Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
रामेछाप । आइतवार जिल्ला समन्वय समितिका लागि भएको मतदानमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन को प्यानल विजयी भएको छ । प्राप्त मत परिणाम अनुसार प्रमुख की उमेद्वार चिना कार्की खड्काले ९ मत प्राप्त गर्नु भएको थियो भने उप प्रमुख सहित अन्य ७ जना सदस्यहरुले १०÷१० मत प्राप्त गर्नु भएको थियो ।यसरी निर्वाचित हुनेहरुमा उप प्रमुखमा प्रेम बहादुर (प्रेम सागर) थापा सदस्यहरुमा, बाबुलाल योन्जन, बीर बहादुर कार्की, र अनिषा माझी, हिरा कुमारी गिरी,डम्बर कुमारी रसाइली, बिन्दा सार्की र बिक्रम थापा मगर रहनु भएको छ ।जिससको निर्बाचन सम्पन्न भएसँगै कार्की रामेछापको इतिहासमा पहिलोपटक महिला प्रमुख बन्नु भएको हो । त्यसैगरी…
सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनको प्यानल निर्वाचित भएको छ । आइतबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भएका हुन् । श्रेष्ठ बाह्विसे-४ बाट वडा सदस्यमा निर्वाचित हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश विकले १० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार विकलाई एमालेको समर्थन थियो । तर, गठबन्धनबाट खस्नु पर्ने ११ मतमध्ये विकले १० मत प्राप्त गरेका छन् । एक मत खाली रहेको थियो । उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदमनाथ नेपाल १३ मत प्राप्त गरी…
काठमाडौं । पछिल्लो पाँच महिनामा विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा करिव दुई लाख पर्यटक भित्रिएका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा विश्वका १७० भन्दा बढी देशबाट ती पर्यटक नेपाल आएका हुन् । पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ९४४ जना पर्यटक नेपाल आएका छन् । सोही अवधिमा नेपालबाट १ लाख ८३ हजार ६७५ जना पर्यटक स्वदेश फर्केका छन् । विश्वमा कोरोना महामारी सुरु भएपछि रोकिएको पर्यटकको आगमन पछिल्ला महिनाहरुमा विस्तारै बढ्न थालेको छ । कोरोनाकाे खोप प्रयोगमा आएपछि पर्यटकको चहलपहल बढ्न थालेको हो । कोरोना महामारीका कारण सन् २०२१ मा मात्र एक…
सिन्धुपाल्चोक । जलबिरे भ्याली क्याम्पसले निवर्तमान जनप्रतिनिधिहरु लाई सम्मान तथा नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा निवर्तमान जनप्रतिनिधिहरु लाई सम्मान तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् क्याम्पस सञ्चालन समितिका अध्यक्ष माधब सापकोटा सुबोधले आगामि ५ बर्षे कार्यकालमा जनताको पक्षमा रहेर काम गर्न सुझाव दिए । कार्यक्रममा सापकोटाले जनताले विस्वासका साथ जनप्रतिनिधि चुनेकाले कसैको पक्ष वा विपक्षमा नभई सम्पुर्ण नागरिकका आवश्यकताको पहिचान गरि सर्वपक्षीय काम गर्नुपर्नेमा अग्रसर बन्न निर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिए । क्याम्पसले आयोजना गरेको उक्त कार्यक्रममा चौतारा साँगाचोकगडी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटा (देश बन्दु), उपमेयर सिता थापा,…
काठमाडौं । पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल मिर्गौलामा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । कटवलाको दुवै मिर्गौलाले काम गर्न छाडेपछि कटवालको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । उनको अहिले डायलासिस चलिरहेको जनाइएको छ । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार उनको अहिले प्रत्यारोपणको तयारी थालिको छ। केही समयअघि कटवालको प्रोष्टेडको शल्यक्रिया गरिएको थियो।
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक जारी रहेको छ । महानगरका मेयर बालेन्द्र शाहको अध्यक्षतामा जारी कार्यपालिका बैठक बिहान ९ बजेबाट सुरु भएको बैठकमा महानगरका सबै वडाका वडाध्यक्षहरुको सहभागीता रहेको छ । कार्यपालिकाको बैठकमा मेयर बालेनले आजका प्रस्तावहरु सुरुमै पेश गरेका थिए । त्यसपछि सबै वडाका वडाध्यक्षहरुले आ–आफ्नो भनाई राखेका थिए । वडाध्यक्षहरुले फोहोर व्यवस्थापनमा मेयर शाहको प्राथमिकताको प्रशंसा गर्दै महानगरमा रहेका विभिन्न साधनहरु पूर्ण प्रयोगमा ल्याउनुपर्ने बताएका छन् ।
काठमाडौं । मुगुमा यार्सा संकलनबाट मात्रै यस वर्ष ३१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका बासिन्दाबाट प्रति व्यक्ति २ हजार र जिल्ला बाहिरबाट आएका व्यक्तिबाट प्रति व्यक्ति २ हजार ५ सयका दरले राजस्व संकलन गर्दा ३१ लाख जम्मा भएको हो । यार्साबाट उठेको कुल राजस्वमध्ये २० प्रतिशत व्यवस्थापन खर्च, ४० प्रतिशत सम्बन्धित वडा कार्यालयमा र बाँकी ४० प्रतिशत गाउँपालिकामा जम्मा हुने गरेको छ । विगत वर्षहरुमा ६० लाखदेखि १ करोडसम्म यार्साबाट राजस्व संकलन हुने गरेको थियो भने यस पटक स्थानीय निर्वाचनका कारण राजस्वमा कमी आएको हो ।
कैलाली । हावाहुरीका कारण जिल्लामा केराखेतीका क्षति भएको छ। हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केराखेती नष्ट भएको किसानले बताएका हुन्। केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले क्षति पुर्याएपछि किसान पीडामा छन्। हावाहुरीले कतिपय किसानका पूरै बारी ढालेको छ। हावाहुरीले किसान टेकेन्द्र धामीको १० बिघामा लगाएको केराखेती ढालेको छ। टीकापुर केराखेतीका लागि उर्वर भूमि मानिन्छ। यहाँ सयौँ बिघा जमिनमा खेती गरिएको छ। यसका साथै हावाहुरीले तरकारी खेतीमा समेत नोक्सानी गरेको किसानको गुनासो छ । “लहरे तरकारी बाली सबै ढालेको छ। लटरम्म फलेका बोडी, फर्सी, काक्रा, लौका, करेलाजस्ता तरकारीमा नोक्सान भएको छ”, किसान झपिन्द्र चौधरीले भने, ‘तरकारी बारी पूरै…
पर्वत । कास्कीको पोखरामा सञ्चालित अन्नपूर्ण केबलकारले बिहानी सेवा स्थगित गरेको छ। सूर्योदय हेर्न जाने यात्रुका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको बिहानी सेवा वर्षाका कारण प्रभावित भएको हो। मनसुन सुरु भएसँगै लाग्ने बादलका कारण सूर्योदयको दृश्यावलोकन गर्न कठिन हुने र केबलकार सञ्चालनमा पनि समस्या हुने भन्दै सेवा एक महिनाका लागि स्थगन गरिएको हो। बिहान ९ बजेपछि केबलकार नियमित सञ्चालनमा रहने कम्पनीले जानकारी दिएको छ। केबलकार गत वर्ष चैत १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको थियो। यसको बटम स्टेसन समुद्री तहदेखि ८२४ मिटरको उचाइमा र टप स्टेसन एक हजार ५२३ मिटर उचाइमा छ।
काठमाडौं । विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथि जारी छलफल अन्तर्गत संसद् बैठकमा आइतबार दुई मन्त्रालयसहित तीन निकायगत छलफल हुने भएको छ। बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विभिन्न विषयमा छलफल हुने कार्यसूची छ। बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विनियोजन विधेयक २०७९ अन्तर्गत छलफल हुने दुई मन्त्रालय र तीन निकायको उल्लिखित खर्च कटौतीको छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसैगरी…