Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » भ्रष्टलाई विस्थापित गरी समाजसेवा गर्न राजनीतिमा आएकी हुँ : नायिका स्वेता खड्का

    भ्रष्टलाई विस्थापित गरी समाजसेवा गर्न राजनीतिमा आएकी हुँ : नायिका स्वेता खड्का

    By सूचनापाना२० बैशाख २०७९, मंगलवार

    काठमाडौं । चलचित्रको रंगीन दुनियाँमा रमाएकी स्थापित कलाकार स्वेता खड्काले राजनीतिलाई कमाई खाने माध्यमको रुपमा प्रयोग गरी अकुत सम्पत्ति आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरुलाई विस्थापित गराउनकै लागि आफू राजनीतिमा होमिएको बताएकी छन् ।

    SuchanaPana.com

    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट पार्टी सदस्यता लिएर औपचारिक रुपमा कांग्रेस प्रवेश गरेपछि मंगलबार सामाजिक सञ्जाल फेसवुकमा एक लामो स्टाटस लेख्दै खड्काले राजनीतिलाई आफूले समाजसेवाको रुपमा अघि बढाउने भनाई सार्वजनिक गरेकी हुन् ।

    उनले राजनीति विसुद्ध सामाजिक सेवा भएको र यसलाई व्यवायिक पेशाको रुपमा लिन नहुने तर्क गर्दै राजनीतिमा लागेका भ्रष्टलाई तह लगाउनको लागि आफू अग्रसर हुनु पर्ने महसुस गरी राजनीतिमा होमिएको बताएकी छन् ।

    ‘सँधै राजनीतिलाई फोहोरी खेलको रुपमा परिभाषित गर्र्दै नेताहरु प्रती धारे हात लगाउने अनी गालीको बर्षा गर्ने हाम्रो निष्कृय प्रवित्तिलाई त्याग्ने बेला आएको छ । सिस्टम परिवर्तनको लागि सिस्टम निर्माणकै एउटा हिंस्सा हुनु जरुरीछ । यस्को लागि राजनीति नै एउटा उत्तम माध्यम हो । मैले यही माद्यमलाई आत्मसाथ गरेकी हुँ’ खड्काले भनेकी छन् ।

    नायिक खड्काले बिपी कोइराला, गणेशमान सिँह र कृष्ण प्रशाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएको जानकारी दिँदै आफ्नो पारिवारिक पृष्ठभुमीले पनि आफूलाई नेपाली काँग्रेसको सिद्दान्तलाई अंगाल्न सहयोग पुगेको खुलासा गरेकी छन् ।

    खड्काले नेपालको राजनैतिक परिवर्तनमा अहम् भूमिका खेल्ने कांग्रेस जस्तो बिशाल पार्टीमा आफुलाई स्थान दिने पार्टी सभापती देउवाप्रति आभार व्यक्त गर्दै आफूलाई सँधै हिम्मत, हौशला र उर्जा प्रदान गर्ने परिवार गण, अग्रज ब्यक्तित्वप्रति आभार पनि व्यक्त गरेकी छन् ।

    उनले आफूभन्दा फरक बिचार राख्ने कोहीप्रति पनि पूर्वाग्रह राख्ने वा फरक व्यवहार र दृष्टिकोण नहुने बताएकी छन् ।
    खड्काले सामाजिक सञ्जालमा पोष्ट गरेको बिचार जस्ताको तस्तै –

    कलाकारिता, ब्यवसाय अनी समाजिक सेवाको बाटो हुँदै म यतिखेर खुल्ला राजनैतीक मुलधारमा प्रबेश गरेकी छु । बिद्यार्थी जीवनदेखिनै महामानव बिशेस्वर प्रसाद कोईरालाको बारेमा पढ्दै र सुन्दै आईरहेकी मैले अन्तत: उनै महामानवको बिचारधारामा आफुलाई समाहित गर्दै नेपाली काँग्रेशसंग आफ्नो आवद्दता जनाएकी छु ।मैले लिएको यो राजनैतीक निर्णय प्रती बिभिन्न कृया र प्रतिकृयाहरु अवस्यनै प्राप्त हुनेछन् । यसरी प्राप्त हुने साकारात्मक र नकारात्मक दुबै किसिमका प्रतिकृयाहरुलाई म सुझावको रुपमा ग्रहण गर्दै मेरो राजनैतीक यात्रालाई अगाडि बढाउने प्रण गर्दछु।एउटा कलाकारले कुनै एक पार्टीको ब्यानर भित्र समाहित हुनुहुन्न भन्ने सोच ब्याप्त छ । कलाकारले कलाकारितानै गर्नु पर्छ राजनीति गर्नुहुन्न भन्ने धारणाको प्रतिवाद स्वरुप मैले नेपाली काँग्रेशको राजननैतीक सिद्दान्तमा आफुलाई समाहित गराएकी छु । यो निर्णय लिनु भन्दा अगाडि मैले धेरै पटक स्व:संवाद, स्व:बिश्लेशण र स्व:बिचार गरेकी छु ।मेरो अन्तरमनको कुनामा लुकेको सामाजिक बिकास , परिवर्तन र रुपान्तरणको चाहनाले मलाई राजनीतिको प्रभावबाट कुनै ब्यक्ती टाढा हुन सक्दैन भन्ने भाव उत्पन्न गरायो । हामीले राजनीतिबाट जतिनै टाढा रहन खोजेपनी हाम्रो हरेक दैनिकीमा राजनीतिको प्रभाव रहेको हुन्छनै । त्यो प्रभावलाई हामी कदापी नकार्न सक्दैनौ ।अत:राजनैतीको यो अछुण्ण प्रभावलाई आत्मसाथ गर्दै मैले आफ्नो पाइला अगाडि बढाएकी हुँ । मेरो यो पाइलामा आम परिवर्तनकारी, बिकासप्रेमी तथा बुद्दिजिवी बर्गको साथ सल्लाह र सुझाव पाउने आशा बोकेकी छु ।राजनिती बिसुद्द ‘सामाजिक सेवा’को क्षेत्रहो नकी ‘ब्यवसायिक पेशा’ । राजनीतिलाई कमाई गरी खाने माध्यमको रुपमा प्रयोग गरी अकुत सम्पत्तिको आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरुलाई बिस्थापित गराउनको निमित्त अब हामी आफु पनि अग्रसर हुनु पर्ने आवश्यकता महशुष गरेकी छु ।सँधै राजनीतिलाई ‘फोहोरी खेल’को रुपमा परिभाषित गर्दै नेताहरु प्रती ‘धारे हात’ लगाउने अनी गालीको बर्षा गर्ने हाम्रो निष्कृय प्रवित्तीलाई त्याग्ने बेला आएको छ । सिस्टम (प्रणाली) परिवर्तनको लागि सिस्टम निर्माणकै एउटा हिंस्सा हुनु जरुरीछ । यस्को लागि राजनीतिनै एउटा उत्तम माद्यम हो। मैले यही माद्यमलाई आत्मसाथ गरेकी हुँ । यस्को लागि मैले आदरणिय बिपी कोइराला, गणेशमान शिहँ र कृष्ण प्रशाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी छु ।मलाई थाहा छ, कुनै पनि राजनैतिक दलको संस्थागत सिद्दान्त खराब हुँदैन । त्यो सिद्दान्तलाई कार्यान्वयन गर्ने केही नेतृत्वकर्ताको ब्यक्तिगत आचरण मात्र खराब हो । एमाले, काँग्रेश, माओवादी, रा.प्र.पा लगायत सबै दलका संस्थागत सिद्दान्तहरु राम्रा छन् । सबै दलले बिकास, सम्बृद्दी र परिवर्तनको एजेण्डा उठाएका छन तर ति एजेण्डाहरु कार्यान्वयन तहमा असफल भएका मात्र हुन्।यही असफलताका कारण उधोग, ब्यवसाय, कलाकारिता, कृषि तथा पर्यटन लगायतका सबै क्षेत्रहरु प्रभावित भएका छन् । हाम्रो दैनिक ब्यक्तिगत जीवनमा पनि यस्को प्रत्यक्ष नकारात्मक प्रभाव परिरहेको छ । अत:केही सिमित ब्यक्तिहरुको स्वार्थका कारण असफल भएका ति एजेण्डाहरुलाई सफल बनाउनको निमित्त हामी सबैको सकृयताको खाँचो छ । पोखरी फोहर भयो भनेर पोखरीको ‘ लेउ ‘लाई गाली गर्नु भन्दा त्यो लेउ हटाउन आँफैले पोखरी भित्र छिर्ने हिम्मत गर्नु पर्छ । अत: सबै पार्टीमा धेरथोर लेउ लागेको छ त्यस्को सरसफाइको लागि हाम्रो सकृयता खाँचो छ ।मैले आफ्नो राजनैतीक सकृयताको लागि भने नेपाली काँग्रेशलाई चुनेकी छु । मेरो पारिवारिक पृष्‍ठभुमीले पनि मलाई नेपाली काँग्रेशको सिद्दान्तलाई अंगाल्न सहयोग पुगेको हो । नेपालको राजनैतिक परिवर्तनमा अहमम् भूमिका खेल्ने नेपाली काँग्रेश जस्तो बिशाल पार्टीमा मलाई स्थान दिने आदरणीय पार्टी सभापती तथा सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यु प्रती हार्दिक आभार ब्यक्त गर्दछु । साथै मेरो ब्यवसायिक, सामाजिक तथा राजनैतिक यात्राको लागि मलाई संधै हिम्मत,हौशला र उर्जा प्रदान गर्ने मेरो परिवार गण, मेरा अग्रज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरु प्रती म हार्दिक नमन गर्दछु ।विगतका दिनमा मैले यो पार्टीको लागि ब्यक्तिगत रुपमा त्यस्तो ठुलो योगदान दिन सकेकी छैन । आगामी दिनमा भने म मेरो मन बचन र कर्मले भ्याए सम्मको योगदान दिने प्रयास गर्नेछु । नेपाली काँग्रेशको निती, सिद्दान्त र यस्को मुल्य मान्यतालाई आत्मसाथ गर्दै कुनै ब्यक्तिगत स्वार्थहरु नराखी स्वच्छ रुपमा सामाजिक बिकास र बिसुद्द ‘सेवा’ को भाव बोकेर आफुलाई एउटा असल कार्यकर्ताको रुपमा चिनाउने प्रयासमा कुनै कमी हुने छैन ।साथै, म एउटा कलाकार र ब्यवसायी पनि भएको नाताले यस् दलभित्र रहेर तमाम ब्यवसायी र कलाकर्मीहरुको हक हितको निमित्त आफ्नो आवाज बुलंद गर्नेछु । सामाजिक सेवाको पाटोलाई अझ शसक्त रुपमा अगाडि बढाउनको निमित्त नेपाली काँग्रेशसंगको आवद्दताले मलाई थप मार्ग प्रसस्त गराउनेमा विश्वस्त छु ।अन्तमा: हरेक ब्यक्तिलाई आ-आफ्नो राजनैतिक स्वतन्त्रता छ । मेरो बैचारिक सिद्दान्तसंग मेल खाने राजनैतीक दलसंगको निकटता, आवद्दता वा सहकार्य पस्चात् पनि फरक बिचार राख्ने कुनै ब्यक्ती वा दल प्रती मेरो कुनै पुर्वाग्रह रहने छैन। जो जहाँ रहेपनी, जो जता गय पनि, देश र जनताको निमित्त निस्वार्थ भावले काम गर्न सकौं । जय नेपाल !

    Related Posts

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका…

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.