Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ । हरेक वर्ष गर्मी मौसममा फैलिने झाडापखाला यो वर्ष पनि उपत्यकाका विभिन्न ठाउँमा देखापरेको विभिन्न अस्पतालका चिकित्सकहरूले बताएका छन्। तीन सातायता हरेक ठुला अस्पतालमा प्रायः दैनिक चारजनाका दरले झाडापखालाका बिरामी भर्ना भइरहेका छन् । मेडिकलबाट ल्याइएको औषधि खाएर सुधार आउन नसकेपछि र शरीर शिथिल भएपछि मात्रै झाडापखालाका बिरामीहरू अस्पताल पुग्ने गरेको चिकित्सकहरूको भनाइ छ। गर्मी मौसम सुरु भएदेखि दैनिक केही संख्यामा झाडापखालाका बिरामी उपचारका लागि पुग्ने गरेको काठमाडौं मोडल अस्पतालको आकस्मिक कक्षले जनाएको छ। सोमबार अस्पतालको आकस्मिक कक्षमा झाडापखालाका चार बिरामीले उपचार लिन आएको अस्पतालको भनाइ…
काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीका सात बैंकसहित ३३ निकायका शोचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न स्वीकृत दिने तयारी गरेको छ। कामपाले सार्वजनिक शौचालयको प्रयोग गर्न दिन इच्छुक होटल, रेस्टुराँ, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यावसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न दिन सूचना जारी गरेको थियो। सूचना जारी गरेको एक सातामा ७ बैक, २० रेस्टुरेन्टसहित ३३ निकायले अनुमतिका लागि निवेदन दिएका छन्। कामपा सार्वजनिक निजी साझेदारी इकाइ पीपीपी गएको आइतबार सूचना जारी गरेको थियो। पीपीपी प्रमुख एवं निर्देशक नुरनिधि न्यौपानेले सूचना जारीभएको एक साताको अवधिमा ७ वटा बैंकले स्वीकृति लिन निवेदन दिएको जानकारी दिए। तीमध्ये नबिल…
काठमाडौं ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्यसहित पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । आव २०८३/८४ सम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने गरी रणनीतिक योजना तयार गरेको हो । मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसत एक लाख युवाले एक सय दिनको रोजगारी पाइरहेका छन् । मन्त्रालयले तयार गरेको रणनीतिमा वैदेशिक रोजगारीको दिगो प्रवर्द्धन गर्न द्विपक्षीय श्रम सम्झौता भएका मुलुकको सङ्ख्या १९ पुर्याउने भएको छ । सीपलाई दिगो रोजगारीसँग जोड्न सातवटा सीप विकास तालिम प्रतिष्ठान स्थापना गरिने पनि उल्लेख गरिएको छ । यस्तै रणनीतिक योजनामा सबै…
एजेन्सी । भारतको उत्तर प्रदेश राज्यमा प्रशासनले केही मुस्लिम नेताको घर भत्काइएको छ । धार्मिक प्रदर्शनले हिंसात्मक रूप लिएपछि त्यसमा सहभागी नेताहरूको तीन वटा घर प्रशासनले भत्काएको हो । मुख्यमन्त्री आदित्यनाथका सञ्चार सल्लाहकार मृत्युञ्जय कुमारले एउटा ट्वीट गरेर डोजरले भवन भत्काउँदै गरेको तस्बिर सार्वजनिक गर्नुभएको छ । भत्काइएकामध्ये दुई वटा घर शुक्रवारको प्रार्थनापछि ढुङ्गा प्रहारमा संलग्न भएको आरोप लागेका व्यक्तिको भएको बीबीसीले जनाएको छ । अर्को घर चाहिँ राजनीतिज्ञ जावेद अहमदको हो । भाजपाकी पूर्वप्रवक्ता नूपुर शर्मा र भाजपाकै दिल्ली सञ्चार एकाइका प्रमुख नवीन कुमार जिन्दलले पैगम्बर मोहम्मदबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । भाजपाले शर्मालाई निलम्बन र जिन्दललाई पार्टीबाट निष्कासन…
काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोमा सशस्त्र बिद्रोही हतियारधारी समूहको आक्रमणमा ५० जना मानिसको मृत्यु भएको छ । उत्तरी बुर्किना फासोको सेतेंगा कम्युनको एउटा गाउँमा २ रातसम्म लगातार भएको आक्रमणमा ५० जनाको मृत्यु भएको हो । सोही आक्रमण परी दर्जनौं मानिस घाइते भएका छन् । रातको समयमा आक्रमण हुँदा अधिकांश सर्वसाधारण मस्त निद्रामा थिए। बिद्रोही समूह अलकायदा र आइएसको पकड रहेको बुर्किना फासोमा भएको यो घटनाको जिम्मेवारी भने कसैले लिएको छैन्। यसैबीच संयुक्त राष्ट्रसंघले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ । विज्ञप्तिमा यो जघन्य अपराधको दोषीलाई कानूनी कठघरामा ल्याउन सम्बन्धित निकायहरुको ध्यानाकर्षण गरिएको छ । सोही गाउँमा गत…
चितवन । भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिकको सडक सोमबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको हो। शुक्रबार सडक भासिँदा एकतर्फीमात्रै सवारी सञ्चालन हुँदै आएको थियो। शुक्रबार र शनिबार भने राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। आइतबारबाट भने रातिमा पनि सवारी सञ्चालन गरिएको छ। साढे दुई मिटर भित्ता काटिएकाले दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ। पहिला सडक भासिएर बाँकी रहेको तीन मिटर र हाल पहरो काटेर साढे दुई मिटर गरी साढे पाँच मिटर बाटो बनेको छ। दुईतर्फी यातायात सञ्चालन भए पनि जोखिम भने कायमै रहेको जनाइएको…
काठमाडौं । रुस र युक्रेनबीचको युद्ध चरम उत्कर्षमा पुगेको छ । रुसी सेनाले पछिल्लो समय युक्रेनको सेभेरोडोनेत्स्कका सबै पुलहरु ध्वस्त बनाएको छ । जसका कारण सो शहरमा फसेका हजारौं सर्वसाधारणलाई खाद्यान्न उपलब्ध गराउन असम्भव भएको छ । पूर्वी युक्रेनको डोनबास क्षेत्र कब्जा गर्ने उद्देश्यका साथ रुसी सेनाले हप्तौंदेखि प्रयास जारी राख्दै आएको छ । सेभेरोडोनेत्स्क शहरमा फसेका हजारौं सर्वसाधारणको उद्धार असम्भव भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् । रुसी सेनाले सेभेरोडोनेत्स्क र नजिकैको शहर लिसिचान्स्क लगभग आफ्नो कब्जामा आएको दावी गरेको छ । सोही शहरहरु रुस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले ती शहरमा हालै भइरहेको युद्धलाई…
कमल थापाको राप्रपा नेपाल छोडेर राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किए पौडेल र गुरूङ
काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपाल परित्याग गरेका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मै फर्किएका छन्। उनीहरूले यही वैशाखमा राप्रपा नेपाल परित्याग गरेका थिए। उनीहरूलाई सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका छन्। राप्रपाको महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल पार्टी गठन गर्दा पौडेल र गुरूङले साथ दिएका थिए। राप्रपा नेपालमा पौडेल उपाध्यक्ष र गुरूङ कोषाध्यक्ष थिए। उनीहरूले केही समयअघि राप्रपा नेपालका अध्यक्ष थापालाई साधारण सदस्य पनि नरहने गरी राजीनामा बुझाएका थिए। पौडेल र गुरूङलाई राप्रपाले कुन जिम्मेवारी दिन्छ भन्ने खुलिसकेको छैन।
काठमाडौँ । गृह मन्त्रालयले यही असार १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको जनाएको छ। मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा र कार्यालय समय थप गर्ने पूर्व निर्णय खारेज गरेको थियो। काठमाडौँ गृह मन्त्रालयले यही असार १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको जनाएको छ। मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा र कार्यालय समय थप गर्ने पूर्व निर्णय खारेज गरेको थियो। गृह मन्त्रालयले यही असार १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको जनाएको छ। मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा र कार्यालय…
काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज मंगलबार पनि बस्ने भएको छ । बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यसूची रहेको छ । बैठकमा युवा तथा खेलकुद, शहरी विकास, कृषि तथा पशुपन्क्षी विकास, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीहरूले आफ्नो मन्त्रालयमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।