Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं – लगातारको बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ । बिहिबार रातिको वर्षाका कारण मेलम्ची इन्द्रावती, पाँचपोखरी जोड्ने ह्युमपाइप जडित पुलमा क्षति पुगेको हो । गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि उक्त स्थानमा अस्थायी पुलको रुपमा ह्युम पाइप हालिएको थियो । अब इन्द्रावति र पाँचपोखरी बाट मेलम्चीमा आवत जावतका लागी मेलम्चि-१२ बाहुनेपाटीको पुलको प्रयोग गर्न मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आग्रह गरेका छन् ।
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो । पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टीतेल र डिजलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ । अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टीतेल र डिजलको १६५ रुपैयाँ पुगेको छ । एलपी ग्याँस तथा हवाई इन्धनको मूल्य भने…
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ४ ड्याम नजिक सडक भासिएको छ । गएरातिदेखि परेको अबिरल वर्षाको कारण करिब २० मिटर सडक भासिएपछि दुईतर्फी नै यातायात बन्द भएको छ । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि सवारी साधनहरुलाई जताबाट आएको हो, त्यतैतर्फ फर्काइएको उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार कारसहित केही सवारी साधन मर्स्याङ्दी नदीमा खसेको अनुमान गरिएको छ । ट्राफिक प्रहरी प्रमुख गोकर्ण नेपालले भने, ‘गएरातिदेखि परेको अविरल वर्षाले सडक भासिएर नदीमा पुगेको छ…
काठमाडौं । सरकारले १२ देखि १७ वर्ष उमेर समूहलाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने छन् । यसअघि १२ देखि १७ वर्ष उमेर समूहलाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो । उनीहरुलाई आजबाट बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप दिने सरकारको तयारी छ । यसअघि जुन खोप लगाएकाले पनि बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप लगाउन सक्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोडर्ना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने…
काठमाडौं । उपत्यकाको फोहोर ब्यवस्थापनबारे ल्याण्डफिल्ड साइटका स्थानीयसँग सहमति भएको छ । बिहीबार मध्यराति १ बजे काठमाडौं महानगरपालिका र आन्दोलनकारी स्थानीय वासिन्दाका प्रतिनिधिहरूबीच सहमति जुटेको हो । महानगरपालिका र सिसडोल तथा बञ्चरेडाँडाका स्थानीयबीच १८ बुँदे सहमति भएको छ । सहमति अनुसार आजदेखि स्थानीय वासिन्दाले फोहोर विसर्जन गर्न जाने गाडीहरूलाई अवरोध गर्ने छैनन् । तर, फोहोर बोकेका गाडीहरू रातीको समयमा मात्रै ल्याण्डफिल्डसाइटमा जान पाउने छन् । सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका वडा नम्बर…
बुटवल । रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका–६ कलौनी पुरानो बजारमा रहेको शिव भवानी कपास उद्योगमा शुक्रबार बिहान आगलागी भएको हो । आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएका छन् । आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ लगायत जलेर नष्ट हुँदा ८६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।
रामेछाप । जिल्ला समन्वय समिति रामेछापको प्रमुखका लागि नेकपा एमालेका तुला प्रसाद कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरबाट वडा सदस्यमा निर्वाचित कँडेलले जिसस प्रमुखको लागि उम्मेदवारी दर्ता गराएका हुन् । गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा पराजित भएपछि प्रमुख हुने कँडेलको चाहना अधुरै रहेको थियो । यस पटक जिसस प्रमुख बन्ने चाहना माथि पनि कांग्रेस–माओवादीबीच गठबन्धन भएपछि कठिन हुने देखिएको छ । एमालेले उपप्रमुखसहित सात जना सदस्यका लागि आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको छ । गत निर्वाचनमा एकल बहुमतको साथ जिससको प्रमुख उपप्रमुखसहित सदस्य निर्वाचित भएको एमाले यस पटकको स्थानीय तहको निर्वाचनमा अल्पमतमा…
जिल्ला समन्वय समितिमा कांग्रेस र माओवादीबीच गठबन्धन भएसँगै साझा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट प्रमुखमा चिना खड्का कार्की र माओवादीबाट प्रेम सागर थापा उप्रमुखको उम्मेदवार बनेका छन् । कांग्रेसले प्रमुखसहित चार र माओवादीले उपप्रमुखसहित पाँच जना सदस्य लिएको छ । नौ सदस्य रहने जिससमा कांग्रेस–माओवादीबीच सिट बाँडफाँड भएको हो । जिससको सदस्यमा कांग्रेसबाट बाबुलाल योञ्जन, अनिषा माझी र वीरबहादुर कार्कीको उम्मेदवारी दर्ता भएको छ भने माओवादीबाट हिरा कुमारी गिरी, डम्बरकुमारी रसाइली, विन्दा सार्की र विक्रम थापामगरले जिसस सदस्यको लागि उम्मेदवारी दर्ता गरएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले बताएको छ ।
बारा। आफ्नैं छोरीलाई बलात्कार गरेको आरोपमा नवनिर्वाचित वडा सदस्य पक्राउ परेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका निर्वाचित वडा सदस्यलाइ प्रहरीले पक्राउ गरेको हो । १४ वर्षको उमेर हुँदैबाट आफ्नैं बाबुले पटक–पटक बलात्कार गरेको भन्दै पिडितले दिएको जाहेरीका आधारमा वडा सदस्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाइ ईलाका प्रहरी कार्यालय, सिमरामा राखेर थप अनुसन्धान भैरहेको सिमरा प्रहरीले जनाएको छ ।
जीतपुर ।पर्सा प्रहरीले बिल बिजक भन्दा बढी समान बोकेको ३ वटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज-१० घण्टाघर सडकखण्डबाट बा ५ ख ८६५८ , लु २ ख ५३४९ र वीरगञ्ज-८ माईस्थान सडकखण्डबाट ना ४ ख ४३०१ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो । बिल बिजक भन्दा बढी विभिन्न किसिमका हार्डवेयर पार्ट्स, औषधी, लत्ता कपडा लगायतका खुद्रा मालसमान लोड गरिएको ट्रक विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा सूचना अनुसार नै बिल बिजक भन्दा बढीको समान लोड गरिएको पाएपछि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको जिल्ला प्रहरी कार्यालय…