Author: सूचनापाना

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको काँग्रेस प्रवेशको कार्यक्रममा नेकपा एमालेको कारबाहीमा परेका ओखलढुङ्गाका एमाले नेता खेम मिश्र काँग्रेसमा प्रवेश गरेका छन् । मिश्र कारबाहीमा पर्नुअघि नेकपा एमाले चम्पादेवी गाउँपालिकाका अध्यक्ष तथा जिल्ला कमिटी ओखलढुङ्गाका सचिवालय सदस्य रहेका थिए । उनीसँगै एमाले ओखलढुङ्गा काठमाडौँ सम्पर्क मञ्चका सदस्य कविता मिश्र (अधिकारी) सोमबार काँग्रेसमा प्रवेश गरेकी छिन । पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले समन्वय गरेर मिश्रलाई काँग्रेस प्रवेश गराएका हुन् । स्थानीय निर्वाचनमा बागी उठेपछि मिश्रलाई एमालेले कारबाही गर्दै पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो ।

Read More

काठमाडौं । सातामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सरकारले जेठ १ बाट लागू हुने गरी शनिवार र आइतबारको सार्वजनिक बिदाले दूरगामी असर पार्ने भन्दै अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, त्रिलोक चन्द, दीपक खनाल र तेजकुमार लोहीले रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर रिटमा अध्ययनबिना हचुवाको भरमा गरिएको यस्तो निर्णयबाट मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा जटिलता देखिएको भन्दै त्यसको खारेजी माग गरिएको छ । रिटमा भनिएको छ यति ठुलो निर्णय हरेक व्यक्तिको उत्पादकत्व कार्यशैली, सार्वजनिक सेवा, सरकारी तथा गैरसरकारी सेवासँग जोडिएको विषयको दूरगामी असरलाई…

Read More

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ । संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा आज उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको स्मरण गरेका थिए । सापकोटाले शिक्षा, उर्जा, सुशासन र विकेन्द्रीकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि डेनिस सरकार र जनतालाई धन्यवाद ज्ञापन गरेका थिए । सभामुख सापकोटाले डेनमार्क सुशासनका लागि चर्चित र स्थापित रहेको चर्चा गर्दै यसबाट नेपालले पनि सिक्न चाहेको बताए । नेपालका राजनीतिक दलसँग सहकार्य गर्ने प्रतिनिधिमण्डलको प्रस्ताव सकारात्मक रहेको बताउँदै सभामुख सापकोटाले दुई देशबीच जनताको…

Read More

कानो – नाइजेरियाली सरकारले आइतबार देशको दक्षिणपश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ५० जनाको ज्यान गएको जनाएको छ । ओन्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीहरूले विस्फोटक पदार्थसमेत बोकेका थिए । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको उनले बताए । घटनालाई ‘ठूलो नरसंहार’ भन्दै ओन्डो राज्यका गभर्नर अरकुन्रिन ओलुवारोतिमी अकेरेडोलुले घटनास्थल र घाइतेहरूको अस्पतालमा निरीक्षण गरेका छन् । नाइजेरियामा क्याथोलिक चर्चका प्रवक्ता रेभेरेन्ड अगस्टिन इक्वुले भने, ‘यो धेरै दुखको कुरा हो कि पवित्र प्रार्थना चलिरहेको बेला अज्ञात बन्दुकधारीहरूले सेन्ट फ्रान्सिस क्याथोलिक चर्चमा आक्रमण गरे । आक्रमणमा धेरै जनाको मृत्यु र अन्य धेरै जना घाइते भएका छन् ।…

Read More

नेपालगञ्ज । बाँकेमा सामाजिक सञ्जाल फेसबुकमार्फत मित्रता गाँसेर जन्मदिन मनाउने बहानामा बोलाएर १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले किशोरीलाई जन्मदिन मनाउने बहानामा बोलाएर मदिरा सेवन गराई सामूहिक बलात्कार गर्ने पाँच जना र मोटरसाइकलमा राखेर घर पुर्‍याउन मद्दत गर्ने दुई जना मतियार गरी सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए । प्रहरीका अनुसार बाँके बैजनाथका १७ वर्षिय हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भन्दै २१ जेठ अपरान्ह ४ बजे भेट्न बोलाएपछि गएकी १६ वर्षीया किशोरीलाई हेमराज लगायत पाँच जनाले सामूहिक बलात्कार गरेको बाँके प्रहरीले जनाएको…

Read More

काठमाडौं । लैनचौरमा प्रहरीले नै मिलेर व्यवसायीको ३५ लाख रुपैयाँ लुटपाट गरेको भेटिएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरी वृत्त मालिगाउँका हवल्दार सालिकराम नेपाली पक्राउ परेका छन्, थप दुईजना प्रहरी अधिकारी फरार छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार लुटपाटमा संलग्नता देखिएपछि नेपाली र नुवाकोटका पेम्बा तामाङ पक्राउ परेका छन् । उनीहरुलाई प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखिएको छ । गत ८ जेठमा सस्तोमा एक किलो सुन विक्री गर्ने भन्दै एक समूहले ती व्यवसायीलाई बोलाएको थियो । तर पैसा लिएर गएका उनी अज्ञात समूहबाट लुटपाटमा परेका थिए । अनुसन्धानका क्रममा लुटपाट गर्ने समूहमा प्रहरीको समेत संलग्नता भेटिएको…

Read More

काठमाडौं । उपत्यकाका सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ । काठमाडौंका विभिन्न सडकमा थुप्रिएर बसेको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्नक थालिएको हो । सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको थियो । काठमाडौंको फोहोर फाल्ने सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । सिसडोलबासीले भने राज्यले आफूहरूसँग सम्झौता कार्यान्वयन नगरेको भन्दै काठमाडौंको फोहोर फाल्न अवरोध गर्दै आएका छन् । उनीहरूसँग छलफल गर्न काठमाडौं महानगरपालिका मेयर बालेन साह सिसडोल नै पुगेका थिए । छलफलका क्रममा मेयर साहले तत्कालका लागि केमिकल प्रयोग गरेर फोहोरको दुर्गन्ध हटाउने प्रतिबद्धता…

Read More

सर्लाही,ब्रह्मपुरी गाउँपालिका-४ स्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५० हजार रूपैयाँ सहित भारत सितामढी ग्राम सोनबर्सा-२ बस्ने ४० वर्षीय विश्वनाथ महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतको सोनबर्साबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० ई ३९१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याएको उक्त नगद फेला पारी चालक महतोलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनसरोकारका विषयलाई अघि सार्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै विदेशी हस्तक्षेप बढेको तथा महंगी र भ्रष्टाचारले सीमा नाघेको भन्दै जेठ २५ देखि असार ५ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जारी गरेको विज्ञप्तिमा जेठ २५ गते किसानहरुले राजमार्ग, काठमाडौं उपत्यकासहित देशव्यापी विरोध प्रदर्शन गर्ने र जेठ २७ गते अमेरिकी साम्राज्यवादी हस्तक्षेप विरुद्ध देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम रहेको जनाएका छन् । त्यस्तै जेठ ३० गते एमसीसीका कार्यालय र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र घेराउ, असार २ गते राजबन्दी रिहाइको पक्षमा देशव्यापी मसाल जुलुस…

Read More

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूबिच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूबिच मन्त्रिपरिषद् पुनर्गठनलगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएपनि टुंगो भने लाग्न सकेन । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी थिए । नेकपा एकीकृत समाजवादीले आइतबार आफ्ना पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको सिफारिस गर्ने निर्णय गरेको…

Read More