Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । यातायात व्यवस्था विभागले साउन १ गतेबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट पारेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै साउन १ गते बिहानबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको छ । २०७८ कात्तिक २२ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम ज-जसले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने थियो, ती सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन भन्ने कुरामा अनुगमन गर्नुपर्ने देखिएको विज्ञप्तिमा उल्लेख छ । ‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा…
काठमाडौं – अब काठमाडौं उपत्यकामा आवासीय प्रयाेजन अर्थात घर बनाउनका लागि ४ आना (१३० वर्गमिटर)भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भू उपयोग नियमावली २०७९ मा सो व्यवस्था गरिएको हो । यो राजपत्रमा प्रकाशन गरी लागू गरिएको छ । तर आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्तासँग मिलान गर्न उपयुक्त देखिएमा भने कित्ताकाट हुन सक्ने व्यवस्था गरिएको छ । यसका लागि सम्बन्धित स्थानीय तहले आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ । कृषि क्षेत्रको रुपमा तोकिएको जग्गालाई काठमाडौं उपत्यकामा १५.७३ आना अर्थात ५०० वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने भएको छ ।…
काठमाडौं । एमाले सांसद भानुभक्त ढकालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकमा खर्च कटौती गरी एक रुपैयाँ राखियोस् भनी प्रस्ताव राखेका छन् । मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै ढकालले अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा पर्यटन मन्त्रीको जिल्लामा पर्यटन मन्त्रालयसम्बन्धी पाँच लाखका एक सयभन्दा बढी आयोजना पारिएको, एउटा नगरपालिकामा ३२ वटा आयोजना पारिएको तर समग्र मधेस प्रदेशमा पर्यटन मन्त्रालयसँग सम्बन्धित ४३ वटा पारिनुले बजेटमा विभेद गरिएको भन्दै खर्च कटौती गर्न प्रस्ताव प्रस्तुत गर्नुपरेको उनले जिकिर गरे । सांसद ढकालले गठबन्धन सरकारको आलोचना गर्दै अहिलेका पर्यटनमन्त्री बतास समूहसँग मिलेको आरोप पनि लगाए । हिजो कुरा नसिल्दा विरोध गरिएको, कारबाहीको दायरामा…
गोकुलेश्वरमा एकल महिलामाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका९ बस्कोटका ३३ वर्षीय रमेशसिंह साउद र लेकम गाउँपालिका =४ का ४५ वर्षीय हरिसिंह धामी रहेका छन्। जिल्ला प्रहरी कार्याल दार्चुलाका अनुसार देवर नाता पर्ने धामीले गएको १७ र १८ गते करणी गरेको पीडित पक्षको भनाइ छ। यस्तै ज्वरो आएर उपचार गर्न गोकुलेश्वर अस्पताल जाँदा भदैनीको घरमा बास बसेको बेला साउँदले मध्यराति १२ बजे करणी गरेको पीडित महिलाले जाहेरीमा भनेकी छन्। आरोपित दुबै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप कार्कीले बताए।
न्युयोर्क । अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु भएको छ । अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात चलाउदा बाबुको मृत्यु भएको हो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले २६ वर्षीय रेगीलाई मृत घोषणा गरेका थिए । प्रहरीले सुरुमा रेगीले आफूले आफैलाई गोली प्रहार गरेको अनुमान गरेका थिए । तर, अनुसन्धान गर्ने क्रममा उनको मृत्यु दुई वर्षीय बालकले चलाएको बन्दुकबाट मृत्यु भएको खुल्न आएको ओरेन्ज काउन्टी शेरिफ जोन मिनाले पत्रकार सम्मेलनमा जानकारी दिए । पीडितको घरमा प्रहरी पुग्दा बच्चाकी आमा मारी आयलाले आफ्नो पति रेगी म्याब्रीलाई सीपीआर दिएकी थिइन् । गोली चल्दा पाँच महिनाकी बालिकासहित परिवारका पाँचै…
काठमाडौँ । गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडानम्बर–२ मा सोमबार नबिना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । गृहमन्त्री खाँणको मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् । बर्दियामा घाइते बाघको नियन्त्रणको…
काठमाडौं । काठमाडौंको कपनस्थित धोबीखोलामा आज बिहान एउटा शव फेलापरेको छ । पानीमा डुबेको अवस्थामा फेलापरेको पुरुष शव निकाल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । खोलाले बगाएको वा अरू कारणले मृत्यु भएको भन्ने केही खुलेको छैन । पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आउँदो असार २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित दरमा तीन करोड मूल्यबराबरको तीन लाख कित्ता सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गर्ने भएको हो । आयोजनाले प्रभाव पार्ने बागलुङ जिल्लाको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकामा स्थायी बसोबास गर्ने स्थानीयवासीले आउँदो असार १६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३१ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । कम्पनीले बागलुङको ताराखोला गाउँपालिका–२ र ३…
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६, हिलेदमारमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीया जमुनामाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रनाउ कार्कीका अनुसार सोमबार साँझ साढे ६ बजेको समयमा वर्षासँगै आएको चट्याङ लागेर मोक्तानको घटनास्थलमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जनाइएको छ ।
रुकुम । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु. १०० अंकित दरमा ६ करोड १२ लाख ७९ हजार ३०० रुपैयाँ मूल्य बराबरको ६ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गर्ने भएको हो । आयोजनाले प्रभाव पार्ने रुकुम (पूर्व) जिल्ला र रुकुम (पश्चिम) जिल्लाका स्थानीय बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २२ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख…