काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर आज मंगलबारदेखि उठ्ने भएको छ। सहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगर, ककनी, धुलिबेसी, गोकर्णेश्वरका जनप्रतिनिधिसहितको सोमबारको बैठकले काठमाडौं उपत्यकाको फोहोर आज मंगलबारदेखि उठाउने निर्णय गरेको हो।
सहमति पत्रमा भनिएको छ, ‘फोहोरलाई स्रोतमै छुट्याउने प्रक्रिया सुरु गर्दै हाल उपत्यकामा थुप्रिएको फोहोरलाई अहिल्यकै अवस्थामा बढीमा असार मसान्तसम्म उठाइ लैजानका लागि जेठ २४ गतेदेखि नै फोहोर उठाउने र माटोले फोहोर छोप्ने व्यवस्था मिलाउने।’
सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको छ। काठमाडौंमा जेठ १६ गतेदेखि फोहोर उड्न सकेको थिएन।