Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ। बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, शहरी विकास मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, अर्थ मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, ऊर्जामन्त्री, जलस्रोत तथा सिंचाई मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री, गृह मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने कार्यसूची रहेको छ। यस्तै सांसद प्रेम सुवाद, दुर्गा पौडेल, शिवमाया तुम्वाहाङफे,…
काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले अर्थ मन्त्रालयमा मध्यराति अनाधिकृत व्यक्ति प्रवेश गरी करको दर परिवर्तन गरिएको भनिएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको र राज्यको नीति नियम र प्रक्रियाभित्र रहेर बजेट निर्माण गरिएको जवाफ दिएपछि एमालेले संसदीय छानबिन समिति गठनको माग गरेको हो । १४ जेठमा अर्थमन्त्री शर्माले मध्यराति दुई जना अधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर परिवर्तन गराएको समाचार सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भइरहेको छ । उक्त घटना वित्तीय अपराध रहेको भन्दै संसद बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले सो…
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनाधिकृत व्यक्ति छिरेको भन्ने खबर भ्रामक र कपोकल्पित रहेको बताए । बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठमा मध्यराति मन्त्री शर्माले मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दर परिवर्तन गराएको समाचार सार्वजनिक भएपछि एमालेले विरोध जनाउँदै आएको छ । जारी बैठकमा पनि अर्थमन्त्री शर्माको जवाफप्रति विश्वास नगरेका एमालेका सांसदहरुले विरोध जनाइरहेका छन् । एमाले प्रमुख सचेकत विशाल भट्टराई बोलिरहेका छन् ।
काठमाडौँ । देशभरका र्याफ्टिङ व्यवसायीहरुको संस्था नेपाल एसोशिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)का पदाधिकारीहरुले त्रीशुली नदीलाई हेरिटेज रिभर घोषणा गर्न माग गरेका छन् । मंगलबार नाराका नवनिर्वाचित पदाधिकारहरुले सत्तारुढ दलका शिर्ष नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरी त्रीशुली नदीलाई हेरिटेज रिभर सम्पदा नदीको रुपमा सरकारले घोषणा गर्नु पर्ने माग गरेका हुन् । र्याफ्टिङका लागि प्रशिद्ध त्रीशुली नदी धार्मिक दृष्टीकोणबाट पनि एतिशासिक रहेकाले यस नदीलाई राज्यले सम्पदाकै रुपमा ग्रहण गरि विकासको योजना अघि बढाउनु पर्ने माग गरेका हुन् । उनीहरुले कर्णालीलाई स्वतन्त्र छाड्न जरुरी रहेको बताएका छन् । र्याफ्टिङका लागि कर्णालीमा थुप्रै सम्भावना रहेकाले स्वतन्त्र गरिनु पर्ने माग…
काठमाडौं । आइतबार बिहान साढे ३ बजेतिर प्रहरी कन्ट्रोल १०० मा एक युवतीको फोन आयो, ‘ममाथि तीन जनाले बलात्कार गरे ।’ महिला हिंसाविरुद्ध देशभर आवाज उठिरहेका बेला राजधानीमै युवतीले सामूहिक बलात्कारमा परेँ भन्दै फोन गरेपछि प्रहरी अधिकृतहरूले तत्काल काठमाडौँ प्रहरी परिसर, टेकु र बौद्धका डिएसपी ढुण्डिराज न्यौपानेलाई जानकारी गराए । युवतीका अनुसार उनीमाथि बिहान साढे २ बजेपछि बलात्कार भएको थियो । फोन आए लगत्तै प्रहरी घटना भएको भनिएको बौद्धस्थित लुङ्ता गेस्ट हाउसको तेस्रो तलामा पुग्दा उनले भनेका युवा थिएनन् । २४ वर्षीया पीडित युवती चाहिँ विक्षिप्त अवस्थामा बसिरहेकी थिइन् । प्रहरीले लगत्तै होटेलका सञ्चालक आङ्निमा भन्ने झ्याम्पा ढिल्ले शेर्पालाई बोलाएर…
काठमाडौँ । जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण सोमबारदेखि बन्द भएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको छ।
लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला ओली पक्राउ, प्रेमीको घरमा पसेर कुटपिट र तोडफोड गरेको आरोप
काठमाडौं । महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला ओली पक्राउ परेकी छन् । । तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा रहेको एकराज बस्नेतको घरमा पुगेर ओलीले बस्नेतको श्रीमती र छोरीलाई कुटपिट गरेको आरोप लागेको छ । स्थानीय बासिन्दाले ओलीले कुटपिट गरेको खबर गरेपछि प्रहरीले उनलाई पक्रेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ओली बिहान लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुग्नु भएको थियो ।
काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि सम्पर्क बिहीन भएका छन् । सम्पर्क बिहीन हुनेमा भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया महिला योहन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । यहि जेठ ५ गते मञ्जो जोरसल्ले चेकपोष्टमा इन्ट्री भएर आधारशिविरतर्फ लागेका दुवै जना पर्यटक त्यसयता सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए । पर्यटकहरुको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । सोही कार्यालयमा पर्यटक सूचना केन्द्र समेत रहेको छ । भारतीय नागरिक सम्पर्क बिहीन भएको भन्दै खोजीमा…
काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक आज मंगलबार बस्दैछ । बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको हो । बैठकका लागि सोमबार बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले ६ वटा कार्यसूची तय गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को बार्षिक प्रतिवेदन पेश गर्ने हुने छ । त्यस्तै, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायण बहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशव प्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । ।…
काठमाडौं । मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका नेताहरूले वाम गठबन्धनतर्फ चासो देखाइरहेका हुन् । आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटघाट र छलफलमा वाम गठबन्धनको विषयमा कुराकानी भएको थियो। विगतमा कम्युनिस्ट दललाई प्राप्त जनमत जोगाउन नसकेको र वामपन्थीहरूलाई फुटाउन विभिन्न शक्ति सक्रिय रहेको विषयमा पनि उनीहरूले सामान्य छलफल गरेका थिए। ‘अहिलेको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो। त्यसमा नेपालको लोकतान्त्रिक पद्धतिमा वाम गठबन्धनका बारेमा पनि कुराकानी हुनु…