Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
रूकुम पश्चिममा मतदातालाई पैसा बाँडेको भन्दै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई पैंसा बाँडिरहेको अवस्थामा फेला पारेपछि माओवादी र कांग्रेस कार्यकर्ताबीचबीच झडप भएको हो। झडपमा परि पाँच जना घाईते भएका छन्। घाईते हुनेमा नेपाली कांग्रेसका डिल्ली केसी, लालवीर वली, डायमन केसी तथा माओवादीका तुलसीराम बुढा र जुद्धबहादुर घर्ती छन्। डिल्लीको टाउको र बाँया हातमा चोट लागेको छ भने डायमनको खुट्टामा चोट छ। बुढा र घर्तीको टाउकोमा चोट छ । घाइतेहरूको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले जानकारी दिए। यसैबीच पैसा…
रामेछाप । रामेछापमा वडा अध्यक्षका उम्मेदवार माथि खुकुरी प्रहार भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुकास्थलीमा राप्रपा नेपाल र नेकपा एमालेका कार्यकर्ताहरुले नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेद्वार रमेशकुमार सुनुवारलाई खुकुरी प्रहार गरेका छन् । वडा अध्यक्षका उम्मेदवार सुनुवार गम्भीर घाइते भएको नेपाल तरुण दल उमाकुण्ड गाउँपालिकाका अध्यक्ष सम्शेर कार्कीले बताए । उनका अनुसार वडाका वडा अध्यक्ष समेत रहेका सुनुवारलाई राप्रपा र एमालेका कार्यकर्ताले पछाडिबाट झुक्याएर खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते सुनुवारलाई वडा नं २ बाम्तीको बाम्ति अस्पतालमा लगिएको छ । खुकुरी प्रहार गर्ने पबित्र सुनुवार सहित केही कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे…
रामेछाप । रामेछाप नगरपालिका वडा नं. ८ मा नेपाल कम्युनिष्ट पार्टी एमालेले मौन अवधिको धज्जी उडाउँदै आफूलाई पैसा दिएको एक मतदाता कृष्णबहादुर कामीले बताएका छन् । आउदो ३० गते हुने स्थानिय निर्वाचनमा सुर्य चिन्हमा मतदान गर्नु भन्दै एमालेले पैसा दिएको उनले बताएका छन् । एमालेले रामेछाप नगरपालिका वडा नं. ८ का कृष्णबहादुर लाई तरकारी किनेर खानु अनि सुर्यमा भोट हाल्नु भन्दै १ हजार ५ सय पैसा दिएका थिए । तरकारी किने खानुस् र भोट चाँही सुर्य चिन्हमा हाल्नुस् भन्दै मौन अवधिमै मत किन्दै हिड्नु आचारसंहिता बिरोधी भएको नेपाली कांग्रेस रामेछाप नगरपालिका वडा नं. ८ का ईकाई उप-सभापती तिर्थ तमाङ बताउछन्…
नेशनल लाइफको बीमा शुल्क आर्जन १० अर्ब नाघ्यो, दाबी भुक्तानी ४२ प्रतिशतले बढ्दा नाफा भने घट्यो
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा १० अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत वर्षको तुलनामा १७ प्रतिशतले सुधार गरेको हो । गत वर्षको यहि अवधिमा ८ अर्ब ६९ करोड रुपैयाँ थियो । मुनाफा भने २० प्रतिशतले घटेको छ । कम्पनीले चैत मसान्तसम्ममा २५ करोड ५६ लाख रुपैया मुनाफा गरेको छ । गत वर्षको यहि अवधिमा ३२ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस्तो मुनाफा भने एक्चुरि गरेपछि मात्रै वास्तविक रुपमा थाहा हुन्छ । एक वर्षको अवधिमा कम्पनीले जीवन बीमाकोष ९ अर्बले बढाउन सफल…
काठमाडौं । आइपिओ निष्काशन नगरेका जीवन बीमा कम्पनीलाई पुराना कम्पनीहरुले मर्जरका लागि फकाउन थालेका छन् । आइपिओ निष्काशन नगरेका बीमा कम्पनीलाई मर्ज गर्दा धेरै कुरामा फाइदा पुग्ने देखेपछि उनिहरुले मर्जरका लागि प्रस्ताव अगाडी बढाउन थालेका हुन् । अझै ५ वटा जीवन बीमा कम्पनीहरुले आइपिओ निष्काशन गर्न बाँकी छ । बीमा समितिले एक वर्ष भित्रमा जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई साढे दुई अर्ब रुपैयाँ पूँजी जुटाउन निर्देशन दिएको छ । आइपिओ नै निष्काशन नगरेका बीमा कम्पनीलाई पूँजी जुटाउन समस्या परिरहेको भन्दै गर्दा उनिहरुलाई पुराना बीमा कम्पनीहरुले मर्जरका लागि आकर्षित गर्न थालेका छन् । आइपिओ निष्काशन नगरेका बीमा…
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीको २६ लाख ५३ हजार २०० कित्ता संसथापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अब कम्पनीको शेयर संरचना संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत अर्थात (७०ः३०) कायम भएको छ ।
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले ९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ६ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५४ प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीको बीमा कोषमा १५ करोड ९९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ९ करोड २९ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको…
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीले अधिकांश सुचकमा प्रगति गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले १० करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षक सोही अवधिको तुलनामा कम्पनीको नाफा ८० दशमलव ५३ प्रतिशतले बढी हो । यस अवधिमा कम्पनीको बीमा कोषमा १४ करोड ५२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ८ करोड…
एनएलजी इन्स्योरेन्सको मुनाफा २० प्रतिशतले घट्यो, कुल बीमा शुल्क आर्जन एक अर्ब ७७ करोड रुपैयाँ
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको मुनाफा २० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा कम्पनीले १७ करोड ८० लाख रुपैया मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा भने २२ करोड ३१ लाख रुपैयाँ थियो । खुद बीमा शुल्क आर्जनमा गिरावट देखिए पनि कुल बीमा शुल्क आर्जनमा भने समान्य सुधार देखिएको छ । कम्पनीले समिक्षा अवधिमा कुल बीमा शुल्क आर्जन एक अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेक छ । गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ६९ करोड रुपैया आर्जन गरेको थियो । गत वर्षको यहि अवधिमा ३८ करोड १३ लाख रुपैया दाबी भुक्तानी गरेकोमा यस…
काठमाडौं । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई सातामा दुई दिन विदा दिन निर्देशन दिएको छ । सरकारले जेठ एक गतेदेखि लागु हुने गरी शनिवार र आइतबार दुई दिन विदा दिने व्यवस्था गरे सँगै समितिले पनि सोहि नियमलाई पालना गर्न निर्देशन दिएको हो । सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै उक्त व्यवस्थालाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशन गरेको छ । हप्तामा दुई दिनको विदा दिएसँगै कार्यालयको कार्य अवधि भने थप भएको छ । प्रत्येक विहान १० बजे कार्यालय खुल्ने र ५ बजे बन्द हुने गरेको छ । अब भने विहान ९:३० बजे कार्यालय खुल्ने र ५:३० बजे बन्द हुने व्यवस्था राजपत्रमा…