Author: सूचनापाना

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडानम्बर १ चुचुरेमा नेपाली काँग्रेस विजयी भएको छ । यो सँगै नरपाली काँग्रेसले रामेछापमा बिजयको खाता खोलेको छ ।नेपाली काँग्रेसकाका छत्रबहादुर बस्नेत ७१५ मतका साथ बिजयी भएका हुन् । चुचुरेमा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएका छन् । निकतम प्रतिद्वन्दी एमालेका रामजी कार्कीले ६१९ मत पाएका छन् ।

Read More

काठमाडोँ — खुकुरी प्रहार गरेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिकाका उपमेयर उम्मेदवार सुशील गन्धर्वलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर-४ स्थित उम्मेदवार गन्धर्वकै घर नजिकै भएको झडप मा खुकुरी प्रहारबाट चार जना घाइते भएका छन् ।मदिरा सेवन गरेपछि विवाद हुँदा झडप भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए । दिउँसो निर्वाचनमा सामान्य विवाद भएको र त्यसैलाई लिएर साँझ झडप भएको हुन सक्ने प्रहरीले बताएको छ ।

Read More

रामेछाप नगरपालिका वडा नं १ बाट हिजो मतपेटिका ल्याउने क्रममा मतपेटिका बोकेको गाडी दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ३ जना सामान्य घाइते भएका थिए । दुर्घटना भएको गाडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसँगै नफर्कीएर सुरक्षाकर्मी मात्रै फर्कनुले घटना रहस्यमय र झालझेल रहेको भन्दै एमाले र माओवादीले मतगणना गर्न नदिने वताएका छन । राजनीति दलहरुले सेटिङमै घटना घटाएको भन्दै चित्त बुझ्दो जवाफ मतदान अधिकृतले नदिएसम्म मतगणना गर्न नदिने बताएका छ्न । सहमतिको प्रयास भैरहेको छ ।

Read More

हुम्ला । ४८०० मिटरको लेक पार गरेर मतपेटिका ल्याउनुपर्ने भएकोले हुम्लामा मतपेटिका संकलन गर्ने कठिन भएको छ । नाम्खा गाउँपालिका-६ लिमीका सुनखानी आधारभूत विद्यालय, भृकृटी आधारभूत विद्यालय र हल्जी हिमशिखर आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतपेटिका याल्वाङ्ग ल्याउन समस्या भएको निर्वाचन आयोगले जनाएको छ । चंखेली गाउँपालिका डाँफे आधारभूत विद्यालय नेप्का मतदान केन्द्रबाट मतपेटिका र कर्मचारी समेत मतगणना स्थल नपुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।नाम्खा गाउँपालिका ६ को लिमी मतदान केन्दको हेलिकप्टरबाट मतपेटिका कर्मचारी भोलिमात्रै ल्याइने छ । चंखेली गाउँपालिका-५ को नेप्काबाट मतपेटी सहित कर्मचारी हिँडिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मुतिनन्द रावलले जानकारी दिए ।

Read More

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार छोम्पेल विष्ट ६८९ मतका साथ विजयी भएका छन् । गठबन्धनका उम्मेदवार देववहादुर गुरुङ १८५ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हो गुरुङ विजयी भइन् ।

Read More

मनाङ । नेकपा एमालेले मनाङको चामे गाउँपालिकाबाट जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जितेकाछन् ।उनले ३२० महित पाएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाएका थिए । चामेको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी आशाकुमारी गुरूङले २७४ मत पाइन् ।

Read More

मनाङ । नार्पाभूमि गाउँपालिकाको जीत सँगै नेपाली काँग्रेसले खाता खोलेको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । १५८ मत ल्याएर लामा विजयी भएका हुन् । लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियोभने ३५ मत भने बदर भएको छ ।

Read More

सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा ६ राउण्ड गोली चलेको छ । मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेको थियो । विवादपछि ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाईफायर गरेको हो । गोली चलेपछि उक्त मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अहिले स्थिति सामान्य हुँदै गएको र केही बेरपछि मतदान प्रक्रिया सुरु हुने जनाएको छ । धनकौलमा मतदानस्थल कहाँ राख्ने भन्नेमा विवाद थियो । निर्वाचन आयोगले भनेको स्थानमा मतदान केन्द्र असन्तुष्ट बनेका समूहले बिहानै विवाद र ढुंगामुढा गरेका थिए ।

Read More

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं.१ राकाथुमको मतदान केन्द्रमा मतदान स्थगित भएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बिच झडप हुँदा मतदान स्थगित भएको हो । दुई पार्टीका कार्यकर्ताहरु बिच झडप हुँदा प्रहरीले स्थितीलाई नियन्त्रण लिन ७ राउन्ड हवाई फाएर गरेको थियो । अहिले उक्त मतदान केन्द्रमा मतदान स्थगीत भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिङले बताए । त्यसैगरी खाँडादेवी गाउँपालिका वडा नं. ५ पकरवास मतदान केन्द्रमा मतदाता को नाम नमिलेको भन्दै विवाद हुँदा अहिले उक्त केन्द्रको मतदान प्रक्रिया पनि स्थगित भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।…

Read More

काठमाडौं – मौन अवधिमा निर्वाचन आयोगद्वारा जारी आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । प्रचण्डले चितवन पुगेर गठबन्धनका नेता तथा कार्यकर्तासहित उमेदवारसँग भेटे पछि आयोगले प्रचण्डलाई स्पष्टिकरण सोधेको हो । मौन अवधिमा प्रचार–प्रसार तथा राजनीतिक गतिविधि गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले यहाँलाई किन कारबाही गर्नु नपर्ने भन्दै स्पष्टीकरण दिन आयोगले भनेको छ ।

Read More