Author: सूचनापाना

काठमाडौं । १९ यात्रुसहित पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान अन्तिमपटक जोमसोम टावरसँग बिहान १० बजेर ७ मिनेटमा सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय विमानस्थलले जनाएको छ । कार्यालयका अनुसार उक्त जहाज बिहान १० बजेर ७ मिनेट जाँदा घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सो पछि सम्पर्कबिहीन भएको थियो । अहिले काठमाडौं, पोखरा र जोमसोममा खोज तथा उद्दारका लागि थप हेलिकोप्टरहरु स्टान्डबाइ रहेको पनि प्राधिकरणले जनाएको छ । मौसममा सुधार हुनासाथ हवाईमार्गबाट खोजी सुरु गरिने र अहिले स्थलमार्गबाट नेपाली सेना र नेपाल प्रहरी खटिएको पनि प्राधिकरणले जनाएको छ । उक्त विमानमा ३ जना चालकदल र…

Read More

पोखरा । पोखराबाट आइतबार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज लार्जुङ आसपास दुर्घटना भएको अनुमान गरिएको छ । त्यहाँका एकजना शिक्षक वीरेन्द्र लामिछानेका अनुसार लार्जुङमा एसेम्ब्ली गर्ने बेला आवाज आएको थियो । ‘हामी एसेम्ब्ली गर्दै थियौं । स्कुलमाथि तिर जहाजको आवाज आइरहेको थियो । केही साथीहरूले डोल्पा हिड्न लागेको भनेर ठट्टा गर्नुभयो । एकजनाले यो अब हराउने भयाे भनेर पनि चर्चा गर्नुभयो,’ उनले भने, केहीबेरमा आवाज आयो । जहाज सम्पर्कविहीन भएको समाचार पनि सुन्यौं ।’ उनका अनुसार अहिले त्यस क्षेत्रमा हेलिकोप्टर घुमिरहेको छ । ‘हेलिकोप्टर घुमिरहेको छ । लार्जुङको खोंच हामी यहाँबाट जान सजिलो छैन । कहाँनिर खस्यो भन्ने थाहा छैन…

Read More

दाङ । भारी वर्षा भएपछि शनिबार अपराह्न घोराही बजार जलमग्न भएको छ । बजारका सडकहरुमा पानी भरीभराउ भएर केहीबेर आवतजावत गर्न समेत समस्या भएको थियो । खोलामा पानीको सतह बढेको छ । बजारका नालीहरु भरिएर कतिपय पसल र घरमा पानी पसेको छ । पानी पसेर पसलका सामानहरु समेत भिजेका छन् । हावाहुरीसहित आएको पानीले बालीनालीमा पनि क्षति पुर्‍याएको छ । घोराही क्षेत्रमा ठूलो पानी परेको र यसको अभिलेख अझै तयार भैनसकेको मौसम विज्ञान विभाग फिल्ड कार्यालय घोराहीले जानकारी दिएको छ ।

Read More

बैतडी – बैतडीको सिगासमा ढुंगा लागेर एक महिलाको ज्यान गएको छ । जिल्लाको सिगास गाउँपालिका-१ सिराड बस्ने मैना धामीको बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले शुक्रबार साँझ वडा नम्बर १ को आफ्नो घरबाट वडा नम्बर ३ स्थित घरमा धान ल्याउनका लागि गइरहेका बेला बाटोमा माथिबाट खसेको ढुंगा लागेर उनको घटनास्थलमै ज्यान गएको हो । साँझको समयमा हावाहुरी र पानी परेका बेला माथिबाट खसेको ढुंगाले मैनाको टाउकोमा लागेको र घटनास्थलमै मृत्यु भएको जोशीले बताए । ती महिलाको शव पोष्टमार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरीले जनाएको छ…

Read More

काठमाडौँ । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको बदनियतका कारण चिह्न व्यवस्थापन गर्दा मत बदर भएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि आयोगले आचार्यलाई स्पष्टीकरण सोधेको हो । आचार्यले केही दिनअघि निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठुलो सङ्ख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी मत बदर हुन गएको भनी अभिव्यक्ति दिएका थिए ।

Read More

एकदम मध्यान्ह्र पनि कैलेकाहीँ गोधुलीजस्तै धमिलो देखिन्छ । चालीस डिग्री सेन्टीग्रेडभन्दा तातो त्यो जेठ हुनु पर्दछ र हुनु पर्दछ आँखाको विस्तारभरि छरिएको बलौटे भूमिको सतहबाट समय समयमा लुको झोक्काले धूलाको ज्वार चुल्याउँदै बगाउँदै गरेको । यौटा मरेको भैंसालाई बल्लतल्ल लढियामा लादेर घरतिर फर्किरहेको लढीवान, यस्तोमा, एकदम मध्यान्हमा पनि, सारा आकाश गोधूलीजस्तै धमिलो देख्न सक्दछ ।‘हैन, एकदम मध्यान्ह छ …यो छारो उडेर सगर ढाकेको हो, घर पुग्दा झमक्क साँझ पर्लाजस्तो छ …’ लडीवान सोच्दछ । के त उसले लढियामा लादेर ल्याएको मरेको भंैसाको ‘शिकार’ घरसम्म पु¥याउन सक्दैन ? सक्नै पर्ने हो – ऊ लढिया तानिरहेका भैंसातिर हेर्दछ ।उसको हेराइलाई दाहिने भैंसाले…

Read More

घरको कान्छो सन्तान छोरा होस् या छोरी सम्भवत: सबैका पुल्पुलिएकै हुन्छन् । माया धेरै भएपछि नपुल्पुलिउन् पनि कसरी ? म सात वर्ष कि छँदासम्म घरकी कान्छी छोरी । सात वर्षपछि बहिनी पो जन्मिईन् । बच्चै भएकाले होला बुवा आमाको माया सदाबहार उस्तै लाग्थ्यो र उस्तै पनि गर्नु हुन्थ्यो । जब मलाई बुवाले स्कुल जान भन्नुहुन्थ्यो, तब म साथीको घरमा गएर लुकेर बसिदिन्थें । स्कुल जान नमानेर बुवा आमालाई हैरान बनाईदिन्थें । स्कुल जान्न भन्दै रोएर बसिदिन्थे । दिनचर्या त्यसैगरी बित्थ्यो । अनि बहिनी चार वर्ष लागि र म ११ वर्ष । बहिनीलाई बुवाले १ कक्षामा भर्ना गरिदिनु भयो । त्यसपछि…

Read More

पोखरा । गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिने गरी कानुन निर्माण गर्ने भएको छ । पूर्व मुख्यमन्त्री, मन्त्रीहरूसहित प्रदेशसभाका सभामुख, उपसभामुख, दलका नेता, प्रमुख सचेतक लगायतलाई सुविधा दिने गरी कानुन निर्माण गर्न लागिएको हो । १२ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले यसका लागि तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा बैठक तथा प्रशासन महाशाखाका सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र कानुन मन्त्रालयका सचिव सदस्य छन् । उक्त समितिले गण्डकी प्रदेशका पूर्व पदाधिकारीलाई सुविधा तथा सुरक्षा उपलब्ध गराउन कानून मस्यौदा गर्नेछ । पुर्व पदाधिकारीलाई कस्तो सुविधा दिने भन्ने एकिन गर्ने गरेर कानुन बनाउने सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । यो सुविधा प्रदेश…

Read More

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का कार्य बन्द गरेको छ। गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट एकाधबाहेक सबै पालिकाको मत परिणाम प्राप्त भइसकेकाले सो केन्द्रका कार्यहरु बन्द गरिएको हो । निर्वाचन आचारसंहिता तथा अन्य गतिविधि सूक्ष्मरुपले अनुगमन तथा मूल्याङ्कन गर्न आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा गठित केन्द्रमा गृह र रक्षा मन्त्रालयका साथै सुरक्षा निकायका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको प्रतिनिधित्व थियो । आयोगको कान्तिपथस्थित कार्यालयमा खडा गरिएको केन्द्रको सचिवालयमा आज आयोजित समीक्षा बैठकमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रमा रहेका प्रतिनिधि र कर्मचारीले महत्वपूर्ण कार्य…

Read More

प्रेमिकालाई भेट्न मन लाग्यो कि एकजना व्यक्तिले पूरा गाउँभरी लोडसेडिङ गराएको थाहा पाएपछि इलेक्ट्रिसियनको जागिरबाट उनलाई निष्कासन गरिएको छ । भारतको पूर्वी बिहारस्थित एउटा सानो गाउँ गणेशपुरका मानिसले हप्तौँसम्म बारम्बार लोडसेडिङको सामना गर्नुपरेको थियो । यस्तो समस्या कसरी निम्तियो भनेर कसैलाई पनि थाहा थिएन किनभने खासै त्यस्तो समस्या कतै पनि देखिएको थिएन । यस्तो समस्या छिमेकी गाउँ कतै पनि देखिएको पनि थिएन । आजित भएका गाउँलेले लोडसेडिङको समय याद गर्न थाले । लोडसेडिङ त सधैँ सूर्यास्त भएको केही घण्टापछि मात्रै हुने गर्दथ्यो । उनीहरुलाई यसमा शंका लाग्यो तसर्थ गाउँलेले अनुसन्धान गर्ने निधो गरे । विगतका हप्ताहरूमा प्रायजसो बिजुली गएपछि, एक…

Read More