Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मेलम्चीको पानी वर्षा शुरू हुनुअगावै पुनः रोकिने

    मेलम्चीको पानी वर्षा शुरू हुनुअगावै पुनः रोकिने

    By सूचनापाना२५ बैशाख २०७९, आईतवार

    काठमाडाैं । मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा शुरू हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ । दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भएपनि वर्षाले आयोजना स्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो ।

    SuchanaPana.com

    हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ । गतवर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । ‘सुरुङभित्रै बाढी नपरोस् भन्ने उद्देश्यले वर्षा शुरू हुनुअगावै बन्द गर्नुपर्ने छ’, उनले भने । काठमाडौं उपत्यकामा पुनः पानी आउन थालेपछि उपत्यकाबासी खुसी भएका छन् ।

    कतिपय स्थानमा नागरिकले पानी नआएको वा कम आएको गुनासो गरेपनि गत वर्षभन्दा वितरणसम्बन्धी गुनासो कम भएको जनाइएको छ । वर्षाको अवधिभर मेलम्चीको पानी ल्याउन नसकिँदा सुन्दरीजलमा बागमतीको पानी नै प्रशोधन गरेर ल्याउने विषयमा पनि छलफल भइरहेको समितिले जनाएको छ ।

    गत ११ गते खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी (भल्भ) खोलेर पुनःवितरण शुरू गरेका थिए । पहिलो दिन पाँच करोड लिटर पानी वितरण शुरू भएकामा क्रमशः आठ करोड हुँदै १७ करोड लिटर पानी वितरण गर्न थालिएको हो ।

    गत वर्ष फागुनमा पहिलो पटक पानी पथान्तरण शुरू गरिएको थियो । उपत्यकामा तीन महिना पानी वितरण गरेर सुरुङको परीक्षणका लागि असार १ गतेबाट सुरुङ बन्द भएको थियो । सोही दिनमा आएको बाढीले यहाँका हेडवर्कलगायतका विभिन्न संरचनामा क्षति पुगेपनि मुख्य सुरुङमा धेरै क्षति पुगेको थिएन ।

    असारमा पटक–पटक बाढी आइरहँदा त्यहाँ रहेको निर्माण कम्पनीको संरचनामा समेत क्षति पुगेको थियो । वर्षा सकिएपछि पनि आयोजनास्थलको पहुँच सडक बगेकाले लामो समयसम्म मर्मत हुन सकेको थिएन । सडक अस्थायी मर्मतपछि आयोजना स्थलमा पुगेर त्यहाँका अवरोध हटाइएको थियो ।

    अस्थायी रुपमा पानी सञ्चालनका लागि तयारी भए पनि अझै आयोजना सम्पन्न भइसकेको छैन । आयोजना स्थलभन्दा माथिल्लो भागमा बाढीले गरेको क्षतिको सुधार भइसकेको छैन । दातृ निकाय एशियाली विकास बैंक (एडिबी)ले यहाँ भएको क्षतिको अध्ययन गरिरहेको छ । बैंकले छिट्टै त्यसको प्रतिवेदन आउने बताएको समितिले जनाएको छ ।

    Related Posts

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका…

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.