Author: सूचनापाना

पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष ‘कूको प्रयासमा’ त्यहाँको संसद् भवनमा हिंसा गराएको एउटा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको संसदीय सुनुवाइका क्रममा बताइएको छ। रिपब्लिकन लिज चेनीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले “उक्त आक्रमणको आगो सल्काएको” बताएकी छन्। संसदीय छानबिन समितिका प्रमुख समेत रहेका डेमोक्र्याट बेनी थम्सनले उक्त दङ्गाले अमेरिकाको “संवैधानिक लोकतन्त्रलाई जोखिममा” पारेको बताएका छन्। सन् २०२१ को ज्यानुअरीमा मच्चाइएको हिंसाबारे त्यहाँको तल्लो सदनको छानबिन समितिले गरेको पहिलो सार्वजनिक सुनुवाइसँगै उक्त घटना छानबिनको नयाँ चरण सुरु भएको बताइएको छ। निर्वाचनमा हार बेहोरेका भए पनि तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले मत परिणाम नस्वीकार्ने बताएपछि उनका समर्थकहरूले त्यसबेला अमेरिकी संसद्‌मा हुलदङ्गा गरेका थिए। त्यसक्रममा केही…

Read More

काठमाडौं । काठमाडौं जिल्लाको गोकर्णेश्वोर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको मध्यबिन्दु क्षेत्रभित्र पर्ने ओख्रेनि मा।बि सहिद पार्क, सुन्दरिजल क्षेत्रको नदि किनार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । वि.लभ.यु फाउन्डेशनको आयोजनामा बृहत बिश्वव्यापी सर-सफाई अभियान अन्तर्गत बागमती नदि किनार सरसफाई कार्यक्रम सम्पन्न भएको हो। एमाले केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वि लभ यु फाउन्डेसनका अध्यक्ष शोभाकर घिमिरेले कार्यक्रमको अध्यक्षता गरेका थिए भने कार्यक्रममा गोकर्णेश्वोर नगरपालिकाका प्रमुख दिपक कुमार रिसाल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी,रेडियो नेपालका वरिष्ठ सम्पादक अच्युत अर्याल,नयाँ पाटि सहकारीका अध्यक्ष गौतम खनाल,गोकर्णेस्वर नगरपालिकाका वडा नं १…

Read More

चितवन । मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ आज नियन्त्रणमा लिएको हो । उक्त बाघले आज बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका वडा नं. १ का ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाईबा)लाई आक्रमण गरी घाइते बनाएको थियो । सोही क्षेत्रबाट बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । उनका अनुसार बस्ती नजिकको झाडीबाट बाघलाई नियन्त्रणमा लिइएको हो । उक्त बाघलाई निकुञ्जको सौराहा क्षेत्रमा रहेको खोरमा राखिने छ । सो भाले बाघको उमेर भने खुलेको छैन । यस अघि नियन्त्रणमा लिइएका दुई…

Read More

काठमाडौँ । काठमाडौँ उपत्यकाका फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खसाल्न थालिएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै काठमाडौँबाट गएका ट्रकहरूले ल्याण्डफिल साइटमा फोहोर खसाल्न थालेको हो । शुक्रवार बिहान भएको छलफलमा सहरी विकास मन्त्रीले प्रतिबद्धतापत्र सार्वजनिक गर्ने बाचा गरेकी थिइन् भने नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाश शरण महत लगायतका नेताहरूले पनि सङ्घर्ष समितिको माग सम्बोधनका लागि गम्भीर पहल गर्ने आश्वासन दिएका थिए ।

Read More

काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बैशाख मसान्तसम्ममा ९ खर्ब ८ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा सो रकम खर्च गरेको हो । यस अवधिमा चालुतर्फ ७ खर्ब १६ अर्ब ८७ करोड रुपैयाँ, पुँजीगततर्फ १ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गततर्फ ७३ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको पहिलो दश महिनामा संघीय सरकारको कुल राजस्व ८ खर्ब ६५ अर्ब ७० करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा वाँडफाँड हुने रकम समेत) परिचालन भएको छ । यसमध्ये…

Read More

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा महिला तथा नाबालिकाको अस्लिल भिडियो र तस्बिर बनाएर पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।  पीडितको जाहेरीपछि एक जनालाई धुलिखेलबाट र एक महिलालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पीडित नाबालिकाको तस्बिर इडिट गरी अश्लिल भिडियो बनाएर नाबालिकाका आफन्त तथा साथीभाईलाई सामाजिक सञ्जालमा पठाएर चरित्र हत्या गरेको आरोपमा जेठ २५ गते काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नम्बर ६ घर भएका २० वर्षीय विकेश सोजुँलाई प्रहरीले पक्राउ गरेको हो । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर धुलिखेल नगरपालिका–६ बाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ । …

Read More

लमजुङ । दुई वर्षदेखि टहरामै जीवन निर्वाह गर्दै आएका मर्स्याङ्दी गाउँपालिका-३ पल्लोटारीका पहिरोपीडितको नयाँ घरमा बस्ने सपना अझै अधुरै छ । नयाँ घरमा सर्ने ठूलो सपना रहेको पहिरोपीडित विष्णुमाया अछामीले बताइन् । दुई वर्षको बर्खा टहरामै बितेको उनको गुनासो छ । पहिरो गएलगत्तै सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन दिए पनि पीडितले अहिलेसम्म घर पाएका छैनन् । २०७७ साउन ७ र ८ गते पल्लोटारीमा पहिरोले २१ घर पुरेको थियो । पहिरोले ५४ घर उच्च जोखिममा परे । गाउँका चार सय जना एकैपटक विस्थापित भएका थिए । उनीहरूलाई तत्काल उद्धार गरी तरापुको देविथानमा राखियो । संघ, प्रदेश, स्थानीय सरकार, विभिन्न संघसंस्था, स्थानीयको…

Read More

काठमाडौं – अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्र्स ए. फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले देउवासँग आज शिष्टाचार भेट गरेका हुन् । भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । भेटमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए ।

Read More

छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र छिन्नमस्ता को सखडा गाउँमा पर्छ । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुॅदा नेपाल र भारतका आम जनमानसको ठुलो आस्था रहेको छ । यो मन्दिर सप्तरी सदरमुकाम राजविराजबाट १० किमी को दुरीमा रहेको छ । यो मन्दिर भारतीय सीमा नजिक रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान् चाड दशैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ । प्रायजसो हिन्दूहरू साना ठूला सवारी किन्दा चोख्याउन यहाँ आउने गरेका छन् । इतिहासप्राचीन इतिहास र किम्वदन्तीका अनुसार, सन् १०९७ मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव…

Read More

चन्दनथाथ मन्दिर जुम्ला जिल्लामा रहेको छ । भगवान दत्तात्रेयले मूर्ति रहेको यस मन्दिरमा दिनमा तिनपल्ट (विहान‚ मध्यान्ह र साँझ) पूजा गरिन्छ । चन्दननाथले निर्माण गरेकाले यसलाई चन्दननाथ मन्दिर भनिन्छ । चन्दननाथले दक्षिण भारतबाट धानको बीउ जटामा बाँधेर ल्याई जुम्लाको जिउलोमा रोपेका थिए । आठौं शताब्दीमा निर्मित यस मन्दिरमा योगी (गिरी‚पुरी) समुदायका पुजारी रहने चलन छ । शिवरात्री र कृष्ण जन्माष्टमीमा यहाँ विशेष मेला लाग्दछ । यो मन्दिरसँगै बटुक भैरवको मन्दिर पनि रहेको छ ।

Read More