Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अस्पतालमा उपचाररत हुँदा स्वास्थ्यकर्मीले गीत गायर आफूलाई सुनाउने गरेको स्मरण गरे । स्थानीय तह निर्वाचनमा नेकपा एमालेका पक्षमा जनमत सिर्जना गर्न योगदान गर्ने कलाकारहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीतको महत्त्वका बारेमा चर्चा गरेका हुन् । उनले सिर्जनामा शक्ति हुने र आफू बिरामी हुँदा पनि उपचारमा संलग्न डाक्टर र नर्सहरूलाई गीत गाउन लगाउने गरेको स्मरण गरेका हुन् ।‘तपाईंहरूको सिर्जनाको के अर्थ हुन्छ ? म अप्रेसन गरेर आइसियुमा बसेको थिए । तर, त्यहाँ मैले गाउन जाने पनि नजाने पनि डाक्टर, नर्स र काम गर्ने सबैलाई गीत गाउन लगाउँथे । किनकि बिरामीसँग…
लिस्बन । करिब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवाकोे शव समुद्रमा भेटिएको छ । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो । सिलवालको शव करिब दुई महिनाअघि समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको भए पनि शवको पहिचान भने बिहीबारमात्रै खुलेपछि प्रहरीले खबर गरेको अधिकारीले बताए । प्रहरीले दिएको जानकारीअनुसार सिलवालको शव राजधानी लिस्बन नजिकै पर्ने पासो डि आर्कोसस्थित समुद्रमा डुबेको अवस्थामा भेटिएको अधिकारीले बताए । उनको शव कासकाइसस्थित अस्पतलाको शवगृहमा…
काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रसारण लाइनमा एक व्यक्ति चढेपछि माथिल्लो त्रिशुली थ्री ‘ए’ र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ। प्रसारण लाइनमा बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति चढेपछि अप्रिय घटना नहोस् भनेर विद्युत् प्राधिकरणले आयोजना नै बन्द गरेर विद्युत प्रवाह बन्द गरेको प्रहरीले जानकारी दिएको छ। विक प्रसारण लाइनको खम्बाबाट चढेर तारसम्मै पुगेका छन्। उनी आज १० बजेतिरबाट तार समातेर बसिरहेको जनाइएको छ। प्रहरी र स्थानीयले तल ओर्लन आग्रह गरिरहे पनि उनले मानेका छैनन्। उनी विद्युतीय तारमा हिँडिरहेका छन्। उनलाई सम्झाइबुझाइ गरेर एक पटक तल झरे पनि फेरि त्यही नै रोकिएको…
काठमाडौं । चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कलाई भारत सरकारले युरिया मल खरिदका लागि पाँच करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गरेको छ। प्रधानमन्त्री रनिल विक्रमसिङ्घे, कृषिमन्त्री महिन्दा अमरावीर, श्रीलङ्काका लागि भारका उच्चायुक्त गोपाल वाग्ले र दुवै देशका उच्च अधिकारीहरूको उपस्थितिमा शुक्रबार यहाँ ऋणसम्बन्धी समझदारीपत्रमा श्रीलङ्का सरकार र भारतीय एक्जिम ब्याङ्कबीच हस्ताक्षर भएको हो। धान रोपाइँको अहिलेको याममा मल खरिद सुनिश्चित गर्न समयमै आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले द्रुत गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। हस्ताक्षर समारोहमा प्रधानमन्त्री विक्रमसिङ्घेले भारतको ‘छिमेक पहिले’ नीतिअनुसार प्राप्त ऋण सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्।
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय पहिचान संरक्षण र संवर्द्धन गर्दै जनताको सेवामा लाग्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेकी छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–६ बाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उनले भनिन्, ‘जनप्रतिनिधि शासक होइनन्, सेवक हुन्, जनताको आधारभूत आवश्यकता पूरा गर्न कर्तव्यनिष्ठ हुनुहोला ।’ आफ्नो कला, संस्कृति र पहिचानलाई संरक्षण गर्न विशेष ध्यान दिएर मात्र आधुनिक विकासमा अगाडि बढ्न सुझाव दिँदै मन्त्री भुसालले भनिन्, ‘परम्परागत पहिचानलाई संवर्द्धन गरेर विकासका गतिविधि अगाडि बढाउनुपर्छ ।’ उनले महालक्ष्मी नगरको आर्थिक विकासको आर्थिक विकासको आधार पर्यटन भएकाले त्यसका लागि वडादेखि नगरसम्म उपयुक्त कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा…
रामेछाप– सुनापति गाउँपालिकाका १५ वटा विद्यालयमा हेल्थ डेक्स स्थापनाका लागि महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाले सहयोग गरेको छ । परियोजनाले फर्निचर, औषधी तथा स्वास्थ्य उपकरण सहयोग गरेको हो ।पिएसएफ लक्जेम्वर्गको आर्थिक सहयोग तथा टिडिएच जर्मनीमार्फत सामुदायिक विकास समाजद्वारा संचालित महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाले माध्यमिक तथा आधारभूत (१ देखि ८) सम्म पढाइ हुने विद्यालयहरुमा ४२ प्रकारका सामग्री वितरण गरिएको परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए । विद्यालयमा बालबालिकालाई तत्काल प्राथमिक उपचारका साथै महिनावारीको समयमा बालिकाहरुले भोग्नु परिरहेको समस्या हटाउन चेन्जिङ रुम सहितको व्यवस्थाका गर्न विद्यालयमा हेल्थ डेक्स व्यवस्थापनका लागि सहयोग गरिएको कार्यकारी निर्देशक मिलनकुमार…
फाईल तस्वीर मुग्लिन । वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ । शुक्रबार राति ९ः५ बजे चितवनको इच्छाकामना गाउँपालिका-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुईतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
काठमाडौं ।नेकपा एसले सबै मन्त्रीलाई फिर्ता बोलाएपछि अन्य पार्टीमा पनि दबाब बढेको छ । यतिबेला माओवादीबाट नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउने चर्चा चलिरहेको छ । माओवादी केन्द्रले पनि नयाँ मन्त्रीलाई अगाडि सार्ने तयारी गरिरहेको छ । यद्यपि अहिलेसम्म यसबारेमा छलफल भएको छैन । नेताहरुले अनौपचारिक रुपमा छलफल शुरु गरेका छन् । प्रधानमन्त्री निकट स्रोतले अब नेकपा एसका मात्र नभएर अन्य दलका पनि मन्त्रीहरू फेर्ने गरी छलफल भइरहेको जनाएको छ । स्रोतका अनुसार बजेट पारित भएपछि अर्थमन्त्री फेर्ने सहमति शीर्ष तहमा भएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा दिने तयारी भइरहेको र यसको जानकारी शीर्ष नेतालाई देउवाले गराएको बताइएको छ…
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट निर्णय गरी मन्त्री पठाएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ गराउन नमानेपछि सकस पैदा भएको छ । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले जसरी पनि पार्टीको निर्णय कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री देउवा भने अहिले नै नयाँ मन्त्रीलाई शपथ गराउने पक्षमा छैनन् । बजेट पारित भइसकेपछि मात्रै नयाँ मन्त्रीलाई शपथ गराउने प्रधानमन्त्रीको तयारी छ ।
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १६ दशमलव ५० प्रतिशत बोनश शेयर सूचिकरणको प्रक्रियामा रहेको छ । बोनस शेयर दर्ताको लागि नेपाल धितोपत्र बोर्डमा पुगेको कम्पनीका सिइओ शङकर रायमाझीले बताएका छन् । लगानीकर्ताहरुले शेयर सुचिकरणमा ढिलाई भएको भन्दै गुनासो गरेपछि कम्पनीले शेयर सुचिकरण गर्न बोर्डमा दर्ताको लागि पठाएको हो । नेपाल पुनर्बीमा कम्पनीको पुष २२ गते सम्पन्न छैठौ वार्षिक साधारणसभाले २ दशमलव ५० प्रतिशत नगद लाभांश र १६ दशमलव ५० प्रतिशत बोनश शेयरको प्रस्ताव पारित गरेको थियो । साधारण सभा सम्पन्न भएको पाँच महिना बितिसक्दा पनि शेयर सुचिकरण नभएको भन्दै शेयरधनीहरुले गुनासो गरेका हुन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को…