Author: सूचनापाना

काठमाडौं । नेकपा माओवादी केन्द्र को आउँदो असार १५ गते पदाधिकारीको टुंगो लगाइने भएको छ । त्यसका निम्ति असार १५ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । गएको मंसिरमा पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट भएको थियो । सो अधिवेशनले पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा केन्द्रीय कमिटी मात्र घोषणा गरिएको थियो । उपाध्यक्षसहित अरू पदाधिकारीको चयन भएको छैन । महासचिवमा नेता वर्षमान पुन र जनार्दन शर्माको दाबी हुँदा मिलाउन समस्या भएको बताइन्छ । सोही कारण पदाधिकारी चयन प्रक्रिया प्रभावित भएको बताइने गरेको छ । पुन र शर्मा दुवैले महासचिवमा दाबी गरेका छन् । देशभर दुवै नेताका समूह तल्लो तहसम्मै सक्रिय छ ।…

Read More

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरू फेरिनु नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालयबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले मन्त्री फेरिनु नियमित प्रक्रिया भएको बताएका हुन् । ‘यो नियमित प्रक्रिया हो । पहिले पनि हामीले छ महिना भनेका थियौँ,’ अध्यक्ष नेपालले पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘सुरुदेखि नै छ महिनाका लागि भनिएको हो। यो रेगुलर प्रोसेस हो ।’

Read More

ढाका । दक्षिणपूर्वी बंगलादेशको एक निजी रासायनिक कन्टेनर डिपोमा शनिबार राति भएको भीषण आगलागीमा परी कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै ४५० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूले आइतबार सो जानकारी दिएका हुन्। चटगाउँको सीताकुण्ड उपजिल्लाको कदमरासुल क्षेत्रमा रहेको बीएम कन्टेनर डिपोमा शनिबार राति आगलागी भएको हो। ‘अहिलेसम्म ४० वटा शव शवगृहमा सारिएको छ’, चटगाउँ मेडिकल कलेज अस्पताल ९सीएमसीएच० मा तैनाथ एक प्रहरी अधिकारीले पत्रकारहरूलाई भने। ‘रेड क्रिसेन्ट युथ चटगाउँ’का स्वास्थ्य तथा सेवा विभागका प्रमुख इस्ताकुल इस्लामलाई उद्धृत गर्दै ‘ढाका ट्रिब्युन’ ले भन्यो, ‘यो घटनामा ४५० भन्दा बढी घाइते भएका छन्, तीमध्ये कम्तीमा ३५० जनालाई चटगाउँ मेडिकल कलेजमा राखिएको छ।…

Read More

पोखरा । पोखरा महानगरपालिकाले तीन महिना भित्र महानगरका सबै घरमा कम्तिमा एउटा रुख रोप्ने भएको छ । मेयर धनराज अचार्यले आउँदो तीन महिनाभित्र प्रत्येक घरमा बिरुवा रोपिसक्ने घोषणा गरेका हुन् । विश्व वातावरण दिवसको अवसरमा उनले त्यसको सबै ब्यवस्थापन मिलाउन आफुले तयारी थालिसकेको बताए । केही वर्षअघि सेती नदिमा आएको अप्रत्यासित बाढी, गत वर्ष मनाङ र मादीमा आएको बाढीको स्मरण गर्दै उनले वातावरणीय सन्तुलन कायमका लागि वृक्षारोपण अनिवार्य रहेको बताए । सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिनेखालका सानातिना बिरुवा भए पनि रोप्न नगरवासीलाई आग्रह गरेका छन् । मेयर आचार्यले पोखरामा यसअघि चौतारा र पोखरी मासिएको भन्दै त्यसको क्षतिपुर्ति हुने…

Read More

काठमाडौं – पूर्वीनेपालबाट एक साताअघि नै मनसुन भित्रिएको छ । १३ जुनमा भित्रिनुपर्ने मनसुन एक साताअघि नै ५ जुन (२२ जेठ आइतबार) प्रदेश १ बाट भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।  आइतबार दिउँसो साढे २ बजे विशेष मौसम बुलेटिन जारी गरेर महाशाखाले दिएको जानकारीमा भनिएको छ, ‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७४/०२/२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ । यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडी नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको देखिन्छ ।’ नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान…

Read More

रामेछाप । स्थानिय तहको निर्वाचनमा निर्वाचित दलहरुले बहुमत ल्याउन नसक्दा जिल्ला समन्वय समितिको नेतृत्व लिन नेपाली काँग्रेस र नेकपा एमालेले नेकपा माओवादीलाई फकाउन थालेको छ । अव बन्ने जिल्ला समन्वय समितिको नेतृत्व चयन हुन दुई राजनितिक दलहरु बिच तालमेल हुन आवश्यक भए पछि काँग्रेस र एमाले माओवादी फकाउन व्यस्थ देखिन्छ । जिल्लाको २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानिय तह रहेको रामेछापमा नेपाली काँग्रेसको तर्फवाट ७, नेकपा एमालेको तर्फवाट ६ र नेकपा माओवादी केन्द्रवाट ३ जना उम्मेदवारहरु स्थानिय तहमा निर्वाचित भएका छन् ।नेपाली काँग्रेसको तर्फवाट रामेछाप नगरपालिकामा प्रमुख र उपप्रमुखगरि २, गोकुलगंगा गाउँपालिकाको प्रमुख र उपप्रमुखगरि २,…

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । सरकारमा सहभागी पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पाँच जनालाई सरकारमा पठाउन लागेको हो । समाजवादीले नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई पठाएको छ । यससँगै सरकारमा सहभागी मन्त्रीहरू पार्टी कार्यालय पुगेका छन् । पर्यटनमन्त्री प्रेम आले, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा लगायतका मन्त्रीहरू पार्टी कार्यालयमा पुगेका हुन् । आज बसेको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेरको विषयमा छलफल भएको थियो । मन्त्री हेरफेर गर्ने निर्णय गर्दै मन्त्रीको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिइएको थियो । पार्टी कार्यालयमा उनीहरूले पार्टी अध्यक्ष नेपालसँगै महासचिव डा. बेदुराम भुसालसँग छलफल गरेका…

Read More

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी हुने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए । उनका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन् ।

Read More

लमजुङ । सरकारले विनियोजन गरेको बजेट हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाको प्रतिव्यक्ति तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा पर्ने देखिएको छ ।  संघीय संरचनाअनुसार चार गाउँपालिकामा विभाजित मनाङको नार्पाभूमि गाउँपालिकामा २०७८ को जनगणनाअनुसार कुल तीन सय ९८ मात्रै जनसंख्या छ । संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा विनियोजित अन्तरसरकारी वित्तीय हस्तान्तरण बजेटअन्तर्गत नार्पाभूमि गाउँपालिकामा १४ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले विनियोजन गरेको बजेटअनुसार एकजना व्यक्तिलाई नार्पाभूमि गाउँपालिकामा वितरण गर्ने हो भने जनही तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा पर्न आउँछ । नार्पाभूमि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जाडो छल्न नागरिकहरू सहर बजारमा झरिसकेपछि जनगणनाको…

Read More

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यसमिति बैठक शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग भएको बन्दै छलफल सुरु भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले राज्यशक्तिको दुरुपयोग भएकाले आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसकेको बताए । राज्यशक्तिको दुरुपयोगकै कारण आफ्नो पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेको उनको विश्लेषण थियो । पहिलो दिनको बैठकमा अध्यक्ष ठाकुरले संघीय निर्वाचनमा कसरी जाने भन्ने बारेमा नेताहरूको धारणा मागेका छन् । बैठक आइतबार पनि जारी रहने छ ।

Read More