Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
अबुजा । नाइजेरियामा एउटा भवन भत्किँदा च्यापिएर नौ जनाको ज्यान गएको छ । दक्षिणी नाइजेरियाली लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको र त्यसमा परेर नौ जनाको ज्यान गएको नाइजेरियाको प्रहरीलाई उदृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । हिजो बेलुकी भएको घटनामा अरु केही व्यक्ति हराइरहेका र उनीहरुको खोजी भइरहेको नाइजेरियन प्रहरीले जनाएको छ । भग्नावशेषबाट आज चार वर्षका बालकको शव निकालिएको छ । भवनमा कति मानिस थिए यकिन नभएकोले ज्यान गुमाउने र घाइते तथ्याङ्क आउने सकेको छैन । तीन तले भवन एक्कासी भत्किँदा त्यहाँ मानिसहरु पुरिएका हुन् ।
काठमाडौं । गायक राजु लामाले पृथ्वीको अग्लो स्थानमा गीत गाएर रेकर्ड तोडेका छन् । जलवायु परिवर्तनबारे जनचेतना जगाउन सगरमाथा आरोहण अभियानका क्रममा रहेका उनले क्याम्प २ र क्याम्प ३ को बीचमा बसेर कन्सर्ट गरेका हुन् । उनले हिजो (सोमबार) समुद्री सतहबाट ६ हजार ५७४ मिटरको उचाइमा पुगेर गीत गाएका हुन् । ‘३६ सयभन्दा माथिको उचाइमा गीत गाउन त्यति सजिलो छैन । यसअघि, ६ हजार ४७० मिटरमा मान्छेले गाएका रहेछन् । मैले चाहिँ ६ हजार ५७४ मिटर अग्लो स्थानमा मेरो रिलिज नभएको गीत गाएँ,’ गायक लामाले अनुभव सुनाउँदै भने, ‘यो गीत त्यहाँ पुगेर गाउनुको मुख्य उद्देश्य अहिले संसारमा जलवायु परिवर्तनको असरप्रति…
हेटौंडा । स्वास्थ्यमन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिता विपरीत पार्टी प्रचार प्रसार अभियानमा लागेका छन् । मन्त्री खतिवडा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । मंगलबार हेटौंडा उपमहानगरपालिकामा पाँचदलीय सत्ता गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनी सहभागी भएका हुन् । निर्वाचन आचारसंहिताले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ । मन्त्री खतिवडा सरकारी नम्बर प्लेटको गाडीमा कार्यक्रमस्थलसम्म पुगेका थिए ।
काठमडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षालाई केन्द्रित गरी नेपाल प्रहरीले मदिरा बिक्री वितरणका लागि समय सीमा तोकेको छ । मादक पदार्थ सेवन गर्ने व्यक्तिबाट बढी होहल्ला हुने एवं झै झगडाको सम्भावना बढ्न सक्ने विगतका घटनाक्रमले देखाएका कारण इजाजत प्राप्त व्यक्तिले मात्र मदिरा बिक्री वितरण गर्न पाउने व्यवस्था मिलाइएको छ । यसका लागि अनुगमन कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख कुलदिप चन्दका अनुसार स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि प्रत्येक दिन अपराह्न ४ बजे पछाडि कुनै पनि मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न अनुरोध गरिएको हो । निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयरका अर्का उम्मेदवार बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् । नेकपा एमालेबाट मेयरमा उम्मेदवारी दिएका स्थापितले स्वतन्त्र उमेदवार शाहलाई निवाचनको प्रचार प्रसारमा आफ्नो फोटोको दुरुपयोग गरेको आरोप लगाएको हो । शाहको शरीरमा आफ्नो टाउको भएको तस्बिर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौँ’ भनेर प्रचार गरेको उनको दाबी छ । मङ्गलवार काठमाडौँ महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले भनेका छन्, ‘बालेन भन्ने पात्रबारे केही नबोल भन्छन् । मैले ठग्ने काम नगर है मात्र भनेको हो ।’ बालेनको चर्को आलोचना गरेका उनले ‘जे पायो, त्यही गरेर’ र्याप…
गोरखा । गोरखा नगरपालिका- १० मा नेपाली कांग्रेसका उम्मेद्वारहरुले प्रचारप्रसारमा हिँड्दा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । मंगलबार आचारसंहिता उल्लंघन भएकाे भन्दै निर्वाचन उजुरी परेको गोरखाका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए । उनले भने, ‘आचारसंहिता उल्लंघन भयो भनेर मौखिक उजुरी आएको छ । उजुरी परेलगत्तै हामीले यस बिषयमा सिडिओ सावलाई जानकारी गराइसकेका छौँ ।’ सो वडामा निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरीत कांग्रेसका उम्मेद्वारहरुले प्रचारप्रसारमा हिँड्दा पार्टीको मतदान चिह्न छापिएको टोपी लगाउनेदेखि बालबालिकालाई प्रयाेग गरेकाे आराेपसहित माैखिक उजुरी परेकाे बरालले जानकारी दिए ।
काठमाडौं । पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटक पटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौँ उपत्यकाको नागरिकले भोग्नुपरेको छ । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य रोकिएको छ । हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहोर रोकिएको हो । काठमाडौँ महानगरपालिकाले केही दिन नेपालटार हुँदै वैकल्पिक बाटोमार्फत फोहोर व्यवस्थापन गरे पनि नियमित परेको वर्षा र उक्त स्थानका स्थानीयले फोहोरको…
काठमाडौँ । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्काले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूसँगै रवीन्द्र खड्काले पनि आज ९वैशाख २०० मा कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै कांग्रेस प्रवेश गरेका हुन्। अभिनेता स्वयंले कांग्रेसमा प्रवेश गरेको पुष्टि गरेका छन्। ‘सबै पार्टीबाट आउन आग्रह थियो,’ उनले भने, ‘तर सबै कुरा विचार गर्दा लोकतान्त्रिक चरित्रलाई आत्मसात् गर्ने पुरानो पार्टी भएको नाताले कांग्रेस ठीक लाग्यो।’ स्थानीय चुनावको घोषणा भएसँगै उनी राप्रपा जाने हल्ला चलेको थियो। पछि उनलाई उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारको रूपमा उठाउन लागेको घोषणा नै गरेको थियो। पछि केसीले सो कुरा निराधार रहेको बताएका थिए। २०७० सालको चुनावताका भुवन…
उम्मेदवारलाई पोष्टर, भित्ते लेखन नगर्न निर्वाचन आयोगको निर्देशन, गरेको पाइए उम्मेदवारी रद्द गर्ने चेतावनी
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग नगर्न आदेश दिएको छ । केही स्थानमा यस्ता प्रचारात्मक सामाग्रीको प्रयोग भएको सूचना आएपछि आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त आदेश दिएको हो । ‘कतिपय स्थानमा कानूनले वर्जित गरेका यस्ता कार्य भैरहेको भन्ने आयोगको जानकारीमा आएको हुँदा राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न आदेश गरिएको छ,’ आयोगले…
काठमाडाैं । सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको हो। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको बताए। ०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय भएको हो।