Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कम्पनी खोल्दा ४९ प्रतिशत सेयर सर्वसाधारणलाई दिनुपर्ने माग

    कम्पनी खोल्दा ४९ प्रतिशत सेयर सर्वसाधारणलाई दिनुपर्ने माग

    By सूचनापाना२४ जेष्ठ २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले लिमिटेड कम्पनी खोल्दा ४९ प्रतिशत सेयर सर्वसाधारण लगानीकर्तालाई दिनुपर्ने माग गरेको छ ।

    SuchanaPana.com

    राजस्व परामर्श समितिद्वारा सोमबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारण लगानीकर्तालाई दिनुपर्ने बताएका हुन् ।

    “लिमिटेड कम्पनीको सेयरमा सर्वसाधारणलाई समेट्दा सर्वसाधारणलाई फाइदा पुग्नुका साथै वित्तीय सन्तुलन पनि कायम गर्न सहयोग पुग्छ,” उनले भने । संस्थापक सेयरधनी र सर्वसाधारण लगानीकर्ताबीच ५१ र ४९ प्रतिशतको हिस्सा हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

    अध्यक्ष मल्लले लिमिटेड कम्पनी खोल्दा सर्वसाधारण लगानीकर्तालाई प्राथमिकतामा राख्ने गरी नीतिगत व्यवस्था हुन सके यसबाट सेवा क्षेत्र थप व्यवस्थित हुने बताए । सेवा क्षेत्रमा सर्वसाधारणको लगानी आउन सके मात्र यसको तरलता सिर्जना गर्ने अध्यक्ष मल्लको भनाइ छ ।

    धेरै विद्युत् खपत गर्ने ठूला उद्योगका लागि मात्रै सहुलियत दिने बजेटमा उल्लेखित व्यवस्था साना तथा घरेलु र कृषिजन्य उद्योगमा पनि लागु गर्नुपर्ने माग सो अवसरमा गरिएको थियो ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    २७ आश्विन २०८२, सोमबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    अर्थ

    झाडी फाडेर फलफूलखेती

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४ का स्थानीय…

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    २७ आश्विन २०८२, सोमबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका

    २१ जेष्ठ २०८०, आईतवार

    सरकारले भोलि बञ्चरेडाँडा संघर्ष समितिसँग वार्ता गर्ने

    २६ जेष्ठ २०७९, बिहीबार

    सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि मन्त्री कक्षमै हातपात

    २६ जेष्ठ २०७९, बिहीबार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.