Author: सूचनापाना

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बेग प्रसाद गर्वुजा मगर विजयी भएका छन् भने उपाध्यक्षमा एमालेकै लक्ष्मी पुन विजयी भएका छन् । गर्वुजामगरले ३ हजार ९१ मत पाएर विजयी भएका हुन् भने उनको निकटम प्रतिद्वन्दी कांग्रेसका श्रीप्रसाद रोकाले २ हजार ९ सय ७० मत प्राप्त गरी पराजित भएका छन् । उपाध्यक्ष जितेकी लक्ष्मी पुनले ३ हजार १६७ मत प्राप्त गरेकी छन् । उनका निकटम प्रतिद्वन्दी कांग्रेसका पिपला बुढाले ३ हजार १३९ मत पाएका छन् ।

Read More

ओखलढुङ्गा – ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसको समर्थन भएको स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीले अग्रता लिएका छन् । धारा चिन्हका रुम्दालीको २४२५ मत प्राप्त गरेका छन् भने एमालेका रुपलाल तामाङको १७७४ मत प्राप्त गरेका छन । उपाध्यक्षमा कांग्रेसका आश्राचन राईले २३७९ मत ल्याउँदा जसपाका दीपेन्द्र रुम्दालीले १०७५ मत ल्याएका छन् । मानेभन्ज्याङमा कांग्रेसले स्वतन्त्रलाई समर्थन गरेको थियो भने एमाले र जसपाले तालमेल गरेका थिए ।

Read More

भक्तपुर । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीको अग्रता छ । खत्रीले एक हजार १३७ मतसहित अग्रता लिएका छन् । खत्रीको प्रतिस्पर्धी नेकपा (एमाले) को बीणा बाँस्तोलाले हालसम्म एक हजार ५७ मत प्राप्त गरेका छन् ।

Read More

बारा । बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता बनाएको छ । हालसम्मको मत परिणाम अनुसार मेयरमा एमालेका उम्मेदवार विनोद साहले एक हजार दुई सय ९५ मत ल्याएका छन् । उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजेश राय यादवले सात सय १७ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेका रौशन प्रविन एक हजार १८ मत सहिँत अगाडिछन । जसपाका प्रमोद गुप्ताले सात सय ४० मत ल्याएका छन ।

Read More

आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले संसारकै सबैभन्दा मूल्यवान कम्पनीको ताज गुमाएको छ । प्रविधि कम्पनीको शेयरको वृहत बिक्रिसँगै एप्पलको पहिलो स्थान खस्किएको हो । यो सँगै साउदी तेलत तथा ग्यास उत्पादक कम्पनी आराम्को संसारकै सबैभन्दा मूल्यवान कम्पनीको पहिलो स्थानमा फर्किएको छ । झण्डै दुई वर्षपछि आराम्कोले एप्पललाई पछि पार्दै पुनः संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो । पछिल्लो समय लगानीकर्ताहरुले प्रविधि कम्पनीको आफ्नो शेयर भटाभट बेच्दै कम जोखिमयुक्त क्षेत्रमा लगानी गर्न थालेकोले एप्पलको बजार मूल्य खस्किएको हो । लगानीकर्ताहरुले जोखिम मोल्न नचाहेका कारण पछिल्लो समयमा बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सीको मूल्य तिव्र गतिमा ओह्रालो लागेको छ । बुधबार न्युयोर्कमा एप्पलको…

Read More

काठमाडौं । २०७४ सालको स्थानीय तह निर्वाचनमाकाठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ वडाको वडाध्यक्ष नेकपा एमालेले जितेको थियो । २०७४ को स्थानिय निर्वाचनको मत परिणाम हेर्ने हो भने एमालेको प्रभाव क्षेत्र मानिएको यी वडाबाट यस पटक मेयरमा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले बढी मत पाएका छन् । ६ हजार ४७३ मत गन्दा बालेनले २ हजार ४५७ मत प्राप्त गरेका छन् । बालेनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितको १ हजार ४२७ र कांग्रेसकी सिर्जना सिंहको १ हजार १६८ मत छ । नक्साल क्षेत्र पर्ने वडा नं. १ बाट बालेनले ५१५ मत…

Read More

रामेछाप – रामेछाप नगरपालिका वडा नम्बर १ मा काँग्रेसका रेखबहादुर खत्री विजयी भएका छन् । ६३० मतका साथ खत्री बिजयी भएका हुन । खत्रीका निकटम प्रतिद्वन्दी एमालेका शिव कार्कीले ५९४ मत पाएका थिए । त्यस्तै महिला सदस्यमा एमाले की कुमारि श्रेष्ठले ६२२, दलित महिला सदस्य मा एमालेकै निर्मला सार्की ६११ मत, खुल्ला सदस्यमा एमालेको दिपक नेपाली ६०९ मत र खुल्ला सदस्यमा काँग्रेसको सन्जित कार्कि ६१८ मत ल्याएर बिजयी भएका छन् ।

Read More

रामेछाप । माओवादीको बर्चस्व रहेको सुनापति गाउँपालिकाको वडा नं. १ गुन्सीमा नेपाली काँग्रेसका उम्मेदवार ध्रुवप्रसाद चौलागाई वडा अध्यक्षमा विजयी भएका छन् । चौलागाई ९ सय ३२ मत पाएर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका चण्डेश्वर चौलागाईले ९ सय १७ मत पाएका थिए । चण्डेश्वर यस अघीका वडा अध्यक्ष समेत हुन ।

Read More

रामेछाप – मन्थली नगरपालिका वडा नम्बर १४ मा एमालेको प्यानलै विजयी भएका छन् । एमालेबाट उम्मेदवार मोतिलाल तामाङ्ग ६ सय ७८ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अभिराज खड्काले ३ सय ६९ मत पाएका थिए । वडा सदस्यहरु ४ जना पनि एमालेबाट निर्वाचित भएका छन् ।

Read More

रामेछाप । मन्थली नगरपालिका वडा नं १ मन्थलीको वडा अध्यक्षमा नेपाली काँग्रेसको होमप्रसाद पौडेल (रामहरि) विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीका आनुसार पौडेलले नेकपा एमाले वडाध्यक्षका उम्मेदवार दिनेश सुवेदीलाई १३६ मतान्तरले जितेका हुन । काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित पौडेलले ९२० मत प्राप्त गरे भने एमालेका उम्मेदवार सुवेदीले ७८४ मत प्राप्त गरे । यस्तै महिला सदस्यमा नेपाली काँग्रेसबाट तिजकुमारी भुजेल, दलित महिला सदस्यमा नेकपा एमालेबाट सीता सार्की, सदस्यमा काँग्रेसबाट चन्द्रबहादुर माझी र एमालेबाट रामकुमार माझि निर्वाचित भएका छन् ।

Read More