Author: सूचनापाना

काठमाडौँ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको छ । केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको विद्यालय पोसाक परिवर्तन गरेको जनाएको छ । केन्द्रले तोकिए अनुसारको पोसाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ । शिक्षक महासङ्घको अनुरोधमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको हाल प्रचलनमा रहेको विद्यालय पोसाक परिवर्तन गरिएको केन्द्रका निर्देशक गणेश प्रसाद पौडेलले बताए । परिवर्तन गरिएको पोसाकमा महिला पुरुषका लागि गाढा खैरो रङको सुट (कोट पाइन्ट),हल्का निलो रङको सर्ट, मौसम अनुसारको गाढा खैरो ज्याकेट कलेजी स्वेटर…

Read More

जुम्ला । जुम्लाको एक नगरपालिका र सातवटा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले शुक्रबार चन्दनाथ नगरपालिकामा मेयर राजु सिहं कठायत, कनकासुन्दरीमा प्रमुख दामोदर आचार्य, सिजागाउँपालिका पूर्णप्रसाद धिताल, हिमा गाउँपालिका प्रमुख लक्ष्मण शाही , तिला गाउँपालिका प्रमुख मोतिलाल रोकाया, तातोपानी गाउँपालिका प्रमुख नन्दप्रसाद चौलागाई, गुठीचौरगाउँपालिका अध्यक्ष दानबहादुर बुढा र पातारासी गाउँपालिका प्रमुख पूर्णसिंह बोहराले शपथ ग्रहण गराएका हुन् ।  पालिकाका प्रमुखले  उपाध्यक्ष ,वडाध्यक्ष , वडा सदस्यलाई शपथ ग्रहण गराउने स‌ंवैधानिक व्यवस्था छ । 

Read More

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला नेकपा ९माओवादी केन्द्र०बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई शपथ नगराउन निर्देशन दिइएको हो । तत्कालीन वडा नं २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो । नेपाली काँग्रेसबाट वडा नं ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । भ्रष्टाचारको मुद्दा विचाराधीन भएका जनप्रतिनिधि चुनिएपछि शपथ के गर्ने भन्ने अन्योल रहेकै बेला आयोगले उनीहरूको मुद्दा विचाराधीन रहेको पत्र पठाउनाका साथै शपथ रोक्न निर्वाचन अधिकृतलाई निर्देशन…

Read More

सिन्धुपाल्चोक । १२ स्थानीय तह र १०३ वडा रहेको सिन्धुपाल्चोकमा स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कांग्रेसले बाह्रविसे नगरपालिका, मेलम्ची नगरपालिका, भोटेकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जितेको छ । माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका र जुगल गाउँपालिका जितेको छ । एमालेले इन्द्रावती गाउँपालिका, सुनकोसी गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका जितेको छ । जिल्लाका १०३ वडामध्ये कांग्रेसले ५३, एमालेले ३६, माओवादीले ११, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र उम्मेदवारले एक-एक वडा जितेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा हेलम्बु गाउँपालिका अध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् । चौतारा साँगाचोकगढी प्रमुखमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा ११ हजार ७२ मत ल्याएर निर्वाचित भए । उपप्रमुखमा एकीकृत समाजवादीकी सीता थापा नाै हजार ७२६…

Read More

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु बगरमा मतगणना स्थलमै कुटाइ खाएका गम्भीर घाइते छत्तबहादुर शाहीको मृत्यु भएको छ । नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा शाहीको मृत्यु भएको हो । गएको वैशाख ३१ गते खार्पुनाथ गाउँपालिकाको केन्द्रमा मत गणना भइरहेको बेला एक्कासी बाहिर एमाले कार्यकर्तालाई नेपाली कांग्रेसका कार्यकर्ताले हमला गर्ने क्रममा तीन जना घाइते भएका थिए । घाइते भएका तीन जनामध्ये उनी गम्भीर घाइते भएपछि हेलिकोप्टरबाट उपचारका लागि सुर्खेत रिफर गरिएको थियो । शाहीको टाउकोमा गम्भीर चोट लागेको थियो । सुर्खेतको प्रदेश अस्पतालले उपचार गर्न नसक्ने भन्दै नेपालगन्जको भेरी अस्पतालमा रिफर गरिएको थियो । तर शल्यक्रिया गर्ने उपकरण नभपछि नेपालगन्जको नर्सिङ…

Read More

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमाले सच्चिएर आए नयाँ ढंगले जान सकिने बताएका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता श्रेष्ठले वामपन्थी दलबीच फेरि सहकार्य हुन सक्ने संकेत गर्दै एक पटकको प्रतिगामी सधैं प्रतिगामी नै हुन्छ भन्न नसकिने बताएका हुन् । निश्चित रुपमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हिजो गल्ती गर्यो, २–२ पटक प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन थियो । हामीले संघर्ष गरेर संविधान र लोकतन्त्रलाई ल्यायौँ’ श्रेष्ठले भने, ‘अब फेरि त्यस प्रकारको प्रतिगामी कदम कसैले पनि चाल्ने दुस्साहस कसैले नगरोस् । पटक–पटक प्रतिगनविरुद्ध संघर्ष गरिरहनुपर्ने अत्यन्तै दुःख लाग्दो स्थिति व्यहोर्नु नपरोस्’ सबैसँग अनुरोध गर्दै श्रेष्ठले भने ।…

Read More

हेटौंडा । मकवानपुरको विभिन्न गाउँपालिकाबाट निर्वाचित अध्यक्षहरूलाई शपथ ग्रहण गराइएको छ । बिहीबार एक कार्यक्रमकाबीच मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, बकैया गाउँपालिका अध्यक्ष धर्म लामिछाने, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे स्याङतान लामा, ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीलाई मुख्य निर्वाचन अधिकृत श्रेष्ठले शपथ ग्रहण गराएका हुन् । जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएका सपथग्रहण कार्यक्रमकामा बागमती प्रदेश सदस्य प्रेमबहादुर पुलामी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतको उपस्थिति रहेको थियो । मकवानपुरको १० वटा स्थानीय तह मध्ये ८ वटा स्थानीय तहको अन्तिम…

Read More

काठमाडौं । हालसम्म ५७० स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले १८३ पालिकाको मतगणना अन्तिम चरणमा रहेको बताए । लसम्म २९ हजार ३०३ उम्मेदवार निर्वाचित भइसकेका छन् । जसमा प्रमुखमा १७४ जना, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाध्यक्षमा ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ६५६ जना र वडा सदस्य १ हजार २९५ जना निर्वाचित भएका प्रवक्ता पौडेलले बताए । ३५ हजार २२१ पदमध्ये हालसम्म करिब ८० प्रतिशत स्थानको मतगणना सम्पन्न भइसकेको उनको भनाई छ । ५ जेठभित्रमा मतगणना सम्पन्न गर्न…

Read More

पर्सा । पर्साको फेटा गाउँपालिका बाराको अध्यक्षमा रुस्तम अन्सारीको जित सुनिश्चित भएको छ । रुस्तम विवेकशील साझा पार्टीका उम्मेदवार हुन । निर्वाचन अधिकृत एवं उपसचिव गोपीकृष्ण रेग्मीका अनुसार फेटामा १३ हजार ४८६ मत खसेको थियो । अहिले ४ नम्बर वडाको मत गणना चलिरहेको छ र कुल मतमा ७८६ मत मात्र गन्न बाँकी छ । गाउँपालिकाका अध्यक्षका उम्मेदवार अन्सारीले भने २०६० मतको अग्रता लिइसकेका छन् । उनले ४ हजार ५९ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका अमिरीलाल प्रसादले १९९९ र तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी मदनप्रसाद साह कानूले १६९७ मत पाएका छन् । उपप्रमुखमा पनि निलम साहले अग्रता लिएकी…

Read More

रौतहट । रौतहटको गौर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एकीकृत समाजवादीका शम्भु साह २ हजार ६ सय २६ मत अन्तरले निर्वाचित भएका छन् । साहले ६ हजार ३ सय ८१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अजयकुमार गुप्ताले ३ हजार ७ सय ५५ पाए । गुप्ता निवर्तमान नगरप्रमुखसमेत हुन् । नगरउपप्रमुख पदमा एकीकृत समाजवादीकै शैलकुमारी साह ४ हजार ८ सय ०९ मत पाई निर्वाचित भएकी छन् । साहकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शाहजान खातुनले ३ हजार ६ सय ८५ मत पाइन् । २०७४ सालको निर्वाचनमा साह गुप्तासँग पराजित भएका थिए । निर्वाचित साहको पार्टीले गौर नगरपालिकाको…

Read More