Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » आचारसंहिता उल्लङ्घनमा आयोगको कडाइ, दल, मन्त्री, नेता र उम्मेदवार पनि स्पष्टीकरणमा

    आचारसंहिता उल्लङ्घनमा आयोगको कडाइ, दल, मन्त्री, नेता र उम्मेदवार पनि स्पष्टीकरणमा

    By सूचनापाना२४ बैशाख २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन विरुद्ध पनि कडाइ गरिरहेको छ ।

    SuchanaPana.com

    दैनिक रूपमा निर्वाचन बुलेटिनमार्फत विविध सूचना सम्प्रेषण गरी जानकारी र चेतावनी दिँदै आएको आयोगले आफैँ अनुगमनसमेत गरेर स्पष्टीकरण माग्ने तथा आचार संहिता विपरीत भएका गतिविधि नियन्त्रण गर्ने काम गरिरहेको छ ।

    आयोगले विभिन्न दल, मन्त्री, नेता तथा उम्मेदवारलाई समेत स्पष्टीकरण माग गर्दै आचारसंहिता कार्यान्वयन गर्न आदेश दिइरहेको छ । प्राप्त विवरणमा आचारसंहिता उल्लङ्घनका घटना भने ठाउँ ठाउँमा भइरहेकै छन् ।

    आयोगका अनुसार केही दिनअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ को मुक्त कमैया बस्तीमा निरीक्षणका क्रममा जाँदा पीडित परिवारलाई रु पाँच हजार राहत दिने प्रक्रिया अघि बढाएको भनी जानकारी आएपछि स्पष्टीकरण सोधिएको छ ।

    निर्वाचन आचारसंहिता– २०७८ को परिच्छेद ३ को ५ मा सरकार, मन्त्री स्थानीय कार्यपालिका तथा पदाधिकारीले पालना गर्नुपर्ने आचारणको व्यवस्था छ । उक्त आचारसंहिताको ५ (क) मा त्यस्ता पदाधिकारीले कुनै पनि राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।

    यस्तै वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत भएकामा बाहेक अन्य कार्यक्रम गर्न वा नयाँ नीति योजना कार्यक्रम घोषणा गर्न स्वीकृत गर्न र सञ्चालन गर्न नहुने व्यवस्था रहेको छ । यस्तै कुनै योजनाको शिलान्यास उद्घाटन सर्वेक्षण, अध्ययन वा अनुदान दिने जस्ता कार्यक्रम पनि गर्न नहुने व्यवस्था छ । नेकपा (एमाले) का तर्फबाट काठमाडौँ महानगरको प्रमुखका उम्मेदवार केशव स्थापितले प्रतिस्पर्धी बालेन शाहका विषममा दिएको अभिव्यक्ति सञ्चारमाध्यमबाट र सामाजिक सञ्जालबाट जानकारी पाएपछि आयोगले उनलाई स्पष्टीकरण पेस गर्न निर्देशन दियो ।

    यस्तै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले स्थानीय तह निर्वाचनका उम्मेदवारको प्रचारप्रसारमा निरन्तर खटिएको भनी फोटोसहितको समाचार सार्वजनिक भएको जानकारी आएपछि उनलाई पनि आयोगले स्पष्टीकरण दिन आदेश दिएको थियो । आयोगले यसरी आचारसंहिता उल्लङ्घन गरेका ३७ भन्दा बढी व्यक्ति तथा राजनीतिक दललाई स्पष्टीकरण सोधिसकेको छ ।

    आयोगले गएको चैत २५ गतेदेखि नै आचारसंहिता लागू गरेको थियो । निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले उक्त आचारसंहिता जारी गरेको हो ।

    आयोगले विभिन्न राजनीति दललाई समेत स्पष्टीकरण सोधेको छ । यही २० गते नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समितिको नामबाट अर्को पार्टीका विषय जोडेर बनाइएको पर्चा सामाजिक सञ्जालमा देखिन आएकाले भन्दै त्यसको जवाफ माग गरेको थियो । ‘उक्त सामग्री निर्वाचन आचारसंहिता २०७८ को दफा ४ को देहाय (ठ)र (ढ) विपरीत देखिएकाले सो पर्चा सामाजिक सञ्जाल तथा अन्य स्थानबाट तुरुन्त हटाई सो सम्बन्धमा स्पष्ट गरी ३ ९तीन० दिनभित्र जवाफ उपलब्ध गराई दिन हुन आदेशअनुसार अनुरोध गरिन्छ’, आयोगको पत्रमा भनिएको छ ।

    यस्तै नेकपा (माओवादी केन्द्र) सँग पनि निर्वाचन आयोगले जवाफ माग गरेको थियो । निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै आयोगले नेकपा (माओवादी केन्द्र) काठमाडौँसँगै कलैया उपमहानगरपालिका–२३ का वडाध्यक्ष विक्रम साहलगायतका व्यक्तिले माओवादी केन्द्रको चुनाव चिह्न अङ्कित टिसर्टसहित प्रचारमा देखिएको समाचार आएको भन्दै स्पष्टीकरण मागेको थियो ।

    यी त प्रतिनिधि घटना भए तर विभिन्न जिल्लामा समेत नेता, मन्त्री, उम्मेदवार र तिनका कार्यकर्ताबाट हुने उल्लङ्घनप्रति आयोग कडाइका साथ लागिरहेको छ ।

    दल, उम्मेदवार र तिनका भ्रातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण
    निर्वाचन आचारसंहिताको परिच्छेद ४ मा राजनीतिक दल उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले पालना गर्नुपर्ने आचारणबारे उल्लेख छ । सोही परिच्छेदको दफा १२ मा राजनीतिक दल उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले सभा, सम्मेलन जुलुस, बैठक, भेला एवं निर्वाचन प्रचारप्रसार गर्दा सभ्य र अनुशासित भई गर्नुपर्ने उल्लेख छ ।

    स्थानीय प्रशासनको अनुमतिबिना सार्वजनिक स्थानमा जुलुस, सभा, बैठक, भेला गर्न नहुने, जुलुस, सभामा सहभागी व्यक्तिले निर्वाचन चिन्ह वा झन्डा अङ्कित लोगो वा स्टिकर भएको कपडा, टोपी, भेष्ट, सर्ट ज्याकेट, कमिज, मास्क गम्छा, ब्याच वा लकेट लगाउन र झोला बोक्न नहुने उल्लेख छ ।

    उम्मेदवारले ए–फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचानको विवरण खुलाइ वितरण गर्न बाधा पर्दैन । कसैको घर तथा सार्वजनिक स्थलमा दलको झन्डा निर्वाचन चिह्न टाँस्न, राख्न नहुने तथा कुनै पनि संस्थालाई नगद, जिन्सी, अनुदान वितरण गर्न नहुने व्यवस्था छ । जुलुस आमसभा तथा बैठक र प्रचारका कार्यक्रम बिहान ८ देखि साँझ सात बजेसम्म मात्र गर्नुपर्ने व्यवस्था छ ।

    निर्वाचनका प्रयोजनार्थ ७५ ग्रामको कागजमा (तीन सय वर्ग इञ्चसम्म) आकार भएको एउटै रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्नेछ । उम्मेदवारको कार्यालयमा ३ वाइ ३ को दलको झन्डा, सोही नापको चुनाव चिह्नबाहेक कुनै किसिमको डिजिटल बोर्ड फ्लेस राख्न र श्रव्यदृष्य सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था छ ।

    भित्ते लेखनसमेत गर्न पाइँदैन । त्यस्तै निर्वाचन आयोगको अनुमति लिई उम्मेदवारले निर्वाचन क्षेत्र वा उम्मेदवार भएको क्षेत्रमा बढीमा दुई वटा दुई पाङ्ग्रे, वा तीन पाङ्ग्रे वा चार पाङ्ग्रे हलुका सवारी साधन र त्यस्ता सवारी नचल्ने ठाउँमा बढीमा चार वटा घोडा प्रयोग गर्न सकिने व्यवस्था छ ।

    आयोगले आफैँ अनुगमन गरेर पनि आचारसंहिता विपरीतको गतिविधि नियन्त्रण गरिरहेको छ । केही दिनअघि आयोगको अनुगमन टोलीले काठमाडौँको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झन्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ ।

    आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आयोगको अनुगमन टोलीले काठमाडौँको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडिखेल, शहीद गेट, भोटाहिटी, घण्टाघर क्षेत्र वरिपरि गत शनिवार स्थलगत अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा सार्वजनिक स्थलमा रहेका राजनीतिक दलका झन्डा ३०० थान, सो क्षेत्रका विभिन्न पसलमा राखिएका दलका निर्वाचन चिह्न अङ्कित क्याप २०० थान, झोला दुई बन्डल (करिब १०० थान), टिसर्ट १० थान, दलको ब्यानर तीन थान जफत गरेको थियो ।

    राजनीतिक दलका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सूचना आयोगलाई प्राप्त भएपछि सो क्षेत्रमा आयोगको अनुगमन टोली स्थलगत अनुगमन गरेको थियो । अनुगमनको काम जारी रहने जनाइएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.