Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
नेपालको कुल जनसंख्याको ८० प्रतिशत सर्वसाधारण सार्वजनिक सवारी साधनमा यात्रा गर्दछन् । सार्वजनिक सवारी हरेक सर्वसाधारणको आवश्यकता हो । ‘मर्दा र पर्दा‘ अत्यन्त खाँचो पर्ने भनेकै भाडाका गाडी हुन् । निजी सवारी साधन नहुने र मँहगो भाडा तिर्न नसक्नेलाई दैनिक सार्वजनिक सवारी नभईकन हुदैन् । तर, लामो र छोटो रोडमा चल्ने सवारीको स्थिति निकै कहालीलाग्दो छ । गाडीहरु निकै फोहोर हुन्छन् भने सहचालक र चालक पनि हेर्ने लायकका छैनन् । सिटहरु भाच्चिएका, थोत्रा, पुराना र किला निस्किएका छन् । लुगा च्यातिने हो कि भन्ने डर बोकेर सिटमा बस्नुपर्ने बाध्यता छ । गाडीको सिटमा यात्रु भेटिन्छन् । भित्रैसम्म पानी छिर्ने खालका…
काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको छ। न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने अहिलेसम्मका सबै सरकारी निर्णयहरू बदर गरिदिएको हो । सर्वोच्चले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको हो भने अन्तै ठाउँ खोज्न पनि सरकारलाई आदेश पनि दिएको छ । २४ लाख रुख कटान गरेर वातावरणीय सङ्कट निम्ताउँदै विमानस्थल बनाउन थालिएकाले यसलाई रोक्न भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
काठमाडौँ । श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले गरेको फैसला सर्वोच्चले उल्टाएको छ । सर्वोच्चको पूर्ण इजलासले प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैदलाई घटाएर ८ वर्ष कायम गरिदिएको थियो । बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु टंक मोक्तान र कुमार चुडालको इजलासले सो निर्णयलाई उल्टाएर २० वर्ष नै कायम गरिदिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । डीआईजी कोइरालाले करिब ९ वर्ष पहिले पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २०…
काठमाडौँ । इटहरीको ब्लूमिङ लोटस इङ्लिस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले पक्राउ गरेको हो । उनले एक जना विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटेल लगेर विद्यार्थीलाई बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेका थिए । पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको छ । काठमाडौँमा सौन्दर्य प्रतियोगिताको नाममा प्रतिस्पर्धीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि इटहरीको यो घटना पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । सार्वजनिक घटना अनुसार २०७४…
तिम्रो पालामा,तिमीले फिँजाएको,तिम्रै अवसरवादको दोकान बाटमैलेमेरैनैतिकता नामको खोटो सिक्कालेन आफ्नो भाग्य किन्न सके,न बच्चाको भविष्य। घाटामा चलेकोपरिश्रमको हाट बजारबाटसस्तोमा उठाएको पसिनाको थोपालेमालिकको घाँटी त भिज्यो होलातर!तर भिजेनन्मेरो छोराको कापी केर्ने सपनाहरू,छोरीको चुल्ठो बाट्ने चाहनाहरूरश्रीमतीको पेट भर्ने रहरहरू। कर्मको मैदानमाकर्तव्यको फुटबल गुडाउँदा गुडाउँदैखिइएका पैतालाको रुञ्चे छालाबाटहतास बनेको मेरो शरीरलाईन तगणतन्त्रको टेकोले अड्याउन सक्योन संघीयताको लौरोले थेग्न सक्यो। टोल, टोलको र घर, घरको सिंहदरवारमात्रमात्र घरको सिंहदरवार बन्दाबेकार उठेका आन्दोलनका उभारहरूरबिचरा बनेका परिवर्तनका उचाईहरूनियालेरकुरी कुरी भन्दैहाँसिरहेछन् डाँडाको वर पीपल हरु । हुने खानेहरूको पैतालालेहुँदा खानेहरूकोस्वाभिमान लत्याइ रहँदारुँदै गरेकोगणतान्त्रिक बालकफकिन नपाउदैपारिवारीक जामालेब्यक्तिगत बिरासत जोगाउन लालायितमेरो देश”आमा!आमा!बाउ आए!” उखानकोसापटी संस्करण बाँचिरहेको छ। गणतन्त्रको कोमल बिछ्याउनामाफिँजाएको…
काठमाडौं। विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । काठमाडौं टोखा नगरपालिका-८ बस्ने चितवन भरतपुर महानगरपालिका-९ वसन्त चोकका सुजनराज पाण्डेलाई सो अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको हो । टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनि हंगेरीको लागि नक्कली भिषा समेत निकाली पीडितबाट २५ लाख रूपैयाँ ठगी गरेको आरोपमा निजलाई बानेश्वरबाट पक्राउ गरेको हो । उनीलाई ठगी कसूर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
पर्सा । वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । ९ लाख ५० हजार रूपैयाँ सहित भारत बिहार बेतिया ग्रामपंचायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने संजय रामलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११ प ८६२७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक रामलाई उक्त श्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली। धनगढी उपमहानगरपालिका-२ रामजानकी मन्दिर नजिकबाट करिब ३ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र स्पास २ क्याप्सुल सहित ४ जना पक्राउ परेका छन् ।उपमहानगरपालिका-३ चटकपुर बस्ने केशव महरा सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद सम्बोधनमा झण्डै तीन घण्टा खर्चिएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा ओलीले अधिकांश समय सरकारको विरोध गर्न खर्चिएका छन् । चुनावमा धाँधली गरेर, बम पड्काएर एमालेलाई निषेध गरेर चुनाव जितेकोदेखि सरकारले दण्डहीनताको राजनीति चलाएको समेत ओलीले आरोप समेत लगाए । आगामी आर्थिक वर्ष २०७९-८० को बजेटको नीति तथा कार्यक्रम ल्याएको सरकारले विना लक्ष्य र गन्तव्यको जेरी जस्तो भएको टिप्पणी गरे । सरकारको नीति तथा कार्यक्रम आशै आशको पुलिन्दा भएको आरोप लगाए । सोही अवसरमा ओलीले तथ्याङ्क नभएर मिथ्याङ्क प्रस्तुत गरेको समेत आरोप लगाए ।
काठमाडौं । काठमाडौं महानगर पालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका र्यापर बालेन्द्र (बालेन) साहलाई स्याबास् भन्दै ‘स्याबास् बालेन स्याबास्’ बोलको गीत सार्वजनिक भएको छ। नित्य डि कुँवरको शब्द, संगीत तथा स्वर रहेको गीत युट्युबमार्फत सार्वजनिक भएको हो। उनले जित्ने पक्का भइसकेको अवस्थामा उनको आँट र सोचको कदर गर्दै ‘स्याबास् बालेन स्याबास्’ बोलको गीत सार्वजनिक भएको हो। गीतमार्फत बालेनलाई जनताको सारथि भएर अघि बढ्न पनि सुझाव दिइएको छ। पेसाले स्ट्रक्चरल इन्जिनियर रहेका बालेनले मेयरको पदमा उम्मेदवारी दिँदा धेरैले जित्नेमा शंका गरेका थिए। उनले नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पछि पार्दै मेयर पदमा जित पक्का गरेका हुन्। मतगणनाको…