Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
खोटाङ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु भएका बिमितका परिवारलाई बिमा रकम प्रदान गरेको छ । बिमा गरेर मलेसिया गएको अवस्थामा मृत्यु भएका केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा घर भइ हाल दिक्तेलमा बसोबास गरिरहेका जितबहादुर बस्नेतको परिवारलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानीबापत १४ लाख हस्तान्तरण गरेको हो । शुक्रबार दिक्तेलमा एक कार्यक्रम आयोजना गरेर कम्पनीका बागमती प्रदेश प्रमुख राजु श्रेष्ठले मृतक बिमितका श्रीमती सुर्जाकुमारी बस्नेतलाई मृत्यु दाबीबापत प्राप्त हुने कुमारी बैंकको चेक हस्तान्तरण गरेका हुन् । बस्नेतले वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया जानुअघि १३ फागुन २०७७ मा वैदेशिक रोजगार म्यादी जीवन बिमा गरेका थिए । बिमा गरेर मलेसिया पुगेका बस्नेतको २…
रामेछाप । शिक्षिकाको पिटाईबाट मन्थली माध्यमिक विद्यालयका २८ जना घाईते भएका छन् । मन्थली माविको कक्षा ५ को अंग्रेजी माध्मको विषयमा अध्यनरत २८ जना विद्यार्थि घाईते भएका छन् ।सो माविकी कक्षा शिक्षीका तारा श्रेष्ठको कुटाई बाट ती बिद्यार्थि घाईते भएका हुन् । कक्षा कोठा सफा नगरेको भन्दै आफ्ना बालबालिकालाई शिक्षिका श्रेष्ठले कुटपिट गरेको अविभाबकले बताएका छन्। घाईते बिद्यार्थीहरू सबैको शरिरमा सिर्कनाको नील डाम रहेको गुनासो समेत अभिभावकको छ । आफ्नो घण्टिको समयमा शिक्षिका श्रेष्ठले कोठा सफा गर्न बालबालिकालाई निर्दैशन दिदै कक्षाबाट बाहिरिएकी थिईन् । तर विद्यार्थीहरुले कक्षा सफा नगरि बसिरहे । पछि पुनः उनी कक्षामा आउँदा कक्षा सफा नगरेको देखेपछि…
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गठबन्धनलाई अझै केही वर्ष निरन्तरता दिइने बताउनुभएको छ। पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई कमलपोखरीस्थित कुमारी हलमा आज आयोजित प्रशिक्षणमा नेता पुनले गठबन्धन केही वर्ष टिक्ने बताउनुभयो । ‘यो गठबन्धन अझै केही वर्ष टिक्छ,’ उहाँले भन्नुभयो, ‘गठबन्धन बनाउनुपर्ने परिस्थितिका कारण गठबन्धन गरिएको थियो।’ बुधवार यही प्रशिक्षणमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो, ‘नेपाली कांग्रेसमा दम्भ र अहङ्कार देखियो भने नेकपा एमालेलाई जस्तै ठेगान लगाउन सकिने चेतावनी दिनुभएको थियो । तर प्रचण्डले प्रधानमन्त्रीमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै निरन्तरता दिइने पनि बताउनुभएको थियो । माओवादीबाट निर्वाचित प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई…
काठमाडौं । बोटल तथा जारको पानीका उद्योगी तथा उपभोक्ताहरूका लागि नयाँ नियम लागू गरिएको छ । नेपाल बोटल वाटर उद्योग संघले बोटल तथा जारको पानीको गुणस्तर परीक्षण गरेर ‘बारकोड स्टिकर’ टाँस्ने नियम आज बिहीबारदेखि लागु गरेको हो । पानीको गुणस्तर मापदण्ड पुरा गरेका पानीमा मात्रै स्टिकर टाँसिने भएकाले स्टिकर टाँसिएका बोटल तथा जारको पानी मात्रै प्रयोग गर्न संघले आग्रह गरेको छ । पानीको गुणस्तरमाथि पटक–पटक प्रश्न उठेकाले गुणस्तरहिन पानीको बिक्री वितरण न्यूनीकरण गर्न संघले स्टिकरको व्यवस्था गरेको संघका अध्यक्ष ध्रुव गौतमले जानकारी दिनुभयो । संघले संसदीय समिति र सरकारका विभिन्न निकायहरूसँग समन्वय गरेर गुणस्तर परीक्षण गरी स्टिकर टाँस्ने व्यवस्था बिहीबार…
काठमाडौं । तारा एयर दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात जनाको बिहीबार अन्तिम संस्कार गरिएको छ । गत आइतबार पोखराबाट जोमसोम जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो । शवको पोस्टमार्टम सकिएपछि बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो । शव हस्तान्तरण गरेलगत्तै मृतकको अन्तिम संस्कार गरिएको हो । स्वयम्भूमा गरिएको अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुगेर पार्टीको धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गर्नुभएको थियो ।
डोटी। दिपायल सिलगडी नगरपालिका-६ हस्पिटल मोडबाट १ थान भरूवा बन्दुक सहित सोही ठाउँ बस्ने २७ वर्षीय डम्मर बोहरा लगायत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा केही मानिसहरुले मादक पदार्थ सेवन गरी हो हल्ला गर्नुका साथै बन्दुक समेत पड्काई रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित होटलको कोठाभित्र लुकाई राखेको उक्त बन्दुक सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहनु पर्ने राप्रापाको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने गरी शासकीय स्वरूप परिवर्तनको माग गरेको छ । बिहीबार धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार हुनु पर्ने माग गरेको हो । ‘भ्रष्टाचार र अस्थिरताको अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गरी पूर्ण समानुपातिक संसद्, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्था माग गरेका छौँ’, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका छन् । राप्रपाले सङ्घ र प्रदेशको चुनावमा लोकप्रिय उम्मेदवार छनौट गर्न पार्टी भित्र र बाहिरबाट समेत उम्मेदवारीका लागि सार्वजनिक आह्वान गर्ने निर्णय…
बलेवा । मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा भेटी दान बैङ्क खातामा जम्मा गर्न सकिने भएको छ । प्रभु बैङ्कले क्युआर कोड सेवा सुचारु गरेपछि उक्त मन्दिरमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रणाली प्रवर्द्धन गरिएको हो । नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयका प्रमुख डा रामशरण खरेलले नेपालको बैङ्किङ क्षेत्रको आर्थिक कारोबारमा विद्युतीय माध्यममार्फत सरलता र सहजता आएको बताए । उनले प्रभु बैङ्क र फोन–पेको संयुक्त पहलमा मुक्तिनाथ मन्दिर परिसर, बारागुङ मुक्ति क्षेत्रमा हुने भेटी दानको लागि नगदै बोक्नुपर्ने झन्झट हटेको बताए । प्रभु बैङ्कका गण्डकी प्रदेश प्रमुख राजु रानाले बैङ्कले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकलाई समय सापेक्ष नवीनतम बैङ्किङ…
काठमाडौं – सरकारले पेट्रोलियम पदार्थ डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । डिजेल र पेट्रोलमा लिटरमा १०र१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर घटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । मंगलबार एक पत्र लेख्दै मन्त्रालयले उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनिकरणका लागि यसअघि पूर्वाधार शीर्षकमा उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको प्रतिलिटर १० रुपैयाँ कर घटाउन भनेको हो । डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजना हुनेछ ।
जनकपुरधाम । तारा एयरको विमान दुर्घटनामा आइतबार धनुषाका एकै परिवारका सात जनाले ज्यान गुमाएका छन् । मिथिला नगरपालिका–११ लोटा टोलका राजनकुमार गोेलेसहित एकै परिवारका सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ छन् । मृतकमध्ये पुरुषोत्तम तामाङ्ग र तुलसादेवी काठममाडांैमा बस्दै आएका थिए । उनीहरु स्थानीय तह निर्वाचनका लागि भोट हाल्न गाउँ आएका थिए । राजनकुमारकी श्रीमती र छोराछोरी काठमाडौंमैै बस्ने भएकोले उनी पनि ओरहदोहर गरिरहन्थे । निर्वाचन सकिएपछि राजनकुमार पारिवारसहित शुक्रबार गाउँबाट पोखरा गएका थिए । शनिवार…