Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितातको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुन्धान आयोग काठमाडौमा उजुरी दिएको छ । अनियमिततामा सम्लग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरिएको उजुरीमा छ । युवा संघमा अवद्ध नेता कार्यकर्तासहित पुगेको टोलीले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का किन दिनु परेको ?इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि किन राख्नु नपर्ने ? एक महिनाभित्रै इम्बोस्ड नम्बर प्लेट राख्नु पर्ने किन ? लगायतका प्रश्न सोधेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रमा पनि मन्त्रीहरू हेरफेरको विषयमा आवाज उठेको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले मन्त्रीहरू फेर्ने विषयमा पार्टीभित्र आवाज उठिरहेको बताएका छन् । बुधबार संघीय संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग बोल्दै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरूलाई फेर्नुपर्ने आवाज उठिरहेको बताए । नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरू फेर्न दबाब परेको उनले बताए । मन्त्री फेर्नेबारे पार्टीभित्र कुनै छलफल भने नभएको उनको भनाइ छ । संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने माओवादी केन्द्रकै नेता गिरिराजमणि पोखरेलले बताए । अहिले मन्त्रिपरिषद् हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने उनको…
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेटमा २०० किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारीसाधनमा भन्सार तथा अन्तःशुल्क महशुलमा अत्यधिक वृद्धि गरेकोमा पुर्नविचार गर्न अटो व्यवसायीहरूले माग गरेका छन् । सरकारले नेपालमा उत्पादित विद्युतलाई पेट्रोलियम पदार्थको विकल्पको रुपमा प्रयोग गरी व्यापार घाटा कम गर्ने, आफ्नै उत्पादन जलविद्युतलाई विद्युतीय सवारी साधनलगायतका साधनमा प्रयोग गरी विदेशी मुद्रा वचत गर्ने माध्यमको रुपमा लिएकोमा भने उनीहरू स्वागत गरेका छन् । तर २०० किलोवाट क्षमता भन्दा माथिका सवारी साधनमा भने भन्सार र अन्तशुल्क महशुल बढाएकोमा उनीहरूले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहनको सट्टा दुरुत्साहित गरेको बुझेको जनाएका छन् । उनीहरूले नेपालको भौगलिक अवस्थाअनुसार २००…
काठमाडाैं । एमाले सचिव योगेश भट्टराईले ७० वर्ष नाघेकालाई राज्यको कुनै पनि निकायमा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजनक विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अन्य क्षेत्रमा जस्तै राजनीतिमा पनि अवकाशका लागि उमेरहदको व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘संविधान अब केही विषयमा संशोधन गर्नुपर्ने हुन्छ । ६५ अथवा ५८ वर्षमा अवकाशका प्रणाली राखेको छौँ,’ उनले भने, ‘तर, राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ । अब ७० वर्ष नाघेका मानिसहरू कुनै पनि राज्यका निकायमा चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने ? हामीलाई र्यालसिंगान काढ्ने, कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन । काम गर्ने चाहिएको हो…
काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार पनि स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ । मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएकाे छ । स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको उनको भनाइ छ ।
प्रहरीले सुरक्षा दिएपछि काठमांडौको फोहोर बन्चरेडाँडामा विसर्जन गरिएको छ । काठमाडौं उपत्यकाको फोहोर आजदेखि पुनः बन्चरेडाँडामा विसर्जन गर्न थालिएको हो । फोहोर बोकेका १०० भन्दा बढी ट्रक बन्चरेडाँडातर्फ लागेका छन् । मंगलबार दिउँसो बन्चरेडाँडा क्षेत्रमा फोहोर बोकेका गाडीको लामो लाइन लागेको थियो । धादिङको धुनिबेसी नगरपालिका–१ स्थित बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने क्रममा आज प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयले फोहोर बोकेका गाडीलाई अवरोध गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो । मंगलबार बिहानदेखि सोमबार काठमाडौंमा भएको फोहोर व्यवस्थापनसम्बन्धी सहमति नमान्ने भन्दै स्थानीयले अवरोध गरेका थिए । दिउँसो पुगेको प्रहरी टोलीले स्थानीयको घरमै पसेर लाठी प्रहार गरेको थियो । लाठी…
काठमाडौं । नेपालमा बस्ने भारतीय नागरिकले आफ्नो व्यक्तिगत विवरण भारतीय दूतावासमा दर्ता गराउनुपर्ने भएको छ । नेपालस्थित भारतीय दूतावासले मंगलबार एक सूचना जारी गर्दै अनलाइनमार्फत आफ्नो विवरण दर्ता गर्न सकिने जनाएको छ । दूतावासबाट लिइने कुनै पनि कन्सुलर सुविधाका लागि रजिस्ट्रेशन गर्नुपर्ने व्यवस्था गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । भारतीय नागरिक भएको पहिचान खुल्ने परिचयपत्र (पासपोर्ट वा भोटर आईडीकार्ड), अध्ययन वा रोजागरी गरिरहेको संस्थाले उपलब्ध गराउने प्रमाणपत्र, बसोबास गरिरहेको स्थानको ठेगाना, दुई प्रति पासपोर्ट साइजको फोटो लगायतका आवश्यक कागजात पेश गरी रजिस्ट्रेशन गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रुपैयाँसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरू चारजना चिनियाँ नागरिक छन् । प्रहरी वृत्त थानकोटले नागढुंगा नाकाबाट उनीहरूलाई मंगलबार बिहान पक्राउ गरेको हो । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लास्टिकको दुई वटा बोरामा लुकाई छिपाइ ल्याएको अवस्थामा नगद बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं – सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरद विक्रम राणालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । निर्णयहरु पत्रकार सम्मेलन गरी गृहमन्त्री बालकृष्ण खाणले आज सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्को बैठकले तेजाब तथा अन्य घाटक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेश गर्न स्वीकृति समेत प्रदान गरेको छ । ‘सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय भएको छ,’ गृहमन्त्री खाणले भने । मन्त्रीपरिषद्को बैठकले प्रहरी नायब महानिरीक्षकहरु उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी,…
नवलपरासी । नवलपरासी पश्चिम जिल्ला अदालतको परिसरमा गोली चलाउने व्यक्ति पक्राउ परेका छन्। गोली चलाउने व्यक्तिलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। सोमबार दिउँसो साढे ३ बजे जिल्ला अदालत नवलपरासी पश्चिम सडकमा गोली चलेको थियो। पेस्तोलले गोली चलाएको आरोपमा प्रहरीले सरावल गाउँपालिका-४ मंगलापुर बस्ने २८ वर्षीय हंशराज यादवलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार दिउँसो २ बजे सुनवल नगरपालिका-९ बनकट्टीस्थित आफन्तको घरबाट पक्राउ गरेको कँडेलले बताए। उनीबाट प्रहरीले मेड इन युएसए लेखिएको पेस्तोल बरामद गरेको छ। त्यो पेस्तोलमा लाग्ने एक थान म्यागजिन र एक राउन्ड गोली प्रहरीले बरामद गरेको छ। प्रहरी उपरीक्षक कँडेलका अनुसार…