३० गतेका दिन मतदान सम्पन्न गर्न मतदानस्थलहरुमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीले मताधिकार प्रयोग गर्नुपर्ने भएकाले सो दिन खोप अभियान सञ्चालन नहुने बताएको हो । मन्त्रालयका अनुसार निर्वाचन अघि र पछिका दिनमा भने यथावत् रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
निर्वाचन आचारसंहित उल्लंघन गर्ने २३ वेब पोर्टलमाथि कारवाही, १३७ सञ्चार माध्यमलाई सचेत गराइयो
काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै २३ वटा वेब पोर्टललाई कारवाही गरेको छ । उनीहरुले आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारण नेपालभित्र सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो । दर्ता नभई सञ्चालन भएका वेब पोर्टलले आचारसंहिता उल्लंघन गरेका कारण नेपालबाट सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले बताएको छ । आयोगका अनुसार हालसम्म निर्वाचन आचारसंहित उल्लंघन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराइएको छ । यस्तै, चैत २५ गतेदेखि वैशाख २२ गतेसम्मको अवधिमा २७ वटा मिडिया…
काठमाडौं । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन विरुद्ध पनि कडाइ गरिरहेको छ । दैनिक रूपमा निर्वाचन बुलेटिनमार्फत विविध सूचना सम्प्रेषण गरी जानकारी र चेतावनी दिँदै आएको आयोगले आफैँ अनुगमनसमेत गरेर स्पष्टीकरण माग्ने तथा आचार संहिता विपरीत भएका गतिविधि नियन्त्रण गर्ने काम गरिरहेको छ । आयोगले विभिन्न दल, मन्त्री, नेता तथा उम्मेदवारलाई समेत स्पष्टीकरण माग गर्दै आचारसंहिता कार्यान्वयन गर्न आदेश दिइरहेको छ । प्राप्त विवरणमा आचारसंहिता उल्लङ्घनका घटना भने ठाउँ ठाउँमा भइरहेकै छन् । आयोगका अनुसार केही दिनअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ को…
काठमाडौं । आचरणविपरीतका गतिविधि गरेको भन्दै ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्तमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरूमध्येमा माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काम गरेको बताए । कारबाहीमा परेकामध्ये एक जना भने बलात्कार आरोपमा प्रहरी हिरासतमा छन् । उनी काठमाडौंमा उपत्यकामा खटिएका थिए । केसीका अनुसार म्यादी प्रहरीले पनि ४० दिनसम्म नेपाल प्रहरीले जसरी ‘व्यावसायिक आचरण’ पालना गर्नुपर्छ । तर, ४६ जनाबाट भने गैरव्यावसायिक आचरण प्रदर्शन भएको र उनीहरूलाई कारबाही गरिएको…