काठमाडौं । ट्याङ्की मर्मत गर्ने क्रममा काठमाडौंको टेकुस्थित कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा विष्फोट हुँदा दुईजना घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीकाअनुसार मट्टीतेल राखेर खाली भएको ट्याङ्की वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा विष्फोट भएको हो ।
विष्फोटमा परी घाइते भएका दुवै जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।