आर्थिक वर्ष २०७९-०८० को बजेट र विनियोजन विधेयकमाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।
बिहान ११ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकहरुमाथि मन्त्रालयगत छलफल समेत हुनेछ । लामो समयदेखि यौनहिंसा र बलात्कारको विषयमा कानून संशोधन गर्ने दबाबका बीच अहिले संसदमा छलफल चलेको हो ।
आजकै बैठकमा कानूनमन्त्री गोविन्दप्रसाद शर्माले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
