Author: सूचनापाना

रौतहट – बारास्थित सिम्रौनगढबाट अवैध हतियारसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सिम्रौनगढ–कचोर्वा सडकखण्डमा चेकजाँचको क्रममा सशस्त्र प्रहरीको गस्ती टोलीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला घोडासहन थानाक्षेत्रअन्तर्गत कसवा लौखानका विनोद यादवका २३ बर्षीय छोरा पप्पु यादव र छिमेकी गाउँ भेलवा बजारका २२ वर्षीय अखिलेस सिंह रहेको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआईजी गणेश ठाडा मगरले बताएका छन । उनीहरूको साथबाट चाइनिज अटोमेटिक पेस्तोल एक थान, म्यागजिन एक थान त्यसमा लाग्ने गोली दुई थान, घरेलु नलकटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई थान बरामद गरेको डिआईजी मगरले जानकारी दिए…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुबा–आमाको नागरिकता हुने र छोराछोरीको नागरिकता नहुने स्थिति मधेसमा भएको बताएका छन् । जसलाई प्रचण्डले ‘लज्जास्पद’ स्थिति भनेका छन् । उनले नागरिकता समस्या गम्भीर र जटिल भएको तर समस्यालाई समाधान गर्न चाहेको बताए । मधेस प्रदेशको धनुषास्थित मिथिला नगरपालिकामा आज पार्टी कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अध्यादेश ल्याएर नागरिकता समस्या समाधान गर्न खोजिँदा सर्वोच्च अदालतमा रिट परेको र रिटको सुनुवाइ गर्दै अदालतले संसद्बाटै छलफल गरेर निर्णय गर्न आदेश दिएको बताए । ‘मधेसमा नागरिकताको समस्या अलिक गम्भीर र जटिल रूपमा रहेको छ । मैले पनि पहिले पनि भनेको छु,…

Read More

काठमाडौं । सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकाको दुई नम्बर वडाका अध्यक्षका लागि नेकपा माओवादी केन्द्रबाट नाम्गेल शेर्पा उम्मेदवार छन् भने एमालेबाट यस अघिकै अध्यक्ष आङफूर्वा शेर्पा र नेपाली काँग्रेसबाट दावाग्याल्जेन शेर्पा उम्मेदवार रहेका छन् । नेकपा एमालेबाट यस अघि नै वडा सम्हालीसकेका आङफूर्वा शेर्पाको घट्दो लोकप्रियता र नेपाली काँग्रेसबाट उम्मेदवार बनेका दावाग्याल्जेन शेर्पा गैह्रराजनीतिक, धमिलो छवीका कारण मतदाताहरुको पहिलो रोजाईमा नाम्गेल शेर्पा देखिएका हुन् । लुक्लाका एक स्थानीय मतदाताका अनुसार ‘यस अघिका अध्यक्ष आङफूर्वा गलत मानिस होइनन् ।’ उनले भने, ‘तर उनको तुलनामा नाम्गेल शेर्पा धेरै गतिशिल, योजना निर्माणकबो क्षमता भएको, सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएको व्यक्तिको रुपमा चिनिन्छन्, हाम्रोलाई भन्दा…

Read More

काठमाडौं । नेपाल पूर्व प्रहरी संगठनले प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका धिरज प्रताप सिंहलाई बधाई दिएका छन् । संगठनले महानिरिक्षक सिंहको कार्य क्षमताको कदर गर्दै सरकारले सिंहलाई महानिरिक्षक पदमा पदोन्नति गरेकोमा संगठनले खुसी व्यक्त गरेको छ । मन्त्रिपरिषद्को आइतबार बालुवाटारमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजी सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो ।

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बागी उम्मेदवारी दिने उम्मेदवारलाई कारबाही गर्न आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकाहरूका विरूद्धमा बागी उम्मेदवारी दिएकाहरूलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने बताएका हुन् । ‘बागी उम्मेदवार दिनेलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्छ । कारबाही गरिएन भने गठबन्धनभित्र अविश्वास पैदा हुन्छ । गठबन्धनका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्छ,’ अध्यक्ष नेपालले भने । बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारबाही नगरे गठबन्धनभित्र अविश्वास पैदा हुने बताए । गठबन्धन नभएको ठाउँमा आ-आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

Read More

काठमाडौं । नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक (डिआईजी) बसन्त कुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । गृहमन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले लामालाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मात्र बढुवा गरिएको हो ।

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही व्यक्तिहरुले कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको अवमूल्यन गरेको बताएका छन् । आज पाँच दलीय गठबन्धनले राजधानीको शान्तिबाटिकामा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले उक्त कार्यको आफूले विरोध गर्ने समेत बताए । ‘कसैलाई छोरीको रुपमा, कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको क्षमताको अवमूल्यन गर्ने कोषिस एकथरी मानिसहरुले गरेका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘म त्यो प्रवृतिको ह्दयदेखि विरोध गर्न चाहन्ँछु ।’ यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष प्रचण्डको छोरी रेणु दाहाल र काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहकी श्रीमती…

Read More

काठमाडौं । नेपाली सेनाले चार वटा हिमालबाट १३ हजार ७८१ केजी फोहोर संकलन गरेको छ ।  जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उदेश्यले सेनाले चैत २२ गतेबाट सुरु गरेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत उक्त फोहोर संकलन गरेको हो । सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल क्षेत्रबाट उक्त फोहोर संकलन गरिएको सेनाले जनाएको छ । सेनाका अनुसार सगरमाथा÷ल्होत्से हिमालबाट ४ हजार ९६८ केजी, कञ्चनजङ्गा हिमालबाट ५ हजार ९८९ केजी र मनास्लु हिमालबाट २ हजार ८६४ केजी फोहोर संकलन गरिएको छ । संकलन गरिएको फोहोरमध्ये १ हजार ५१३ केजी सड्ने खालको रहेको छ भने १२ हजार २६८ केजी नकुहिने खालको रहेको…

Read More

काठमाडौं । पूर्वमन्त्री मोहमद आफ्ताव आलमलाई थुनामै राखेर जिल्ला अदालत रौतहटमा विचराधीन ज्यान मुद्दा अघि बढ्ने भएको छ । उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने भनी जिल्ला अदालतले गरेको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको हो ।

Read More

रामेछाप ।यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटाइएका शिक्षक कर्मचारी व्यवस्थापनप्रति रामेछापमा क्रियाशिल शिक्षकका पेशागत संस्थाहरुले आपत्ति जनाएका छन् । कर्मचारी व्यवस्थापनमा शिक्षकहरुको मान सम्मान आँच पुग्ने गरी जिम्मेवारी तोकिएकोमा असहमती जाहेर गर्दै उनिहरूले जिल्ला निर्वाचन कार्यालय मन्थली रामेछापमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले निर्वाचन प्रयोजनका लागि खटाएका कर्मचारीहरूमा प्रावि दृतिय तहका शिक्षकहरूलाई १४ वटा मतदान केन्द्रमा श्रेणी बिहिन कर्मचारीहरूको मातहतमा रहने गरि सहायक कर्मचारीको रुपमा खटाएको कारण शिक्षहरूले आफ्नो मानमर्दन भएको भन्दै आफ्ना संगठनहरू समक्ष गुनासो राखेका थिए । सोहि आधारमा जिल्ला स्थित बिभिन्न पेशागत शिक्षक संघ संगठनका प्रमुख तथा प।रतिनिधिहरूको बैठक…

Read More