Author: सूचनापाना

काठमाडौं ।आइतबार पनि राहदानी विभागले खुल्ने भएको छ । नेपाल सरकारले आईतबार विदा घोषणा गरेपनि सेवाग्राहीको उच्च्च चापका कारण विभागले जेठ १५देखि आइतबार पनि विभाग खुला राख्ने भएको हो । राहदानी विभागमा सेवाग्राहीको चाप बढीरहेकोले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गर्न लागिएको विभागले जानकारी दिएको छ । १५ जेठदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । ‘राहदानीको लागि आवेदन दिइ सम्बन्धित दिनको मिति र समय बुकिङ गर्नुहुने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्न गइरहेको व्यहोरा अनुरोध छ,’ सूचनामा भनिएको छ ।

Read More

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक कमिटीले आसन्न एएफसी यू–२० एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ ।एन्फाले केसीलाई प्रशिक्षक नियुक्ति गर्ने निर्णय मंगलबार नै गरेको हो । मेघराज केसी नेपालको युथ फुटबलमा अनुभवी प्रशिक्षक हुन् ।उनले यसअघि उमेरसमूहका सबैजसो राष्ट्रिय टोली प्रशिक्षण गरिसकेका छन् । सन् २०१२ मा ग्राहम रोवर्टसले राष्ट्रिय टोलीको प्रशिक्षण संहाल्दा सहायक प्रशिक्षक बनेका केसीले यू–१४, यू–१७ हुँदै दुई वर्ष अघि नेपालको यू–१९ टिम संहालेका थिए ।

Read More

म एउटा सानो गाउँमा जन्मेको गाउँले केटी हुँ । त्यतिबेला म लगभग २० वर्षको थिएँ। गाउँघरमा हुर्केकी म अलि छुच्ची थिएँ। छुच्ची भए नि सबैको प्यारी थिएँ। सबैको माया पाएरै होला कहिल्यै दुखी हुन्न थिएँ। सानैदेखि गीत गाउन, नाच्न अगाडि हुन्थेँ। हल्का नक्कली भएकाले गाउँमा सबैले मलाई ‘मोनी’ भनेर बोलाउनु हुन्थ्यो। हामी तीन जना छोरी मात्रै थियौँ । मेरो बाबा गाउँमा सानो काम गर्नु हुन्थ्यो। बाबा ले दुख गरेर भए पनि हामी लाई केही कुराको कमी हुन दिनु भएको थिएन । मलाई पढ्न भन्दा पनि गित गाउँन असाध्यै मन पर्थ्यो ।साथी हरुको पनि म असाध्यै प्यारी थिँए । स्कुलमा केही…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा एमालेले नहारेको बताएका छन् । साथै उनले पार्टीभित्रै लाजमर्दो अन्तर्घात भएको बताएका छन् । बानेश्वरमा जारी संसदीय दलको बैठकमा ओलीले एमालेमा मात्र यस्तो अन्तर्घात देखिएको बताए । एमालेले मेयर भन्दा उपमेयर धेरै जितेको नतिजा प्रस्तुत गर्दै अध्यक्ष ओलीले उपमेयर पनि मेयर बराबर नै भएको बताए । तर सत्ता गठबन्धनमा पाँचबाट बढेर सात दल पुगेको अध्यक्ष ओलीले बताएका थिए । त्यसका निम्ति आफ्नै गृहनगर दमकको उदाहरण उनले दिए । दमकमा एमालेविरुद्ध सत्तारुढ पाँच दलले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग चुनावी सहकार्य गरेका थिए ।

Read More

रामेछाप । गोकुलगंगा गाउँपालिकाको अध्यक्षको पदभार सम्हाल्दै अध्यक्ष काजीबहादुर खड्काले सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन् । अध्यक्ष खड्काले सो सँगै जेष्ठ नागरिकलाई सम्मान गर्ने समेत निर्णय भएको बताएका छन् । गाउँ कार्यपालिकाको कार्यालयले बुधबार आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रममा निवर्तमान अध्यक्ष र उपाध्यक्ष भने उपस्थित भएका थिएनन । अध्यक्ष खड्काले नव निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपानीयताको सपथ ग्रहण गराएका थिए ।

Read More

रामेछाप । सुनापति गाउँपालिकाका नवनिर्वाचित पालिका अध्यक्षले सुत्केरीलाई चारहजार भत्ता दिने निर्णय गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङलले सोमबार पदभार सम्हाल्दै सुत्केरी महिलालाई चारहजार भत्ता दिने निर्णय गरेको छ । तामाङलले नेपाली कांग्रेसका उम्मेदवार दिपेन्द्र खड्कालाई पराजित गर्दै अध्यक्षमा निर्वातिच भएका हुन । पदभार ग्रहण कार्यक्रममा निर्वतमान गाउँपालिकाका अध्यक्ष धावा लामा, प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष गीता विष्ट चौलागाईले पनि आजै पुनः दोस्रो कार्यकालको लागि पदभार ग्रहण गरेकी छिन् ।

Read More

रामेछाप । लिखुतामाकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशव महतले विधि र पद्दती अनुसार काम गर्ने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै अध्यक्ष महतले गत कार्यकालमा भएका कामको मुल्याङकन गरिने बताउदै नागरिकलाई महशुस हुने गरी सेवा प्रवाह गर्ने कार्यलाई पहिलो प्राथमिकता दिइने बताएका हुन् छन् । नागरिकले पालिकामा सबै दलको प्रतिनिधित्व हुने गरी जनमत दिएको बताउदै महतले सबै राजनीतिक दलहरुसँग सहयोग लिएर नै अगाडि बढने बताएका छन् । पालिकामा अब विकास निर्माणको कामले गति दिने गरी योजना बनाएर काम गर्ने बताएका छन् । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष महतले सबै राजनीतीक दल संघ संस्था,नागरिक अगुवा र नागरिक संग सहकार्य गरेर काम…

Read More

रामेछाप । जिल्लामा २ नगरपालिका र ६ गाउँपालिका गरी ६४ वटा वडा रहेका छन् । जस मध्ये नेपाली काँग्रेस र नेकपा माओवादीका २ र समाजवादीका एक नेताले पार्टीको अस्तित्व जोगाउन सफल भएका छन् । नेपाली काँग्रेसका नेता धु्रव चौलागाईले सुनापती गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका नेता चण्डेश्वर चौलागाईलाई हराउदै आप्mनो पार्टीको अस्तित्व जोगाउन सफल भएका छन् । काँग्रेस नेता चौलागाईले ९ सय ३२ मत ल्याएर विजय भए भने नेकपा माओवादी केन्द्रका उम्मेदवार चौलागाईले ९ सय १७ मत मात्र पाए । काँग्रेस नेता चौलागाईले १५ मतको अग्रतामा बिजय हासिल गरेर सुनापतीमा पार्टीको प्रतिनिधित्व गर्दै पार्टीको अस्तित्व गुम्नबाट बचाएको…

Read More